हिमाली स्वरहरु – नेपाली साहित्यका बारेमा बिशेष गोष्ठी

नेपाली साहित्यका बारेमा बिशेष गोष्ठी

admin May 18, 2012 0

नेपाली साहित्य प्रतिष्ठानले ए.एन.ए. डालस सम्मेलनमा ” नेपाल बाहिरको नेपाली साहित्य : प्रवासी कि आप्रवासी ” सम्बन्धि गोष्ठी गर्ने

नेपाली साहित्य प्रतिष्ठान – उत्तर अमेरिकाले यस पटक ए. एन. ए. को ३०औ महाधिबेसनको अवसर पारेर टेक्सास राज्यको, डालासमा हुने अन्तर्राष्ट्रिय कविता महोत्सब
संगसंगै नेपाल बाहिरको नेपाली साहित्यका बारेमा बिशेष गोष्ठीको आयोजना गर्ने भएको छ. यो गोष्ठी संचालनका लागि नेपाली साहित्य प्रतिष्ठान – उत्तर अमेरिकाले डा. गोविन्दसिंह रावतको संयोजकत्वोमा ” नेपाल बाहिरको नेपाली साहित्य : प्रवासी कि आप्रवासी ” गोष्ठी आयोजना समिति गठन गरेको छ . समितिका अन्य सदस्यहरुमा मोहन सिटौला, टेक्सास, गोबिन्द गिरि प्रेरणा , भर्जिनिया र ज्ञानेन्द्र गदाल , कोलोराडो रहनु भएका छन्. पहिलो पटक आयोजना हुन लागेको ” नेपाल बाहिरको नेपाली साहित्य : प्रवासी कि आप्रवासी ” सम्बन्धि यस गोष्ठीमा डायिस्पोरा साहित्यमा बिशेष कलम चलाउने विद्वानद्वय डा. गोबिन्दराज भट्टराई र डा. खगेन्द्र लुइँटेल तथा अमेरिकामा बसेर डायिस्पोरा साहित्य सिर्जना गर्दै आउनुभएका अ.ने.सा.स.का संस्थापक होमनाथ सुबेदीबाट कार्यपत्र प्रस्तुत गरिने छन् |


Share

Leave A Response »