हिमाली स्वरहरु – बाल्टिमोरमा अमेरिका नेपाल व्यवसायी संघको भेला सम्पन्न

बाल्टिमोरमा अमेरिका नेपाल व्यवसायी संघको भेला सम्पन्न

admin May 22, 2012 0

बाल्टिमोरमा अमेरिका नेपाल व्यवसायी संघको भेला सम्पन्न

अमेरिका, बाल्टिमोर, अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन
अमेरिका नेपाल व्यवसायी संघ-यूएस नेपाल चेम्बर अफ कमर्स) विषेश भेला
अमेरिकाको बाल्टिमोरमा सम्पन्न भएको छ ।

अमेरिकाका लागी नेपाली महावाणिज्य दुत प्रेम राजा महतको प्रायोजनमा
आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा राजदुतद्धय डा शंकर शर्मा
र ज्ञान चन्द्र आचार्यको सहभागिता थियो । अमेरिका नेपाल व्यवसायी संघका
अध्यक्ष मोहन ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त भेलामा बिभिन्न
स्टेटबाट आएका उक्त संघका प्रतिनिधी सहित स्थानिय स्तरका व्यवसायी
,व्यापारीको ठूलो सहभागिता थियो ।

भेलामा उक्त भेलाको सफलताको कामना गर्दै प्रधानमन्त्री डा बाबुराम
भट्टर्राईले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । उक्त
शुभकामनामा प्रधानमन्त्रि भट्टर्राईले शान्ति र संविधान निर्माण गर्ने
क्रममा हामी जुटेका छौ र यसले देशको मुहार फर्ेर्ने छ , हामीले नेपालमा
लगानिहरुको लागि फराकिलो दायरा र विश्वासिलो वातावरण बनाएका छौ ।
तपाईहरुलाइ नेपालमा लगानिको लागि आव्हान गर्छर्ुुन्दै उक्त भेलाको
सफलताका शुभकामना दिनुभएको थियो ।

उक्त भेलालाई संवोधन गर्दै संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधी
महामहिम राजदुत ज्ञान चन्द्र आचार्यले यो भेला अत्यन्त ऐतिहासिक भएको ।
यहां नेपालीको संख्या दिनदिनै बढ्दै गएको छ । अहिले यहां नेपालीहरुले
हरेक तहमा व्यवसाय संञ्चालन गरेर आफ्नो योगदान दिन सुरुवात गर्नुभएको छ ।
हामी जसरी छरिएर पेशा गरेका छौ त्यसरी सगठीत भएनौ भने तपाईहरुको हक
अधिकारको सुनिश्चित हुन्न त्यसैले अहिले यो संघले जुन काम गरेको छ
अमेरिकामा त्यो अत्यन्त सह्रायिन छ । यस संस्थाको उद्घेश्य र प्रकृति नै
अत्यन्त राम्रो रहेको हुनाले न्यूयोर्क स्थित नियोग र डि.सि स्थित
दुतावासले मिलेर गर्नुपर्ने सहयोग गर्ने छौ भन्नुभयो ।

तपाईहरुले आफ्नो डाटा तयार पानर्ुस भन्दै आचार्यले उक्त डाटाले हामीलाई
यहाको चेम्बर,स्टेट संघ कुरा गर्न व्यवसायी ,व्यापारीको हक हितको कुरा
राख्न मद्घत पुर्याउछ भन्दै जुन संगठन तपाइहरुले विकसित गर्नुभएको छ
त्यसले ठूलो संजालको रुपमा समर्पित भएर नेपाली व्यवसायीका लागि राम्रो
काम गर्ने छु भन्नुभयो ।

त्यसै गरि कार्यक्रमलाई संम्वोधन गर्दै प्रमुख अतिथी महामहिम राजदुत डा
शंकर शर्माले म नवगठित संघको सफलता र उत्तरोतर प्रगतिको लागि हार्दिक
धन्यवाद दिन चाहान्छु भन्दै यस संस्थाले पहिला नेपाली व्यवसायीले
अमेरिकन सरकारलाई के फइदा दिएका छन् त्यसको तथ्यांक ल्याउनर्ुपर्छ ।
नेपाली व्यवसायी ,व्यापारीले कति लगानी गरेका छन् , कति रोजगारी दिएका
छन् । र यो देशले नेपाली व्यपारीबाट कति फाइदा पाएको छ भन्ने कुरा
प्रकाशमा आएपछि हामीले यहाको सरकार संग तपाईहरुको हकहितका लागि आवश्यक
लविङ्ग गर्न सक्छौ भन्दै तपाइहरुले आगामि योजना प्रष्ट रुपमा ल्याउनुस ।
जहा सम्म तपाईहरुका समस्या छन तिनीहरुलाई वुदागत गरेर ल्याउनुभयो भने
हामी अमेरिकन सरकार संग कुरा गर्न सक्दछौ । तपाईहरुको चेम्बर अफ कमर्श
संग जुन सम्झौता भएको छ अत्यन्त राम्रो हो यसले दुइ देश बिच व्यापार
पर््रबर्धन ,व्यापारीको हक हित र नयां लगानिको अवसरलाई मद्दत पुर्याउदछ ।
तपाइहरु आउनुहोस म दुतावासका तर्फाट र मेरो तर्फाट सक्दो सहयोग गर्ने छु
। यस संस्थाले प्रगति गरोस भन्नुभयो ।

कार्यक्रममा महावाणिज्य दुत प्रेम राजा महतले म येा संघ स्थापनाको काल
देखि सक्रिय रहेको छु । म महावाणिज्य दुत भएकाले यहांका नेपाली व्यापारी
,व्यवसायीलाई परेको मर्काको, उनीहरुको हकहितका बारेमा सहयोग गर्नु मेरो
कर्तव्य हो र उहांहरुले जसरी संस्थाको निर्माण गर्नु भयो त्यसले म
अत्यन्त हषिर्त छु । त्यसैले आज यो कार्यक्रमको प्रायोजन मैले गरेको छु ।
अमेरिकामा नेपाली व्यापारीको अवस्थाको तथ्यांक संकलन गर्ने , नेपालमा
सरकार संग समन्वय गर्ने र अमेरिका नेपालमा व्यापारको पर््रवर्धन गर्नमा
मेरो तर्फाट हरेक कदममा यो संस्थालाई सहयोग हुने छ कार्यक्रमको सपलताको
सुभकामना दिनुभयो ।

भेलालाई संवोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश बस्नेतले
“आज नेपाल चेम्बर अफ कमर्शको स्थापना भएको करिब ६० वर्षभएको र यसले यस
अगाडी अमेरिका नेपाल व्यवसायी संघ संग गरेको दुइ पक्षिय सम्झौताले
अमेरिका र नेपाली व्यापारीहरुका लागी नयां आयाम थपेको छ । नया लगानीको
द्घार खुलेको छ । दुइ संस्थाको स्वरुप अनुसार भएको सम्झौताको कार्यन्वयन
अव व्यापारिक छेत्रमा हुने छ भन्दै चेम्बर अफ कमशले एनआरएन का रुपमा
रहनुभएका तपाईहरुको व्यtmिगत हितका लागी दोहोरो नागरिताको आवाज उठाइरहेको
छ र सरकारले यसलाई हटाउनु हुदैन एनआरएन लाई दोहोरो नागरिता प्रदान
गर्नुपर्छ भन्ने मेरो पर्ूव र्समर्थन छ भन्नुभयो ।

सम्मेलनलाई सम्वोधन गर्दै उक्त संघका उपाध्यक्ष सानुबाबु सिलवालले संघको
उद्घेश्य माथि प्रकाश पार्दै सारा अमेरिकामा रहेका नेपाली व्यापारीहरुको
हकहितका लागि यो संस्था गठन भएको र यसले सम्पर्ूण्ा व्यापारी,व्यवसायीलाई
एकजुट बनाउने छ । यहां नेपालीले गरेको लगानिको लेखाजोखा गर्ने छ र यसले
संगठित हावाज राखेर व्यापारीको हकहितको लागी आवाज उठाउने छ भन्नुभयो ।
त्यसैगरि उक्त संघका कोषाध्यक्ष कुगां शर्ेपाले यो संस्था विशुद्घ गैह्र
राजनितीक ,मुनाफा रहित र व्यापारीक संस्था भएकोले यसमा कसैले राजनिती
घुसाउन चाहेमा मान्य हुने छैन भन्दै हामी व्यापारी हौ र अमेरिकामा रहेका
व्यापारीको हकहित कसरी सुरक्षित हुन्छ भन्ने मात्र प्रमुख प्राथमिकता
रहने छ भन्नुभयो ।

त्यसै गरि सम्मेलनमा संघका केन्द्रिय सदस्य वेद प्रसाद खरेलले उक्त संघ
अमेरिका २७ स्टेटमा पुगि सकेको झण्डै २५० देखी ३०० व्यापारीहरुले आवद्घता
जनाइसकेका,संस्थाको विधान बनाउने कार्य सम्पन्न भइसकेको छ भन्दै केहि दिन
भित्र सदस्यता वितरणको कार्य शुरु हुने ,हरेक व्यवसायी सदस्यता वापत ४१००
तिनुपर्ने छ र ६ महिना देखि १ वर्षभित्र संस्थाको महाधिवेशन सम्पन्न हुने
छ भन्दै संस्थाको आगामी भेला अगष्ट महिना मिचिगन राज्यमा हुने समेत
घोषणा गर्नुभयो ।

भेलालाई संवोधन गर्दै संघको केन्द्रिय सदस्य धर्म भट्टराइ -मिचिगन) ले
अव जारी हुने संविधानमा एनआरएनहरुका लागी दोहोरो नागरिताको ग्यारेन्टि
गरियोस भन्दै देशमा अवस्था राम्रो भएमा थुप्रै अमेरिकन नेपालीहरु आफ्नो
कमाइ नेपालमा लगानी गर्न तयार रहेका छन् भन्दै त्यसका लागी यो संघले अब
महत्वपर्ूण्ा भूमिका खेल्ने छ र आफू आउने भेला मिचिगनमा गर्न तयार रहेको
घोषणा गर्नुभयो । त्यसै गरि अर्का केन्द्रिय सदस्य सन्तोष
पाहाडी-जर्जीया) ले अमेरिकामा व्यापार व्यवसाय गर्नका लागी थुप्रै
चुनौती र कठिनाइ रहेका छन् भन्दै अब हामी संगठित भएका छौ र यसले निश्चय
पनि हामीहरुका समस्या निराकाण गर्ने छ भन्नुभयो ।

कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष मोहन ज्ञवलीले “यो व्यापार,व्यवसायी
संघ एक दुइ दिनको पहलमा जन्मिएको होइन यो त वर्षौ दिन सम्मको छलफल ,
अन्तरक्रिया ,मिटिङ्ग गरेर जन्मिएकेा हो हाम्रो व्यापारमा लामो समय
अनुभव छ अव हामी अगाडी कसरी बढ्ने , पछाडी आउने पुस्ताले कसरी
व्यापारी,व्यवसाय गर्ने उनिहरुलाई कसरी प्रोत्साहन गर्ने भनेर यो संगठन
खुलेको हो । अहिले हाम्रो च्यालेन्ज भनेको विभिन्न राज्यमा रहेका
व्यापारी,व्यवसायीहरुको लगत तयार गर्ने ,संगठित गर्न ,लगानिको खाका तयार
गर्ने सरकारलाई तिरेको करको खाका निकाल्ने,नेपाल चेम्बर अफ कमर्श ,नेपाली
दुतावास, अमेरिकन कमर्श र नेपाल सरकारसंग मिलेर सहकार्य गर्ने हो भन्दै
अब हामीले जसले व्यापार गरेको त्यसलाई सरक्षण गर्ने र जसले व्यापार
गरेको छैन त्यसलाइृ व्यापार गर्न प्रोत्साहन गर्ने छौ भन्दै सबै
व्यापारी,व्यवसायीहरु एक जुट भएर यस संघमा लाग्न आव्हान गर्नुभयो ।

संघका सचिव प्रकाश थापाले संचालन गर्नुभएको उक्त सम्मेलनमा वाल्टिमोर
नेपलिज एसोसिएसनका अध्यक्ष विजय श्रेष्ठले उपस्थित अतिथी ,प्रमुख
अतिथीहरुलाई खादा ओढाइ स्वागत गर्नुभएको थियो । त्यसै गरि गणेश मलेखुले
फुल गुच्छा प्रदान गरि स्वागत गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रम सकिएपछि राजदुत डा.शंकर शर्मासंग अमेरिका नेपाल
व्यवसायी संघका पदाधिकारी ,स्थानिय व्यापारी,व्यवसायीले छलफल
,अन्तरक्रिया गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रिय
सदस्य शचिन थापा -ओरिगन) लगायतले डा.शर्मा संग नेपालको लगानी र दुतावासको
भूमिकाका वारेमा प्रश्न राखेका थिए ।
Via email NepaliNewsUSA

Share

Leave A Response »