Himali Sworharu -Online Radio, Podcasts, Video & Photographs – अमेरिकामा नेता द्वयको स्मृति दिवस सम्पन्न

अमेरिकामा नेता द्वयको स्मृति दिवस सम्पन्न

admin March 22, 2012 0

अमेरिकामा नेता द्वयको स्मृति दिवस सम्पन्न

मार्च १८ ,२०१२ का दिन मनासस ,भर्जिनिया स्थित क्षेत्रिय पुस्तकालयमा नेपाली कांग्रेसका संस्थापक एवम सन्त नेता स्व. श्री कृष्ण प्रसाद भट्टराईको प्रथम स्मृति दिवस तथा आदरणीय नेता प्रथम नागरिक राष्ट्राधक्ष्य स्व. श्री गिरिजा प्रसाद कोइरालाको दोश्रो स्मृति दिवस नेपाली जनसंम्पर्क समिती भर्जिनिया च्याप्टर (शाखा ) द्वारा मनाससमा भव्यताका साथ सम्पन्न गरियो l
उक्त कार्यक्रममा नेपाली कांग्रेस तथा प्रजातन्त्र प्रति आस्थावान तथा समुदायका ब्यक्त्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो l श्रदेय गिरिजा प्रसाद कोइराला तथा सन्त कृष्ण प्रसाद भट्टराईको तस्बिरमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली महामहिम राजदूत ड़ा शंकर प्रसाद शर्मा तथा अन्य महानुभावहरुद्वारा माल्यार्पण गरि विधिवत रुपमा औपचारिक कार्यक्रमको शुरुवात भएको थियो l

उक्त कार्यक्रममा राम शरण हुमागाईले वहारुले प्रजातन्त्र प्रति गरेको संघर्ष र योगदानको चर्चा गर्दै स्वागत मन्तब्य गर्नु भएको थियो lबिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुमा क्रमस :सागर कंडेल ,नेपाल अमेरिकी सहयोगी संघ ,बानाका अधक्ष्य विजय श्रेष्ठ ,ए एन ए को तर्फबाट महासचिब विजय थापा र अन्य बक्ताहरुमा संचार कर्मीहरुको तर्फबाट डिसी नेपालका राम हरि सुबेदी ,बिश्व बन्धु प्रसाई ,कविता वाचनमा भरत जी ,बाणिज्य दुत प्रेम राजा महत ,म्यारील्याण्डका नेपाली जनसम्पर्क समितिका ,भर्जिनाया महिलाहरुकोतर्फ प्रभा शर्मा ,नेपाली जनसम्पर्क समितिका म्यारिल्याण्डका सभापति सुभाष घिमिरे ,पुर्व मन्त्रि बिर मणि ढकालले मन्तब्य ब्यक्त गर्नु भएको थियो l

सबै वक्ताहरुले वर्तमान अवस्थामा देश ,प्रजातन्त्र र गिरिजा प्रसाद कोइराला तथा सन्त कृष्ण प्रसाद कोइरालाको बारेमा सारगर्भित मन्तब्य ब्यक्त गर्नु भएको थियो lडिसी नेपालका रामहरी सुबेदी ज्युले प्रजातन्त्रको संस्थागत विकास नभएको र हालको राजनीति गुन्डा गर्दीबाट चलेको हुनाले दुख ब्यक्त गर्नु भयो र सहि मान्छेको पहिचान गर्न नसक्दा गणेश मान सिंह तथा कृष्ण प्रसाद भट्टराईले नेपाली कांग्रेस छोड्नु परेको कुरा उल्लेख गर्नु भयोlसागर कंडेल ज्युले अमेरिका आउदा वहाहरुसंग भेटघाट गरेको आसिर्बाद र सम्बाद भएको संस्मरण सुनाउनु भएको थियो l

प्रभा शर्माले दोश्रो आन्दोलनमा गिरिजा प्रसाद कोइरालाले अब आउने कुनै पनि पिढीले प्रजातन्त्रको लागि लड्नु नपरोस भनि आन्दोलनमा गिरिजा प्रसाद कोइराला ८४ बर्ष को उमेरमा पनि आन्दोलनमा होमिएको संस्मरण उल्लेख गर्नु भएको थियो र अर्का वक्ता बिश्व बन्धु प्रसाईले बिपीको आदर्श र चिन्तन प्रति बफादार हुनु नसकेको र अबलम्बन गर्न नसकेको हुनाले यो अवस्था भएको विचार व्यक्त गर्नु भएको थियो lवैतनिक बाणिज्य दुत प्रेम राजा महतले नेपालमा यी हस्तीहरुको पृथक पहिचान र कैयौ पटक आफुले भेटघाट गरेको उल्लेख गर्नु भयो l सुभास घिमिरेले दलका नेताहरुले बिचारलाई लत्याएको हुनाले यो अवस्थाको श्रीजना भएको कुरा व्यक्त गर्नु भयो l बानाका अधक्ष्य विजय श्रेष्ठले वहाहरु महान र कुसल व्यक्तित्व भएको बिचार राख्नु हुदै आयोजकलाई धन्यबाद दिनु भएको थियो भने ए एन ए का महासचिब विजय थापाले ए एन ए लाई बोल्ने अवसर दिएकोमा धन्यबाद दिदै आगामी जुन २९-जुलाई १ तारिखमा हुने ३० औ ए एन ए डलास टेक्सास सम्मेलनमा सबै उपस्थित महानुभाबहरुलाई चुलो निम्तो दिदै ए एन ए लाई अनाहक विवादमा पार्नेहरुलाई न्यायालयले निसाफ दिएको उल्लेख गर्दै अरुलाई उज्यालो दिने व्यक्तिले आफुलाई जलाएर खरानी बनाउनु पर्छ भन्ने उदाहरण कृष्ण प्रसाद भट्टराई तथा गिरिजा प्रसाद कोइरालको दिनु भएको थियो lआफु प्रजातन्त्रको लागि २०६३ को दोस्रो जनआन्दोलनमा पनि सशक्त भूमिका आफुले निर्वाह गरेको उल्लेख गर्नु भयो lकबि तथा नेपाली कांग्रेसका नेता भरत रेग्मीले कविता वाचनबाट नै सबै कुराहरुको छताछुल्ल पार्नु भएको थियो l

आफ्नो मन्तब्यकै क्रममा पुर्व मन्त्रि बिर मणि ढकालले वहाहरु प्रजातान्त्रिक आन्दोलनका अगुवा हुनु हुन्थ्यो र प्रजातान्तिक मुल्य मान्यता भन्दा आर्थिक मुल्य मान्यता बढेको उल्लेख गर्नु भयो lसबैले उहाहरुले अबलम्बन गरेको बाटोमा हिड्न सके मुलुकले ठुलो फड्को मर्ने कुरामा बिस्वस्त रहेको विचार ब्यक्त गर्नु भएको थियो lकार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा शंकर प्रसाद शर्माले श्रदा सुमन व्यक्त गर्दै दुवै पुर्व प्रधानमन्त्रीहरु संग पटक पटक भेट गर्दा वहाहरुको नेतृत्वको सराहना गर्नु भएको थियो lवहाहरुको अभिभावकतत्व पनको अभाब महसुस भएको र प्रजातन्त्र प्रति अटल र अडिक लिएको उल्लेख गर्दै ,कहिले न थाक्ने कर्मठ ,योद्दा र स्वाभिमानी नेताहरु रहेको आफुलाई लागेको भन्दै जनसम्पर्क समिति भर्जिनिया शाखालाई धन्यबाद दिनु भयो l

नेपाली जनसम्पर्क समिति ,भर्जिनिया च्याप्टर(शाखा )का अधक्ष्य केशब बरालले सबै उपस्थित महानुभाबहरुलाई धन्यबाद दिदै वहाहरुको सम्झनामा स्मृति दिवस मनाउने परिपाटी आफुले नेपालमा कम देखेको र आफुलाई जानकारी नभएको कुराको उल्लेख गर्नु भयो lवहाले हामीलाई नेपाल र संबिधान चाहिने बिचार राख्नु भएको थियो l दुवै नेतृत्वको प्रशंसा गर्दै वहाहरुले दिएको विचार र आदर्स हामीले लिनु पर्ने भन्दै कार्यक्रम समय भन्दा ढिलो शुरुवात भएकोले आगामी दिनमा ठिक समयमा हुने प्रतिबद्दता जाहेर गर्दै कार्यक्रमको बिसर्जन गर्नु भयो l कार्यक्रमका उद्घोषक तथा कार्यक्रम संचालक मोहन घिमिरेले अत्यन्तै प्रभाबकारी रुपमा प्रस्तुत गर्दै अन्त्यमा आफु कानूनको बिधार्थी तथा नेपालमा कानुन ब्यबसायी भएको नाताले देशका सबै नेताहरुलाई चुनौती दिदै आफुलाई संबिधान बनाउन दिए १ महिनामा संबिधान बनाई दिने घोषणा गर्नु भयो lकार्यक्रमको सभापतित्व नेपाली जनसंम्पर्क समिती भर्जिनिया च्याप्टर (शाखा ) का अधक्ष्य केशब बरालले गर्नु भएको थियो|

Share

Leave A Response »