हिमाली स्वरहरु – सृजनाका यात्राहरुमा मनु लोहरुंग राईको एकल प्रस्तुति (Video)

सृजनाका यात्राहरुमा मनु लोहरुंग राईको एकल प्रस्तुति (Video)

admin March 5, 2012 0

सृजनाका यात्राहरुको मार्च महिनाको शृंखलामा मनु लोहरुंग राईको एकल प्रस्तुति संम्पन भयो|

न्यु योर्कका नेपाली साहित्य अनुरागीहरुले हरेक महिनाको पहिलो आईतबार आयोजना गर्दै आएको “सृजनाका यात्राहरुको” मार्च महिनाको यात्रामा कबि मनु लोहरुंग राईले आफ्नो एकल कविता बाचन गर्नु भयो|UNDF की अध्यक्ष सर्जक सीता खरेलले मनु लोहरुंग राईलाई खादा उपहार दिएर स्वागत गर्नु भयो भने उहालाई कविता वाचनमा गीता पन्थ र मणी बांग्देलले सघाउनु भयो |कविताको समालोचना बरिस्ठ समालोचक अमर विक्रम नेम्वांग र डा. तारा निरौलाले गर्नु भएको थियो|
कार्यक्रमको दोस्रो खण्डमा शकुन्तला ज्ञवाली,बिनोद रोका,बुद्द चेम्जोंग,अरुण छेत्री अनुरागी,तिर्थ राज बराल,गीता पन्थ,नरेन्द्र इन्ग्नाम,मीना श्रेष्ठ,देबेन्द्र लिम्बु सम्बाहाम्फे र सहदेव पौडेलले आआफ्नो रचना सुनाउनु भयो |

कार्यक्रमको बिशेष अतिथिको रुपमा डा. तारा निरौलाले यस महिनाको फिचर कबि मनु लोहरुंग राईलाई “लेटर अफ अप्रिसियसन” प्रदान गर्नु भयो| उहालाई कबि एब कानुन विद बिनोद रोकाले साथ दिनु भएको थियो|
कार्यक्रमको संचालन मणी बांग्देल र विकास बिस्टले संचालन गर्नु भएको थियो|
न्यु योर्कका साहित्यानुरागीहरु समरमा एक साहित्यिक बनभोज यात्राको तयारी पनि गर्दै हुनुहुन्छ|
सृजनाका यात्राहरुको अप्रिल महिनाको शृंखलामा साहित्य सर्जक गीता खत्रीको एकल वाचन हुदै छ|
न्यु योर्कमा हुनहुन्छ भने सृजनाका यात्राहरुमा सहभागी बन्न आउनुहोस!

कविताको भिडियो/अडियो हिमाली स्वरहरु रेडियोको वेबपेजमा हेर्न सुन्न सकिन्छ|
प्रचार प्रसार सहयोगी:
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »