हिमाली स्वरहरु – Suma Tharu Singing in Women In the World Event in New York

Suma Tharu Singing in Women In the World Event in New York

admin March 10, 2012 0

अन्तरास्ट्रिय महिला दिवसको अबसरमा Women In The World संस्थाले न्यु योर्कमा आयोजना गरेको एक कार्यक्रममा नेपालबाट रुम टु रीडको सहयोगमा आउनु भएकी पुर्ब कमलरी सुमा थारुले आफुले देखेर भोगेर लेखेको एउटा गीत राजनीतिकर्मी,कलाकार, एब मनाबधिकारकर्मी हरुको अगाडी सुनाउनु भयो|केहि बिसेष पाहुनाहरुमा सूचीमा सेक्रेटरी अफ स्टेट हिलारी क्लिन्टन र कलाकार मेरिल स्ट्रीप पनि हुनुहुन्थ्यो|तलको कुराकानी अंश सुमाको गीतको प्रस्तुति पछी स्टेजमा भएको प्रश्न उत्तरको आधारमा लेखिएको हो|
उनलाई सोधिएको थियो :
यो गाना कसको लागी गाएको ?
“मैले म जस्तै हजारौ नेपाली दिदी बहिनी जसले म जस्तै दुख भोगी रहनु भएको छ उनीहरको लागी पनि हो र मेरो लागी पनि हो|”
तिमी ६ बर्च पछि आफ्नो घर जादा कस्तो लाग्यो र डर लाग्यो की फेरी फर्किनु पर्छ भनेर?
“६ बर्ष घर फिर्ता आउदा मलाई एकदम रमाइलो लाग्यो, खुशी लाग्यो किन भने म आफ्नो आमा बा संग बस्न पाए , तर त्यस पछी मलाई डर लागी रहन्थ्यो किन भने मालिक मलाई लिन आइ राख्थ्यो| मलाई फेरी त्यहि दुख भोग्न जानु पर्ला भनेर डर लागी रहन्थ्यो|”
अहिले तिम्लाई कस्तो लागिराछ?
अहिले मलाई एकदम रमाइलो लागी राछ किन भने रुम टु रीडले हामी जस्ता दिदी बहिनीलाई शिक्षा दिएको छ| जीबन अँधेरो थ्यो अहिले उजेलो बाटोमा लेरई दिएको छ|खुशी लागी रहेको छ |
भविष्यमा तिमी आफुलाई कहाँ देख्छौ?
महिलाहरुको हक अधिकारको लागी लड्ने ठाउमा देख्न चाहन्छु

सुमा लाई स्टेजमा रिमा श्रेष्ठले साथ दिनु भएको थियो|
Please watch Video

Share

Leave A Response »