हिमाली स्वरहरु – न्यु योर्कमा नेपाली बिद्यार्थी भेष राज पाण्डेको दुखद अवसान

न्यु योर्कमा नेपाली बिद्यार्थी भेष राज पाण्डेको दुखद अवसान

admin April 17, 2012 0

उक्त छलफलमा भएको कुराकानी जस्ताको त्यस्तै सुन्न तलको लिंकमा जानु होस्|(साबधान :घटनाको बिबरण मार्मिक र हृदय विदारक छ ख्याल गनु होला)

हिजो साँझ रिज वुड नेपाली समाजले नेपाली बिद्यार्थी भेष राज पाण्डेको निधनको सन्दर्भ र अन्तिम संस्कारको लागी आबस्यक खर्च जुटाउन एक छलफल आयोजना गर्यो|छलफलमा घटना संग सम्बन्धित साथीभाई, रुम मेट र नजिकका आफन्तले यो दुखद दुर्घटना कसरी भयो र अब के गर्ने भन्ने बिषयमा आ -आफ्नो विचार राख्नु भयो र उपस्थित समुदायका बिभिन्न व्यक्तित्वहरुले आफ्नो ईच्छ्या अनुसार अन्तिम संसारको लागी सहयोग गर्नु भयो| नजिकका साथीभाई र आफन्तहरुको भनाइ अनुसार भेष राज करिब ५ बर्ष देखि बिद्यार्थी रुपमा अमेरिका आएका थिए|उनि नर्शिंगका बिद्यार्थी थिए| र पछिल्लो पटक नर्थ डाकोटाबाट न्यु योर्क सरेका थिए| अस्पताल बाट स्वास्थ्य परिक्षणको नतिजा आउन २/३ महिना लाग्ने बताइएको छ तथापी घटनाको प्रकृति हेर्दा भेष राज पाण्डेले आफ्नो घटीमा आइ -फोनको तार बेरेर आत्म हत्या गरेको बुझिएको छ|बाथरुममा रगतका छिटा हरु र साना कैची पनि भेटिएको प्रत्यक्ष्दर्शिहरुले बताउनु भएको छ|
पाण्डेको अन्तिम संस्कार बुधबार बिहान Metropolitan Ave & Freshpond Rd नजिकै को फुनरल होममा बिहान ९ बजे देखि १० बजे सम्म हुदै छ|
सहयोग र थप जानकारीको लागी रिज रुड नेपाली समाजका पदाधिकारीहरु लाई सम्पर्क गर्नुहुन अनुरोध छ
सम्पर्क:
Shree Parajuli-347-449-4753
Milan K Shahi-646-945-9610
Rabi Koirala-718-838-4931

उक्त छलफलमा भएको कुराकानी जस्ताको त्यस्तै सुन्न तलको लिंकमा जानु होस्|(साबधान :घटनाको बिबरण मार्मिक र हृदय विदारक छ ख्याल गनु होला)
शब्द/अडियो-हिमाली स्वरहरु

Photo credit (Vishwanews)

Share

Leave A Response »