हिमाली स्वरहरु – हिमाली स्वरहरुको १७१औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १७१औ शृंखला सुन्नुहोस

admin April 9, 2012 0

यो शृंखलामा  आज हामी रबिन कुमार बिश्वकर्मा संग गरिएको “एउटा कुरा” बिसेष प्रस्तुत गर्दै छौ|रबिन कुमार बिश्वकर्मा २००८मा अमेरिका आउनु भएको हो| उहाले पछिल्लो समयमा न्यु योर्कको लंग आइल्याण्डमा  रहेको “मसला  ओक एण्ड ग्रिल”  रेस्टुरेन्टमा “किचेन सहयोगी”को रुपमा काम गर्नु भयो| काममा सुरुमा जति तलब दिन्छु भनेको थियो ,काम सुरु गरेको तिन हप्ता पछी , भने जति तलब नदिएको,काममा शोषण गरेको भन्दै रेस्टुरेन्टका संचालक ‘शिवजी पाठक र टोनी मल्लिक’ बिरुद्द न्यु योर्कको सर्बोच्च अदालतमा रबिन कुमार विश्वकर्माले  मुद्दा दर्ता गराउनु भएको छ|
रबिन जी जस्तै सयौ नेपालीहरु अमेरिकाको बिभिन्न शहरमा श्रम शोषणको  शिकार भएको हुन सक्नु हुन्छ|आफ्नो अधिकारको लागी लड्नु पर्छ, कसैले काममा न्यूनतम भन्दा कम तलब दिन्छ,ओभर टाइम दिदैन,बिरामी बिदा दिदैन ,काममा दुख दिने,मुख छाड्ने, हेप्ने कसैले गर्छन भने त्यसको बिरुद्दमा बोल्न डराउनु हुदैन भन्ने उदाहरण रबिन जी ले दिनु भएको छ|
सुनौ रबिन कुमार बिश्वकर्मा संग गरिएको यो बिसेष कुराकानी आजको हिमाली स्वरहरुको १७१औ शृंखलामा!


Happy Listening!
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program  
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)



Share

Leave A Response »