हिमाली स्वरहरु – अनेसास ,न्यु योर्क च्याप्टरले आयोजना गर्यो न्यु योर्कमा १९९औ भानु जयन्ती (AUDIO)

अनेसास ,न्यु योर्क च्याप्टरले आयोजना गर्यो न्यु योर्कमा १९९औ भानु जयन्ती (AUDIO)

admin July 8, 2012 0

अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) न्यु योर्क च्याप्टरले आईतबार न्यु योर्कको ज्याक्सन हाइट्समा रहेको हिमालयन याक रेस्टुरेन्टमा आदि कबि भानु भक्त आचार्यको १९९औ जन्म जयन्ती कार्यक्रमको आयोजना गर्यो|


संयुक्त रास्ट्र संघका लागी नेपाली प्रतिनिधि महामहिम श्री ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि ,साहित्य समालोचक अम्बर बिक्रम नेम्वांग अतिथि र अनेसास .न्यु योर्क च्याप्टर कि अध्यक्ष श्रीमती पुनम काफ्ले  कार्यक्रमको सभापतिको रूपमा हुनुहुन्थ्यो|


कार्यक्रममा एक दर्जन भन्दा बढी सर्जकहरुले आ आफ्नो रचनाहरु सुनाउनु भएको थियो|रचना सुनाउनेहरुमा गीता पन्थ,कमला प्रसाईं,डा.गोविन्द कोइराला,ज्योति पौडेल,बिनोद रोका,गीता खत्री,सीता खरेल,परिता राज भण्डारी,किरण काफ्ले,अनुरागी अरुण,मनु लोहरुंग राई,विकास बिस्ट,मणी बांग्देल,शान्ता घिमिरे ,पबन आलोक,धनीराम सापकोटा लगायतले आफ्नो साहित्यिक रचना र बिबेचनाहरु सुनाउनु भएको थियो|


मणी बांग्देलले कार्यक्रमको संचालन गर्नु भएको थियो|

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको प्रेस बिज्ञप्ती

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरले बर्सेनी आयोजना गर्दै आएको आदिकबी भानु भक्त आचार्यको जन्म जयन्ती यस बर्ष पनि सन २०१२, जुलाई ८ तारिक का दिन स्थानिय ज्याक्सन हाइट स्थित याक रेस्टुरेन्टमा भब्यताका साथ सफलता पुर्बक सम्पन्न भयो यस बर्ष को १९९ औ भानु जयन्ती समारोह अ.ने.सा.स न्यू योर्क च्याप्टरकी अध्यक्ष पुनम काफ्ले को सभापतित्त्व तथा स रा संघका लागि नेपालका स्थाइ  प्रतिनिधि महामहिम ज्ञानचन्द्र आचार्य ज्यु को प्रमुख आतिथ्यमा भएको थियो ।

राष्ट्रिय धून बजाइ शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि महामहिम बाट आदिकबीको तस्बीरमा माल्यार्पण तथा दीप प्रज्वलन गरिएको थियो, च्याप्टरका उपाध्यक्ष सिता खरेलले उपस्थित महानुभाबहरूलाई स्वागत गर्नु भएको थियो भने आदि कबीको बारेमा बरिस्ठ साहित्यकार अम्बर नेम्बाङले बोल्नुहुदै नेपाली भाषाको माध्यम बाट भानु भक्तले भाषिक एकताबद्ध गर्नु भएको चर्चा गर्दै नेपाल अधिराज्यमा रहेका हरेक जात जातिको भाषालाई पनि प्रोत्साहान राज्यले दिनु पर्ने कुरा औल्याउनु भयो । कबी बिनोद रोका र न्यू योर्क च्याप्टरका सल्लाहकार धनिराम सापकोटाले आदिकबीले नेपाली भाषा साहित्यमा पुराउनु भएको योगदानको चर्चा गर्नु भएको थियो, समारोहमा बिभिन्न कबी कबयत्री हरूले आआफ्ना गीत, कबिता र गजल प्रस्तुत गर्नु भएको थियो
प्रस्तुत गर्नु हुनेमा चुडा बसन्त लम्साल, कमला प्रसाइ, गीता पन्थ, गोविन्द कोइराला, सिता खरेल, गीता खत्री, ज्योति पौडेल, परिता राज भण्डारी, पवन आलोक, बिनोद रोका, शान्ता घिमिरे, मनु राइ, अरुण क्षेत्री, मणी बाङ्देल, बिकाश बिष्ट र किरण काफ्ले हुनुहुन्थ्यो ।

कार्यक्रममा अ.ने.सा.सका बर्तमान महासचिब गीता खत्री, अ.ने.सा.स न्यू योर्क च्याप्टरका पूर्व अध्यक्ष ज्योति पौडेल, बरिस्ठ साहित्यकार अम्बर लिम्बु ANFSका अध्यक्ष परिता राज भण्डारी, साहित्यकार पवन आलोक, स रा संघका लागि नेपालका सहायक स्थाइ प्रतिनिधि सेवा लम्साल अधिकारी, महामहिमकी धर्म पत्नी सुनिता आचार्य, जनसम्पर्क समिति न्यू योर्क च्याप्टरका सम्योजक कृष्ण पोख्रेल N and J का अध्यक्ष कमला प्रसाइ, NAJAका अध्यक्ष आङ छिरिङ शेर्पा, Blood Donor Associationका अर्जुन मैनाली लगायत न्यू योर्क च्याप्टरका पदाधिकारी, सल्लाहकार, पत्रकार, बुद्धीजीबि, बिभिन्न संस्थाको प्रतिनिधि तथा साहित्य प्रेमी जनसमुदायको उल्लेख्य उपस्थिती थियो ।

प्रमुख अतिथि ज्युले आदकबीको बारेमा मन्तब्य दिदै भाषिक एकताका प्रतिक भानु भक्तलाई प्रबासमा बसेर पनी सम्झना गरी जयन्ती मनाउने गरेकोमा सराहाना गर्नु भयो उहाँले भाषा संस्क्रिती नै देशको पहिचान भएकोले यसको संरक्षण गर्नु पर्ने कुरामा जोडदिनु भयो, अन्तमा अध्यक्ष पुनम काफ्ले ज्यु ले उपस्थित महानुभाब हरूलाई धन्यबाद दिदै सभा बिसर्जन गर्नु भएको थियो उक्त समारोह महासचिब बिकाश बिष्ट र सदस्य एबम कबी मणी बाङ्देलले सन्चालन गर्नु भएको थियो ।

Best Regards,
Bikash Bista
General Secretary, INLS New York
www.inlsny.org


Share

Leave A Response »