हिमाली स्वरहरु – मिसनेपाल अमेरिका २०१२ प्रेसवक्तब्य

मिसनेपाल अमेरिका २०१२ प्रेसवक्तब्य

admin April 7, 2012 0

मिसनेपाल अमेरिका २०१२
प्रेसवक्तब्य

गत वर्ष न्युयोर्कको सेराटन होटेलमा मिस नेपाल अमेरिका २०११ को भब्य सफलतापछि बहुप्रतिक्षित मिस नेपाल अमेरिका २०१२ अमेरिकाको वासिंटन डिसीमा अगस्त ११ मा हुन गइरहेको घोषणा गर्न पाउंदा हामी निकै हर्षित भएका छौं। साथै मिस नेपाल अमेरिका २०१२ मा सहभागिता जनाउनका लागि आवेदन खुल्ला गरिएको जानकारी समेत गराउंछौं। सहभागी हुन चाहने नेपाली युवतीहरुले मे महिनाको १५ सम्म मिस नेपाल अमेरिकाको आधिकारिक वेभसाइट www.missnepalus.com मा गएर अनलाइन मार्फत सिधा आवेदन दिनसक्ने व्यवस्था गरिएको छ।

इभेन्ट प्लानेट इन्क, युएसएले गर्ने मिस नेपाल अमेरिका प्रतियोगिता बँैद्धिक लगायत सबैखाले सुन्दरतालाई प्रतिबिम्बित गर्ने कार्यक्रम हो। इभेन्ट प्लानेट इन्क, युएसएले १८ वर्षदेखि २५ वर्ष सम्मका सबै नेपाली युवतीहरुलाई मिस नेपाल अमेरिका मार्फत प्रतिष्ठा सहित बौद्धिकता, सुन्दरता र क्षमता प्रदर्शनको अवशर प्रदान गरेको छ। युवा शशक्तिकरण र नेपालको प्रवद्र्धन भन्ने मुल नाराका साथ हुन गइरहेको मिस नेपाल अमेरिका विसुद्ध सुन्दरी प्रतियोगिता मात्र होइन,नेपालको कला, संस्कृति र मौलिकताको विश्वभर प्रवद्र्धन गर्ने सुनौलो अवशर र माध्यम समेत हो। नेपाली कला, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको विश्वभर प्रवद्र्धनका लागि गरिने मिस नेपाल अमेरिकाले त्यही उदेश्यका लागी बौद्धिक रुपमा समेत दक्ष र सुन्दर युवतीहरुलाई अगाडि ल्याउने लक्ष्य लिएको छ। यस वर्ष हुन लागेको मिस नेपाल अमेरिकाले विश्व शान्तिको कामना गर्दै विश्वभर बुद्धको सन्देश फैलाउने र बुद्धको जन्मभुमी नेपाललाई विश्वमाझ अझ परिचित गराउने विशिष्ट लक्ष्य लिएको छ । यो वर्षको मिस नेपाल अमेरिकाको मुख्य उद्देश्य नै नेपालमा जन्मिएका गौतम बुद्धको शान्तिको सन्देश प्रवाह गर्दै लुम्बनीको प्रवद्र्धनमा टेवा पुर्याउनु रहेको छ ।

मिस नेपाल अमेरिकाले अमेरिकामा रहेका सबै नेपाली युवतीहरुलाई व्यक्तिगत रुपमा अन्तर्राष्ट्रिय छवी निर्माणका लागि र नेपालको छवी विश्वभर अझ चम्काउनका लागि खास स्थान प्रदान गर्दछ । मिस नेपाल अमेरिकाको अन्तिम प्रतिप्रस्र्धामा भाग लिनु अगाडि अडिसनबाट अन्तिम प्रतिस्पर्धीहरुको छनौट गरिनेछ ।उनीहरुलाई एकहप्ताको विशिष्ट तालिमपछिमात्रै अन्तिम प्रतिस्पर्धामा सहभागी बनाइनेछ ।त्यसपछि क्षमतावान र उत्कृष्ट युवतीलाई राष्ट्रको गौरवका रुपमा मिस नेपाल अमेरिकाको क्राउन प्रदान गरिनेछ। छनौट प्रकृयामा पनि आन्तरिक सुन्दरता र दक्षतालाई नै प्रमुख आधार बनाउने समेत घोषणा गर्दछौं। साथै व्यक्तिव, बोल्ने क्षमता, दक्षता र बौद्धिकताका आधारमा छनौट प्रकृया पूरा गरिनेछ। त्यसैले सहभागी युवतीहरुले पनि प्रतियोगितामा आन्तरिक सुन्दरता र दक्षता नै प्रदर्शन गर्नुपर्नेछ। मिस नेपाल अमेरिकामा सहभागी युवतीहरुले प्रतियोगितामा छोटा कपडाहरु (swimsuits) लगाएर शरिरको प्रदर्शन गर्न जरुरी छैन। हामीले आशयपूर्वक नै नेपाली सुन्दरी प्रतियोगितामा छोटा कपडा (swimsuits) लगाएर शरिरको प्रदर्शन गरिने प्रचलनको अन्त्य गर्न चाहेको घोषणा समेत गर्दर्छौं। प्रतियोगिताबाट छनौट हुने विजेता युवा पुस्ताको उदाहरणका रुपमा नेपाली समुदायबीच घोषित हुनेछिन्।साथै विजेतालाई ५ हजार डलर नगद, ५ लाख डलर बराबरको जीवन विमा, उपहारहरु, छात्रवृत्ति र विश्वमा नेपाली नेपाली कला, संस्कृतिको प्रवर्धनका लागि प्रतिनिधित्व गर्ने अवशर समेत प्रदान गरिनेछ ।

थप जानकारीका लागि मिस नेपाल अमेरिकाको आधिकारिक वेभसाइट www.missnepalus.com मा अथवा info@missnepalus.com मा सम्पर्क राख्नुहोला ।

धन्यवाद ।
जोली अमात्य
संचार संयोजक
मिस नेपाल अमेरिका २०१२, आयोजक समिति ।

Share

Leave A Response »