हिमाली स्वरहरु – सिकागोमा एक नेपालीको मृत्यु

सिकागोमा एक नेपालीको मृत्यु

admin March 30, 2012 0

बिगत १० बर्ष देखि सिकागो शहरमा बस्दै आएका दिनेश श्रेष्ठ(अमात्य)को गत हप्ता सिकागो, अमोंड़ शहरमा गुड्दै गरेको कार बाट हामफालेर मृत्यु भएको छ |मार्च १९,सोमबार,दिउसो ४ बजेको समयमा यो दुर्घटना भएको हो| दुर्घटनाको समयमा गाडी उहाको श्रीमतीले चलाई रहनु भएको थियो| प्रहरीका अनुसार गाडीमा श्रीमती संग विवाद परेको र चौबाटोमा पुगे पछी श्रेष्ठले कारबाट हामफालेको खबर सिकागो ट्रीबुनमा प्रकासित भएको छ|
दुर्घटना भए पछी गम्भीर घाइते भएका श्रेष्ठलाई सेन्ट मार्गरेट अस्पतालमा लगिएको थियो र पछी एड्भोकेट क्राइस्ट मेडिकल सेन्टरमा हस्तान्तरण गरिएको थियो|राती १० बजेर ३७ मिनेट जादा एड्भोकेट क्राइस्ट मेडिकल सेन्टर,ओक लाउन, कुक काउन्टी मेडिकल सेन्टरका प्रबक्ताले श्रेष्ठको मृत्यु भएको पुस्टि गरेका हुन | उनीहरुको झगडाको कारण थाहा हुन नसकेको जानकारी पुलिसले बताएका छन्|
श्रेष्ठका अन्तिम संस्कार उहाको हाल सिकागोमा रहेकी अमेरिकी श्रीमतीले गरेको जानकारी पारिवारिक सुत्रले दिएको छ तर श्रेष्ठका नजिकका आफन्तहरूले यो दुर्घटनाको प्रमुख कारण के हो थाहा पाउन सकेका छैनन्|दिनेश श्रेष्ठको नेपालमा पुर्ब श्रीमती र १ छोरा र १ छोरी छन|
Attached Photo from Dinesh Shrestha’s Facebook Profile
More News on
http://articles.chicagotribune.com/2012-03-20/news/chi-police-north-side-man-dead-after-jumping-out-of-moving-car-20120320_1_north-side-man-cook-county-medical-examiner-oak-lawn

Read more: http://www.nwitimes.com/news/local/lake/hammond/man-critically-hurt-after-jump-from-moving-car-police-say/article_b7fda9d0-ac67-5abe-8b47-a0a6596cd4b8.html#ixzz1qdckorJL

Share

Leave A Response »