हिमाली स्वरहरु – न्युयोर्कको रिजउडमा भेषराज पाण्डेको मृत्यु

न्युयोर्कको रिजउडमा भेषराज पाण्डेको मृत्यु

admin April 15, 2012 0

न्युयोर्कको रिजउडमा बस्दै आएका अर्घाखांची केरुङ्गाका भेषराज पाण्डेको आइतवार अपरान्ह मृत्यु भएको छ। आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका पाण्डेलाई तत्काल स्थानिय Wyckoff अस्पतालमा लगिएको थियो । अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए भनेर रिज वुड नेपाली समाजका मिलन कुमार शाहीले इमेल मार्फत जानकारी गराएका छन् । मृत्युको कारण पुष्टी भइसकेको छैन । अमेरिकामा नर्सिङ पास गरिसकेका पाण्डे झण्डै ५ वर्ष अगाडी अमेरिका आएका थिए ।
मृतक पाण्डेको अन्तिम संस्कारको बिषयमा छलफल गर्न सोमबार साढे आठ बजे दुर्गा मन्दिरमा सबैलाई उपस्थितिको लागी आग्रह गरिएको छ !
Ridgewood Nepalese Society

Date- April 16 Monday
Time- 8:30 PM
Venue-Durga Temple
1709 Summer Field St.,
Ridgewood, NY,11385

Share

Leave A Response »