Himali Sworharu -Online Radio, Podcasts, Video & Photographs – वाशिंगटन डिसीमा-किरण मान चित्रकारद्वारा एकल छायाचित्र(फोटो)प्रदर्शन सम्पन्न

वाशिंगटन डिसीमा-किरण मान चित्रकारद्वारा एकल छायाचित्र(फोटो)प्रदर्शन सम्पन्न

admin June 4, 2012 0

वाशिंगटन डिसीमा-किरण मान चित्रकारद्वारा एकल छायाचित्र(फोटो)प्रदर्शन सम्पन्न

यहि जुन ३ तारिख ,आइतबार ,आर्लिंगटन पुस्तकालय ,आर्लिंगटन ,सयुक्त राज्य अमेरिकामा किरण मान चित्रकार द्वारा आफु र वहाका पुर्खाहरुद्वारा खिचिएका तीनपुस्ते ऐतिहासिक छायाचित्रहरुको एकल प्रदर्शन गरियो l किरण मान चित्रकारद्वारा विश्वका अनेकौ राष्ट्र अमेरिका,बेलायत,फ्रान्स,स्विटजर्ल्याण्ड,जापान ,भारत ,जर्मनी ,रुस तथा अन्य देशमा प्रदर्शनी गरि सकिएको र पुन :अमेरिकाको वाशिंगटन डिसीमा एकल छायाचित्रको प्रदर्शन अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न गरियो lउक्त कार्यक्रममा यस समुदायका विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु , समाजसेवी ,र बिभिन्न वर्गका व्यक्ति तथा कुटनीतिज्ञहरुको पनि गरिमामय उपस्थिति रहेको थियो l

उक्त कार्यक्रममा औपचारिक कार्यक्रम पनि आयोजना गरिएको थियो भने मन्तब्य ब्यक्त गर्नु हुनेमा किरण चित्रकारको छोरी क्रिस्टिना चित्रकारले सबैलाई स्वागत गर्दै र सहयोग गर्नु भएकोमा धन्यबाद ब्यक्त गर्दै जिजु बुवा दिर्घमान चित्रकार तत्कालिन राणा प्रधान मन्त्रि चन्द्र समशेर (जंग बहादुर राणा )को साथ ईस्वी सन् १९०८ मा छायाचित्रकार (फोटो ग्राफर ) भै बेलायत भ्रमण गर्नु हुने नेपालका पहिलो (फोटो ग्राफर )हुनु हुन्थ्यो भन्दै वहाका हजुरबुवाको बारेमा केहि जानकारी दिनु भएको थियो lचित्रकारको बारेमा समेत प्रकाश भएको थियो l मन्तब्य ब्यक्त गर्दै किरण मान चित्रकारले बिसेष सहयोग गर्नु हुने महामहिम राजदूत डा शंकर प्रसाद शर्मा तथा नेपालका लागि पुर्व अमेरिकन राजदूत माइकल म्यालीनोस्की प्रति कृतज्ञता ज्ञापन गर्दै आफ्नो पिता गणेश मान चित्रकार इस्वी सन् १९५५ मा काठमाडौँ उपत्यकाको हवाई जहाजद्वारा छायाचित्र (एरिअल फोटो )लिने प्रथम छायाचित्रकार हुनु हुन्थ्यो भनि जानकारी गराउनु भयो र डिसी वासी प्रति खुशी व्यक्त गर्नु हुदै ए एन ए का महासचिब विजय थापाको सहयोगको सराहना तथा आफ्नी धर्मपत्नी प्रति पनि आभार व्यक्त गर्नु भयो l

कुटनीतिज्ञहरुको तर्फबाट नेपालका लागि पुर्व अमेरिकन राजदूत माइकल म्यालीनोस्कीले पनि एकल फोटो प्रदर्शनी बारेमा खुशी र चर्चा गर्दै किरण चित्रकारको प्रसंशा गर्नु भयो lप्रमुख अतिथि महामहिम राजदूत डा शंकर प्रसाद शर्माले मन्तब्य ब्यक्त गर्दै किरण चित्रकार एक सफल कलाकार हुन् र पुर्खाले गरेको कार्यलाई निरन्तरता दिएकोमा गर्व गर्दै वाशिंगटन डिसी क्षेत्रमा यस्तो कार्यक्रम गर्दा आफु हर्षित भएको र सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो l

उक्त कार्यक्रम नेपाली दूतावास वाशिंगटन डिसी तथा वाशिंगटन डिसी क्षेत्र वरिपरी बिभिन्न संघ तथा संस्थासंग आबद्द पदाधिकारी तथा समाजसेवी पर्ल रेग्मी ,युवा फोटोग्राफर विक्रान्त मान श्रेष्ठ तथा भरत बराईलीको सहयोगमा आयोजना गरिएको थियो lउक्त कार्यक्रमको कार्यक्रम संचालक ए एन ए का महासचिब विजय थापाले गर्नु भएको थियो lअबलोकन गर्न १ बजे देखि बेलुका ७:३० सम्म दर्शक तथा कलाप्रेमीहरुको लागि प्रदर्शन खुला गरिएको थियो lउक्त कार्यक्रममा वाशिंगटन डिसी क्षेत्रका संचारकर्मीहरु क्रमस :सगरमाथा टिभी(युएसए ) ,डिसीनेपाल डटकम,नेपाल होराइजन डटकम,नेपालीपोस्ट डटकम ,,ईनेपालिज़ डटकम ,रेडियो दोभान ,अमेरिका नेपाल टिभी ,नेपाल मेडिया क्याफे ,मेरोदेश टिभी,ग्लोब नेपाल डटकमको उपस्थित रहेको थियो lआयोजकको तर्फबाट सबैलाई धन्यबाद ज्ञापन गरिएको थियोl समाचारहरु प्रकाशित गर्नु हुने बोस्टन नेपाल डटकम ,टेक्सास नेपाल डटकम ,एल ए नेपाल डटकम ,हाम्रो समाज डटकम ,बीआर टि नेपाल डटकम ,साझा डटकम ,जनपुकार डटकम , मदरल्याण्ड नेपाल तथा विश्वपरिक्रमा डटकम प्रति आयोजक आभार ब्यक्त गर्दछ lनेपाल अमेरिका पत्रकार संघका निवर्तमान अधक्ष्य कृष्ण शर्मा ,कान्तिपुरका संजय न्यौपाने ,अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डिसी शाखाका अधक्ष्य प्रकाश नेपाल,अमेरिका नेपाल सोसाईटीका निवर्तमान अधक्ष्य खेम भट्टचन तथा न्यु योर्कबाट आउनु भएकी मृदुला कोइराला ,नेपाली दुतावासका नियोग प्रमुख अर्जुन कान्त मैनाली ,शिक्षण अस्पताल महाराजगन्जका वरिस्ठ शल्य चिकित्सक महेश खकुरेल ,नेपाल दूतावासका प्रथम सचिब आनन्द प्रसाद शर्माको पनि उपस्थिति रहेको थियो lनेपालका लागि पुर्व अमेरिकन राजदूत माइकल म्यालीनोस्की अन्त सम्म रहनु भै सहयोग गर्नु भएको थियो र वहाको सहयोग लागि आयोजकको तर्फबाट कृतज्ञता ज्ञापन गर्दछ l

धन्यबाद

विजय

News and Photo from Bijaya Thapa

Share

Leave A Response »