हिमाली स्वरहरु – ३० औ ए एन ए डालास सम्मेलन -खेलकूद तथा अन्य पुरस्कार राशीहरुको घोषणा

३० औ ए एन ए डालास सम्मेलन -खेलकूद तथा अन्य पुरस्कार राशीहरुको घोषणा

admin May 21, 2012 0

३० औ ए एन ए डालास सम्मेलन -खेलकूद तथा अन्य पुरस्कार राशीहरुको ऐतिहासिक घोषणा

‘एउटै सपना ,एउटै समुदाय,एउटै समारोह’ ३० औ ए एन ए सम्मेलनको मूल नारा रहेको छ l सो परिकल्पना साकार गर्न मूल समारोह समिति तथा सम्पूर्ण समितिहरु कडा मेहनतको साथ अपार सफलता बनाउन तत्परताको साथ जुटेका छन lयुवा वर्ग सम्भावनाका भण्डार हुन् ,उनिहरुमा बिश्व हाक्ने शक्ति हुन्छ र आमुल परिवर्तनका संवाहक भएकाले उनीहरुको काधमा ३० औ ए एन ए डालस सम्मेलनले बिसेष जिम्मेबारी सुम्पिएको छ lआधा आकाश ढाक्ने महिलावर्गलाई उच्च प्राथमिकता दिदै ज्यादा भन्दा ज्यादा महिला सहभागिता गराईएको छ र सोहि अनुसार महिला कार्यक्रमहरु प्रशस्त ल्याउने उदेश्य राखिएको छ l

ए एन ए कानुनी र आर्थिक रुपमा विधिवत रुपमा गैर मुनाफा संस्थाको अनुपालन(कम्प्लायंस )मा प्रवेश भै सकेको र ए एन ए जुन उदेश्य अनुरुप स्थापना गरिएको छ सोहि अनुरुप अग्रगामी दिशा तर्फ बढ्दै जाने कुरामा दृढ छ lनेपाली समुदायको जनघनत्व यो राष्ट्र भरि नै बिजगणतीय हिसाबले बढ्दै गई रहेको अवस्थामा ए एन ए को भूमिका एक शसक्त छाता संगठनको रुपमा भूमिका निर्वाह गर्नु पर्ने ,आमुल परिवर्तनको वकालत गर्ने र समुदायको चाहना अनुसार यी कुराहरुको सम्बोधन हुनु पर्ने माग पनि बढ्दै गई रहेको अवस्थामा समुदायको चाहना प्रति ए एन ए सम्बेदनशील छ lगम्भीरताको साथ समुदायले परिकल्पना गरेको एक आदर्श र नेतृत्वमुखी संस्थाको रुपमा आफुलाई प्रस्तुत गर्न उक्त अवसरको आफुले चुनौती लिन कदम अगाढी बढाउने छ l

ए एन ए पुन :नया ढाचा र नौलो रुपमा रुपान्तरित हुदै अझ उत्तम तथा समुदायलाई अझ मजबूत बनाउने बिषयमा कटीबद्द छ l शिघ्र ,हामी यहाँहरुका सुझाब संकलन गर्न हाम्रो सम्मेलन संजाल (www.anatexas.org )मार्फत ग्रहण गर्ने छौ lसम्मेलनमा एकीकरण वा पुनर्मिलन भेटघाट ,बिभिन्न प्रकारका मंचहरु ,नेपालको वर्तमान अवस्था,बाणिज्य सम्बन्धि गोष्ठी ,नेपालको बिकासको लागि लगानी तथा अन्य जल्दा बल्दा मुद्दाहरुलाई समेत समेटिने खालका कार्यक्रमहरु गरिने छन l

बिद्यालय तथा विश्वबिद्यालय अध्ययन समाप्त गर्नु भएका तमाम बिध्यार्थीहरुको हितको पक्षमा समेत उपयोगी मंच हुने कुरामा हामी विश्वस्त छौ lबालबालिकाहरुका लागि क्रमस :हाजिरी जवाफ प्रतियोगिता ,हिज्जे बी प्रतियोगिता ,बालबालिकाहरुको लागि सास्कृतिक प्रतिभा प्रतियोगिता र ११ प्रकारका खेलकूद गराईने तय गरिएको छ lक्रिकेट (डन्डी मुंग्रो),स्नूकर (मट्याण्ग्रो डन्डी) ,ब्याड मिन्टन (प्वाखे मुंग्रो ) आदि ईत्यादी खेल समाबेश गरिएको छ lखेलकूद ए एन ए को एक अहम हिस्सा भएको कारण यसलाई जीवन्तता दिनु ए एन ए एक उदेश्य रहेको छ lए एन ए डालस शान्ति म्याराथून दौडको घोषणाले नया आयाम थपिने कुरामा बिस्वस्त छ l युवावर्गहरुको माग र चाहना अनुरुप ए एन ए फेशन(भेषभूषा) प्रदर्शनलाई निरन्तरता दिईएको छ भने आफु भित्र लुकेको प्रतिभा प्रस्फुटन गर्ने सबै युवावर्गलाई एक साझा मंच हुने विश्वास लिईएको छ l

खेलकूदमा ,गत बर्ष बिजेता भएका सम्पूर्ण खेलका बिजयी समुहहरुलाई सम्मेलनमा सहभागी हुदा तिर्नु पर्ने दस्तुर यो बर्ष मिनाहा गरिएको छ lयो बर्ष फूटबल (भकुण्डो ) तथा बास्केट बल (टोकरी भकुण्डो )का बिजेताहरुलाई $ ३०००.००(तीन हजार डलर )प्रदान गरिने भएको छ lअन्य अरु खेलकूदको लागि पनी गहन बिचार विमर्श गरि रहेको जानकारी गराउदछौ lसम्मेलन संजाल(www.anatexas.org)मा हेर्न अनुरोध छ र हामी सूचना टास गर्ने छौ l

यसै बर्ष अर्थात् ३० औ ए एन ए डालस सम्मेलन देखि लागु हुने गरि तीन बर्ष सम्म लगातार बिजयी फूटबल (भकुण्डो )समुहलाई $ १०,७७७.०० (दस हजार सात सय सत्ततर डलर ) तथा बास्केट बल समुहलाई $५५५५.०० (पाँच हजार पाँच सय पचपन्न डलर ) तथा ए एन बडी अस्थिर पदक ( ए एन ए बडी रनिंग शिल्ड )प्रदान गरिने घोषणा गरिएको छ l

जुलाई २ तारिख सोमबार ,बिश्वबाट सहभागी हुन् आउने सम्पूर्ण उदद्मी तथ् ब्यापारीहरुको सम्मानमा एक बृहत ब्यापार अन्तरक्रिया कार्यक्रम गरिने तय भएको छ ,र उपस्थित सहभागीहरुको लागि यो एउटा सुवर्ण अवसर हुनेछ lयसै गरि ए एन ए प्रोमो भिडिओ ( श्रब्य दृश्य ) का सार्बजनिक गरि सकिएको छ र विश्वका कुनै पनी कुनामा रहेका नेपालीहरु सहभागी हुन् सक्नु भन्ने अभिप्रायले अधिकांश संचार माध्यममार्फत सूचना प्रकाशित गरि सकिएको छ र बिजेतालाई नेपाली रुपैया १,००,००१(रु .एक लाख एक रुपैया )को पुरस्कारको ब्यबस्था गरिएको छ l

ए एन ए को साहित्यको क्षेत्रमा यस बर्ष पनी अझ उत्तम साहित्यिक कार्यक्रम पस्किने र बिजयी साहित्यिक अनुरागीहरुलाई बिसेष पुरस्कार प्रदान गरिने भएको छ lअन्त्यमा यो सम्मेलन गर्न पाउदा हामीलाई खुशी लागेको छ र यहाँहरुको स्वागार्थ हामी कौतुलताको साथ टेक्सासमा प्रतिक्षा गरि रहेका छौ lयहाहरुका सुझाब ,सल्लाह ,प्रश्न र कुनै जिज्ञाशा भए हामीलाई जानकारी गराउन अनुरोध छ र यसको हामी स्वागत गर्दछौ l

सहयोगको लागि धन्यबाद ! उत्तर अमेरिकामा बसोबास गर्ने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरु यो पर्वलाई एक गौरब बनाऔ र यो उत्सब प्रति गर्ब गरौ l

शिघ्र भेटघाट हुने बचन बद्दताको साथ बिदा!

धन्यबाद !

पासांग लामा ,

प्रमुख संयोजक

३० औ ए एन ए डालस सम्मेलन

सम्पर्क :८७१-७१५-३४००

pasanglama@anatexas.org
www.anatexas.org
www.hiltonanatolehotel.com

‘एउटै सपना , एउटै समुदाय , एउटै समारोह’

Share

Leave A Response »