हिमाली स्वरहरु – सृजनाका यात्राहरुको अप्रिल महिनाको शृंखला

सृजनाका यात्राहरुको अप्रिल महिनाको शृंखला

admin April 3, 2012 0

न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने सृजनाका यात्राहरुको अप्रिल महिनाको शृंखला कबि/गीतकार गीता खत्रीको एकल गीत कविता वाचनका साथ सम्पन्न भयो |उहालाई गीता पन्त,पुनम काफ्ले,विकास बिस्ट,शान्ता घिमिरे र ज्योति पौडेलले रचना वाचनमा सघाउनु भएको थियो|कार्यक्रमको बिसेष पाहुना कबि युयुत्सु शर्माले गीता खत्रीको रचनाको चर्चा गर्नु भयो भने साहित्यकार सीता पाण्डेले संछिप्त साहित्य गतिबिधिको चर्चा गर्दै “मासु” शिर्षकको कविता सुनाउनु भयो|
गीता खत्रीको एकल प्रस्तुति पछी शकुन्तला ज्ञवाली मनु लोहरुङ राई, गीता पन्थ, बिकास बिष्ट, बिनोद रोका, बिष्णु पौडेल, मणी बाङ्देल, कुबेर थापा, छिरिङ्ग तोप्के लामा, शैलेश आचार्य, र शान्ता घिमिरेले आआफ्नो रचना सुनाउनु भएको थियो | बाचित सम्पूर्ण कविताहरुको समिक्षा शिशिर शर्माले गर्नु भएको थियो|

सृजनाका यात्राहरु न्यु योर्कको नेपाली समुदायमा बिगत तिन बर्ष देखि हरेक महिनाको पहिलो आईतबार आयोजना हुने नेपाली भाषा साहित्य शृंखला हो|
कार्यक्रम हिमालयन धर्म सेन्टरमा आयोजना गरिएको थियो|कार्यक्रमको संचालन सीता खरेल र ज्योति पौडेलले गर्नु भएको थियो!

कार्यक्रमको सम्प्रुण अडियो हिमाली स्वरहरुको अनलाईन कार्यक्रमहरुमा सुन्न सकिने छ !
Photo Credit:Pradeep Thapa (USNepalOnline.com)

Share

Leave A Response »