हिमाली स्वरहरु – १० वटा नेपाली संघ संस्था द्वारा संयुक्त रुपमा आयोजित रक्तदान तथा नि: शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम

१० वटा नेपाली संघ संस्था द्वारा संयुक्त रुपमा आयोजित रक्तदान तथा नि: शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम

admin May 15, 2012 0

मे १३, २०१२| अमेरिका न्यू योर्क स्थित चेन फेडेरेसनको हलमा १० वटा नेपाली संघ संस्था द्वारा संयुक्त रुपमा आयोजित रक्तदान तथा नि: शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो | मदर्स डे को अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा न्युयोर्कमा सक्रिय नेपाली सस्थाहरू सिन्धु- यु एस ए वेल्फेर सोसाइटी, थकाली सेवा समिति, एन आर एन -यु एस ए, मुस्ताङ किदुग, किरात राई सोसाइटी अफ अमेरिका, अन्तरराष्ट्रिय साहित्य समाज, ग्याल सुम्दो सेवा सस्था, एसोसिएसन अफ नेपाली तराई इन अमेरिका, एसोसिएसन अफ नेपलिज फिजीसिअन इन अमेरिका र अमेरिका नेपाल् फ्रेन्ड्शिप सोसाइटीको सहभागिता थियो | कार्यक्रममा ७५ जनाले रक्तदान गर्नु भयो भने ५५ जनाले नि: शुल्क स्वास्थ्य परिक्षण गराउनु भएएको थियो | कार्यक्रममा न्यू योर्क स्थित नेपाली स्थाई नियोगकका उप प्रमुख शिवा लम्साल अधिकारी र मिनिस्टर कौन्सिलर अमृत राईले रक्त दाताहरूलाई प्रमाण पात्र बितरण गर्दै नेपाली समुदायले गरेको गरेको एस मानबिय कार्यको प्रशंसा गर्नु भयो | उक्त कार्यक्रममा अमेरिकन रेड क्रसका लेखा प्रबन्धक थोमस केनले यति रगतबाट २२५ जनाको अमुल्य जीवन बचाउन सक्द छ भन्दै नेपाली समुदायले रक्दानको क्षेत्रमा देखायको यो सदभाव र सहयोग महत्वपुर्ण रहेको बताउनु भयो | उक्त रक्दान तथा नि: शुल्क स्वास्थ्य शिबिरमा डा. भुपेन्द्र वाग्ले, डा. रेखा हमाल, डा. उमेश् पौडेल, डा. बिनोद् शाहले नि: शुल्क योगदान पुर्‍याउनु भयो भने डा तारा निरौला, डा रेखा हमाल ,अर्जुन मैनाली, बंशलाल तामाङ्, परिता राजभण्डारी, सतेन्द्र शाहा, धाग्याल्पो पुनेल, पूनम काफ्ले, मणी वाङ्देल, छेपक दोरजी, ओमकार गौचन ले सक्रिय सहयोग पुर्‍याउनु भएको थियो | ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष तथा १०४ औं पटक रक्तदाता अर्जुन प्रसाद मैनालीले यसरि यति धेरै संघ संस्थाहरुले रक्तदान जस्तो मानबिय सेवामा एक जुट भएर लाग्नु भएकोमा सबै रक्तदाता तथा कार्यक्रम आयोजक संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै नेपालि अमेरिकी समुदायमा रक्तदान एक पर्व जसरि नै भै रहेकोमा खुशी ब्यक्त गर्नु भयो| परदेशमा नेपालि समुदायमा रक्तदान कार्यको अभियानका साथै नेपालको चितवन रेडक्रसलाई चितवनमा रक्तदान उत्प्रेरणा कार्य संचालन गर्न रु. ५०,००० र कालिकोट र सल्यानमा २ अलग अलग प्रसुती महिलाहरुलाई अत्यधिक रक्ताश्राब भै मरशान्न अबस्थामा पुगेको अबस्थामा स्वास्थ्य कर्मी स्वयंले नै रगत दान गरि बचाउनु हुने कटक बहादुर महत र डा जीवन अधिकारि लाइ वहाहरुको मानबिय सेवाको उच्चतम मुल्यांकन गर्दै रु. १०/१० हजार नगद पुरस्कार पनि प्रदान गरेको बताउनु भयो/
Photo:NepalPhotoNews/News Arjun Mainali

Share

Leave A Response »