Himali Sworharu -Online Radio, Podcasts, Video & Photographs – अमेरिकामा दुई चेम्बर अफ कमर्स बिच सम्झौता सम्पन

अमेरिकामा दुई चेम्बर अफ कमर्स बिच सम्झौता सम्पन

admin May 13, 2012 0

हिमाली स्वरहरुको कार्यक्रम “एउटा कुरामा” नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश कुमार बस्नेतसंगको कुराकानी


अमेरिका भ्रमणमा रहेको चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डलको स्वागतमा अमेरिका नेपाल ब्यबसायी संगले आयोजना गरेको आयोजित एक कार्यक्रममा दुई संस्था बीच आफसी सहकार्यको समझदारी पत्रमा हस्तक्षर् पनि गरिएको थियो|
एकै छिन सुनौ सुरेश कुमार बस्नेत संग गरिएको यो कुराकानी

अमेरिकामा दुई चेम्बर अफ कमर्स बिच सम्झौता सम्पन

अमेरिका, न्यूयोर्क – अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ
कमर्स ) र नेपाल चेम्बर अफ कमर्स नेपालका बिचमा अमेरिकाको न्यूयोर्कमा मे
१२ मा आयोजित एक कार्यक्रममा memorandum of understanding (mou_ मा एक
सम्झौता भएको छ । न्यूयोकको रिजउडमा अमेरिका नेपाल व्यवसायी संघको
आयोजनामा आयोजत उक्त कार्यक्रममा उक्त संघको तर्फवाट सचिव प्रकाश थापा,
अध्यक्ष मोहन ज्ञवाली र नेपाल चेम्बर अफ कमर्सका तर्फवाट महासचिव कमलेस
कुमार अग्रवाल र अध्यक्ष सुरेश कुमार बस्नेतले हस्ताक्षार गर्नुभएको
छ ।

अमेरिका भ्रमणमा रहेका उक्त व्यापारी मण्डलको स्वागतका लागी आयोजित उक्त
कार्यक्रम संयुक्त राष्ट्रसंघको न्यूयोर्क स्थित कार्यालय नियोग दुतावास
र अमेरिका नेपाल व्यवसायी संघ द्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।
संघका अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले “आज भएको यो
सम्झौता अमेरिकामा रहेका नेपाली व्यापारी,व्यवसायी र नेपालमा रहेका
व्यापारी व्यवसायीका लागी ऐतिहासिक भएको छ भन्नुभयो ।” आज पछि अमेरिकामा
अमेरिका नेपाल व्यवसायी संघ चेम्बरको आघिकारिक प्रतिनिधि भएको छ भन्दै
उहांले यस संस्थाले नेपाली व्यापारीहरुको हकहितको लागी काम गरोस र यसबाट
नेपाली व्यवसायीले फाईदा लिन सकोस भन्दै नेपाली व्यवसायीको लागी चेम्बरले
नेपाल र अमेरिकन सरकार संग पहल गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै चेम्बरका महासचिव कमलेस कुमार अग्रवालले यो
सम्झौताले नेपाल र अमेरिकामा बसेर व्यवसाय गर्ने व्यापारी बिच एउटा पुलको
काम गर्ने ,देशमा नयां लगानिका बाटाहरु खुल्ने र व्यापारीहरु बिच समन्वय
सहकार्यमा महत्वपूर्ण भुमिका खेल्ने छ भन्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मिसनका नायव स्थायी प्रतिनिधी
सेवा लम्सालले अमेरिका नेपाल व्यवसायी संघले सुरु गरेको यो काम ऐतिहासिक
भएको र नेपाल मिसनले यो काम लाई सफल बनाउन सक्दो सहयोग गर्ने छ भन्नुभयो
। त्यसैगरि मिसनका मिनिष्टर अफ काउन्सिल अमृत राईले अमेरिकामा हरेक
संस्था भएपनि व्यापारीको संस्था नभएको र यो संघले व्यापारीहरुको लागी
थालेको एकताले अमेरिकन नेपाली व्यवसायीहरु एक जुट भएर अगाडी बढ्ने छन
भन्नुभयो ।

अमेरिकाका लागी नेपाली वाणिज्य दुत प्रेम राजा महतले यो संघले
व्यापारीहरुलाई एकजुट बनाउनुहोस आफुले हरेक कदममा सहयोग गर्ने भन्दै ।
अमेरिकी सरकार, यहांको चेम्बर संघ नेपाली व्यवसायीका लागी आफू काम गर्न
तयार रहेको छु भन्नुभयो । दुई चेम्बरका बिचमा भएको सम्झौतालाई ऐतिहासिक
भन्दै यसले नेपाली व्यवसायीलाई ठूलो फाईदा पुग्ने छ भन्नुभयो ।

उक्त समारोहमा बोल्दै नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष्ाँ
खगेन्द्र जिसीले नेपालमा बन्न लागेको संविधानमा दोईेल नागरिताको प्रावधान
हटाउन थालिएको छ भन्दै सबैले मिलेर यसलाई टड्कारो रुपमा उठाउनु पर्छ
भन्दै यो संघले गर्ने क्रियाकलपमा आफ्रनो पूर्ण रुपमा सहयोग हुने छ
भन्नुभयो । त्यसैगरि कार्यक्रममा रिजउड नेपलिज सोसाइटिका अध्यक्ष श्री
पराजुलिले सामाजिक संस्था र व्यापारीक संस्था बिच समन्वय हुनुपर्छ भन्दै
यो संघले अमेरिकामा रहेका व्यापारीहरुको उत्थानका लागि लडोस आफूले हरेक
कदममा साथ दिन्छ भन्नुभयो ।

कार्यक्रममा अमेरिका नेपाल पत्रकार संघका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा ,
पत्रकार सूर्य थापा , UNDFका अध्यक्ष सिता खरेल , समाज सेवी डा; तारा
निरौला ,वाल्टिमोर एसोसिएसनका अध्यक्ष विजय श्रेष्ठ , शेर्पा किदुङ्गका
सचिव पाशाङ्ग शेर्पा लगायतका वक्ताले दुई चेम्बर बिच भएको सम्झौता
ऐतिहासिक भएको उल्लेख गर्दै यसले व्यपारीहरुको हकहित,सुरक्षाका लागी पहल
गरोस भन्दै आफूले हरेक कदममा साथ दिन्छौ भन्नुभयो । कार्यक्रममा
केन्द्रिय सदस्य केदार श्रेष्ठ लागायतका पर्तिनिधिको उपस्थिति रहेको थियो

कार्यक्रममा सहभागीहरुलाई स्वागत भाषण संघका कोषाध्यक्ष कुगां शेपाले
गनुभएको थियो भने कार्यक्रमको संञ्चालन सचिव प्रकाश थापाले गनुभएको थियो

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य वेद प्रसाद खरेलले संघले आगामी ६
देखि एक वर्ष भित्र अधिवेशन गर्ने ,हाल सम्म ३१वटा स्टेट बाट २४०
व्यपारीहरुले आवद्धता जनाइसकेको र यो संस्था गैर राजनितीक , मुनाफा रहित
हुने उल्लेख गर्नुभएको थियो । त्यसै गरि कार्यक्रममा केन्द्रिय उपाध्यक्ष
सानुबाबु सिलवालले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै व्यापारिक
हितको लागी यो संस्था गठन भएको र यसले नेपालमा अमेरिकन लगानि भित्रयाउने
र अमेरिकामा रहेका व्यापारी,व्यवसायीको हकहित संरक्षण गर्न महत्वपूर्ण
भुमिका खेल्ने प्रष्ट पार्नु भएको छ ।

अन्तमा अध्यक्ष मोहन ज्ञवालीले कार्यक्रममा सहभागीलाई धन्यवाद भन्दै आज
भएको दुइ चेम्बर विचको सम्झौताले दुई देश विच व्यापारिक फाइदा हुने छ
भन्दै नेपाल चेम्बर अफ कमर्सले नेपालमा विदेशी लगानी भिœयाउनका लागी
नेपालीहरुलाई वातावरण तयार गर्न अनुरोध गर्दै यहांको नेपाली व्यापारी,
व्यवसायीहरुलाइ एक भएर लाग्नका लागी आव्हान गर्नुभयो ।

News and Photo Credit:Prakash Thapa

(FNCCI) नेपाल उद्योग बाणिज्य महासंघ -साक्षात्कार कार्यक्रम ,म्यारील्याण्ड ,अमेरिका

मे १५ २०१२ का दिन ,अमेरिकाको म्यारील्याण्ड राज्यको सिल्भरस्प्रिंग स्थित नेपाली समुदायको चर्चित चमेना गृह घर ए कवाफमा नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्य तथा अमेरिका भ्रमणमा पाल्नु भएका प्रतिनिधि मण्डलसंग साक्षात्कार कार्यक्रमको आयोजना गरियो l साक्षात्कार कार्यक्रमको एक सवालको जवाफमा नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्यले भ्रष्टचार सम्बन्धि आफ्नो अभिव्यक्ति खुल्ला रुपमा प्रस्तुत गर्दै आफ्नो ईमान्दारीताको परिचय दिनु भयो l वहाको अभिव्यक्तिले पृथक स्थान ओगट्न सफल भै वहा जस्तो ईमान्दारी व्यक्तित्व तथा उधोगपतिको सरल उत्तरले वाशिंगटन डिसी क्षेत्र भित्र बसोबास गर्नु हुने लब्ध प्रतिष्ठित व्यक्तित्व ,बिभिन्न संघ तथा संस्था प्रतिनिधि तथा संचार माध्यमकर्मीहरुको तर्फबाट प्रशंशा प्राप्त गर्नु भयो l जुन कुराको खुलाशाले सबैको ध्यानाकर्षण गरायो l उक्त प्रतिनिधि मण्डलमा क्रमस : निर्मल राज पौडेल ,टिका राज ढकाल,मिंग्मा दोर्जी शेर्पा ,सुबाश पाण्डे(प्रधान मन्त्रीका स्वकीय सचिब ) ,गोपाल खनाल ,हेम राज पाठक ,रोजी खनाल सिंह ,उषा खतिवडा ,मिलन महर्जन ,छिरिंग लामा तथा प्रबिना पाण्डे हुनु हुन्थ्यो l

उक्त कार्यक्रम अनौपचारिक भएता पनि कार्यक्रमको आयोजना संचार माध्यममा लामो समय देखि संलग्न हुनु हुने सगरमाथा टेली भिजन अमेरिकाका प्रमुख संचालक तथा गैर आवासीय संघ अमेरिकाका उप क्षेत्रीय संयोजक राम खरेल राम चन्द्र खरेलको अगुवाईमा सम्पन्न भएको थियो lवाशिंगटन डिसी क्षेत्र भित्र पहिले देखिने बसोबास गर्दै आउनु भएका लेखा परीक्षक तथा लाउडन काउन्टीका प्रजातान्त्रिक दलका तर्फबाट उक्त काउन्टीका कोषाधक्ष हरि शर्माले सबैलाई हार्दिक स्वागत गर्दै सारगर्भित मन्तब्य ब्यक्त गर्नु भएको थियो l

कार्यक्रमको सुरुवात परिचयात्मक रुपमा गरिएको थियो भने कार्यक्रममा सबैलाई हार्दिक स्वागत राम चन्द्र खरेल ज्युले गर्नु भै कार्यक्रम औपचारिक नभै अनौपचारिक भएको जानकारी गराउदै सबैलाई छोटो परिचय दिन आग्रह गर्दै उल्लेखनीय उपस्थिति सबैले परिचय दिएका थिए l अमेरिकाका राज्य बिभागका प्रतिनिधि मितुल देसाईले सबैलाई स्वागत गर्दै खुशी ब्यक्त गर्दै आफ्नो तर्फबाट प्रवासमा रहनु हुने सम्पूर्ण समुदायले गरेको कार्य प्रति आफुलाई गर्व भएको महसुस भएको ,सबैलाइ सहयोग गर्ने र अमेरिका तथा नेपालको सम्बन्धको चर्चा गर्दै प्रवासमा उल्लेखनीय नेपालको नाम राख्ने नेपाली केहि व्यक्तिहरुको नाम लिने क्रममा दर्शन रौनियारको नाम समेत लिनु भएको थियो l नेपालमा आउनु हुने र बाणिज्य सम्बन्धि अन्य बिकाश बिषयमा आफुसंग छलफल गर्न तैयार रहेको बिस्वस्त दिलाउनु भएको थियोl

यसै गरि नेपाली राजदूताबासका नियोग, उप प्रमुख अर्जुन कान्त मैनालीले नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्य योग्य तथा अनुभवी उद्योगपति र नेतृत्व क्षमता भएको व्यक्तित्व भन्दै प्रशंसा गर्नु भएको थियो र बाणिज्य सम्बन्धि धेरै ज्ञान रहेको छ भने थप जानकारी गराउनु भएको थियो,अर्का वक्ता तथा बाणिज्य महादूत प्रेम राजा महतले स्वागत गर्दै वहाहरुको लागि नै आगामी बिहिबार अन्तरक्रिया कार्यक्रम राखेको भन्दै आयोजकलाई धन्यबाद ब्यक्त गर्दै आफु कम बोल्ने र आफ्नो कार्यक्रममा धेरै कुराहरु राख्ने प्रतिबद्दता जाहेर गर्दै सबैलाई सहभागीको लागि आग्रह गर्नु भयो l

आफ्ना प्रतिनिधि मण्डलसंग अमेरिका भ्रमण सम्बन्धि प्रकाश पार्दै धेरै सारगर्भित मन्तब्य व्यक्त गर्दै मुलुक बाहिर बसोबास गर्नेले नेपाललाई जस्तो सोचेको जस्तो मुलुक नभएको ,सबैले नेपाल आमा र नेपाल प्रति माया दर्शाउनु पर्ने आग्रह गर्दै मुलुकले आर्थिक क्षेत्रमा ठुलो फडका हानेको ,लगानीमा बृद्दी ,उत्पादनमा दोब्बर भएको ,पर्यटकमा २७ प्रतिसतले बृद्दी ,बिदेसबाट पनि लगानी कर्ताको व्यापक सहभागी हुने क्रम जारी ,नेपालको सुर्य चुरोट कम्पनीले लगानीमा दोब्बर गरेको र नेपाल उद्योग बाणिज्य महासंघ मुलुकमा दिगो शान्ति तथा आर्थिक बृद्दीको चाहना राखेको उल्लेख गर्नु भयो भने आफ्नो मन्तब्य ब्यक्त गर्ने क्रममा वर्तमान प्रधान मन्त्रि बाबुराम भट्टराईको प्रसंसा गर्दै बिप्पा (द्विपक्षीय लगानी प्रबर्धन तथा सुरक्षा सम्झौता ) र दोहोरो कर प्रणाली सम्बन्धि सम्झौता गर्न सफल भएकोमा खुसि ब्यक्त गर्नु भयो l

रोजगारीको बिकराल समस्या मुलुकले भोगेकोले १० लाख नेपालीहरुको रोजगारीको लागि सबैखाले योजना तर्जुमा गर्न कतिबद्द रहेको र प्राथमिकता पनि रहेको जानकारी गराउनु भयो l मुलुकको आर्थिक बृद्दीको लागि हर कोसिस गर्ने प्रतिबद्दता व्यक्त गर्दै उपस्थित मान्यबरहरुको सबैको जवाफ दिनु भएको थियो l

कार्यक्रमको अन्त्यमा सबैलाई धन्यबाद दिदै गैर आवासीय संघ अमेरिकाका उप क्षेत्रीय संयोजक राम खरेल राम चन्द्र खरेलज्युले रात्रिभोजको प्रायोजक तथा उपस्थित भै कार्यक्रमको शोभा बढाई दिनु सबै गरिमाय व्यक्तित्वहरुलाई कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भयो l

News from Bijaya Thapa


Share

Leave A Response »