Himali Sworharu A Global Nepali Online Radio,Podcast,Audio blogs,Nepali Songs From New York City – ए एन ए – पुन:स्थापन

ए एन ए – पुन:स्थापन

admin March 11, 2012 0

ए एन ए – पुन:स्थापन

स्वाभिमानी दाजु भाई तथा दिदि बहिनिहरु ,

न्यानो अभिबादन !

उत्तर अमेरिका कै राष्ट्रिय स्तरको सबै भन्दा जेष्ठ गैर मुनाफा संस्था ए एन ए यहि फेब्रुअरी २९ तारिख ,२०१२ तारिखका दिन वाशिंगटन डिसी सरकारी कार्यलयमा वर्तमान अन्तरिम कार्यसमितिको अथक प्रयास र कडा परिश्रम पश्च्यात पुन:स्थापन गर्न सफल भएको सहर्ष जानकारी गराउदछौ l

वाशिंगटन डिसी सरकारी कार्यलयमा यो संस्थाको दर्ता खारेजी २००२ मा भएको सर्ब बिदितै होला भन्ने हामीलाई लागेको छ l नबिकरण तथा दर्ता प्रक्रियालाई लत्याई झन्डै एक दशक सम्म सम्पूर्ण सदश्य तथा शुभ चिन्तकहरुलाई अन्धकारमा राखी केवल कुर्सि हत्याउन मात्र यो संस्थालाई नेतृत्व दिने पुर्व नेतृत्व वर्गले संचालन गरेको पुष्ठी हुन्छ l

हाल ,ए एन ए पूर्ण रुपमा आन्तरिक राजस्व विभागमा अनुपालन ( कमप्लाइन्स )मा छ र केहि आंशिक रुपमा चौ-माषिक रुपमा बुझाउनु पर्ने प्रतिवेदनको कारवाही अगाडी बढाई सकिएको छ lहामीलाई पूर्ण विश्वास छ कि हाम्रा यी सबै प्रयासहरु शिघ्र समाधान हुनेछन l

ए एन ए को एक हिमायती भएको हैशियतले ए एन ए ट्रस्टी (गुठि )का आर्थिक अधिकारी लक्ष्मण प्रधानले यो संस्थालाई आन्तरिक राजस्व विभागमा अनुपालन ( कमप्लाइन्स )मा दाखिला गर्दै र यो संस्थालाई वाशिंगटन डिसी कार्यालयवाट सफलतापुर्वक प्रमाण पत्र लिने कार्य गरि दिनु भएकोमा बिशेष धन्यबाद दिन चाहन्छु l

म ,अन्तरिम अधक्ष्य ,ए एन ए अधिवक्ता तथा न्यायालयले नियुक्ति गरेको ट्रस्टी यी महत्वपूर्ण देहायका बिषयमा केन्द्रित रहेको सहर्ष जानकारी गराउदछु l

१.ए एन ए – नेपाल शैक्षिक तथा सामुदायिक केन्द्रको बिक्रि तथा अन्य मामला lएन ई सी सी व्यवस्थापन पदाधिकारीहरुको सहयोगको सराहना गर्दछौ र आशा छ कि यो मामला पनि शिघ्र समाधान हुनेछ l
२.ए एन ए -जी बि एन सी ,बोस्टन सम्मेलन आर्थिक फर्स्यौट ,सुन्दर गुरुङको बिसेष सहयोगको लागी कृतज्ञता ज्ञापन गर्दछौ र यो समस्या पनि छिटो समाधान होला भन्ने विश्वास लिएका छौ l
३.ए एन ए -छात्रबृद्दी कोष जवाफदेहि तथा वसूली l
४.ए एन ए -नेपाली साहित्य प्रतिष्ठान खाता जवाफदेहि l
५.र अन्य सुक्ष्म आर्थिक प्रसङ्ग l

ए एन ए सम्बन्धि सम्पूर्ण महत्वपूर्ण कुराहरु सफलतापुर्वक सम्पन्न हुन साथ हामी जानकारी दिने प्रण गर्दछौ lए एन ए अझ ओजस्वी बन्दै छ lसामुहिक साथले हामी अझ शसक्त हुने छौ र अग्रगामी दिशामा बढ्ने छौ l

३० औ ए एन ए सम्मेलन भब्य रुपमा पूर्ण तैयारीको साथ अगाडी बढी रहेको छ र बिस्तृत जानकारीको लागि अधिकारिक सम्मेलन संजाल हेर्नु हुन् अनुरोध छ :www.anatexas.org

धन्यबाद !

छेवांग शेर्पा लामा
अन्तरिम अधक्ष्य .ए एन ए
सभापति ,नेपाल शैक्षिक तथा सामुदायिक केन्द्र,म्यारील्याण्ड (एन. ई. सी. सी )

Share

Leave A Response »