हिमाली स्वरहरु – पहिलो डायस्पोरा साहित्य गोष्ठी सम्पन्न

पहिलो डायस्पोरा साहित्य गोष्ठी सम्पन्न

admin July 3, 2012 0

पहिलो डायस्पोरा साहित्य गोष्ठी सम्पन्न
डालस, टेक्सस्मा सम्पन्न ए.एन.ए. को ३० औं सम्मेलनका अवसरमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा पहिलो पकट आयोजित “नेपालबाहिरको नेपाली साहित्य प्रवासी कि आप्रवासी” विषयक गोष्ठीको आयोजना प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता र अमेरिकाका लागि नेपाली नियोग प्रमुख श्री विश्वकान्त मैनालीको प्रमुख आतिथ्यमा सुसम्मपन्न भयो । कार्यक्रममा ए.एन.ए का अध्यक्ष श्री छेवाङ शेर्पालामा र नेपालको हिमाली कलाको अध्येता तथा भर्जिनिया कमनवेल्थ विश्वविद्यालय, मिचिगन र ओहायो राज्य विश्वविद्यालयका सहप्राध्यापक डा. डिना बाङ्देलको पनि उपस्थिति रहेका थियो । कार्यक्रममा डा. गोबिन्दराज भट्टराईले तयार गर्नु भएको कार्यपत्र “विश्व वाङ्मयमा स्थापित ‘डायास्पोरा’ पदलाई नै नेपालीमा अझै सुदृढ पारौँ” , डा. खगेन्द्रप्रसाद लुईटेलले तयार पार्नु भएको कार्यपत्र “आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यावहारिक पक्ष” र अमेरिकाका साहित्यकार तथा अ.ने.सा.स. का संस्थापक अध्यक्ष होमनाथ सुवेदीको कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रस्तुत कार्यपत्रहरुलाई क्रमशः लाई श्री गोबिन्दगिरी प्रेरणा, श्री राधाकृष्ण काप्mले र श्री हस्त गौतम मृदुलले वाचन गरेर सुनाउनु भएको थियो । डा. भट्टराईले आप्mनो कार्यपत्रमा विगत डेड दशकदेखि नेपाली साहित्यलाई डायस्पोरा साहित्यको नामबाट चिनिदै आएकोमा यसलाई यही नामबाट निरन्तरता दिनु पर्ने भन्दै आप्mनो कृति “मुगलान” लाई पहिलो डायस्पोरिक नेपाली साहित्यिक कृति र आफुलाई नेपाली डायस्पोराका प्रथम प्रयोक्ताका रुपमा चर्चा गर्नु भएका छन् । डा. भट्टराईले पहिलो पटक नेपालीमा डायस्पोरा शब्दको प्रयोग बेलायतका माईकल हटबाट भएको त्यसमा उनले “मुगलान” लाई डायस्पोरिक कृतिका रुपमा लिएको बारे उल्लेख गरेका छन् । अर्का विद्वान डा. खगेन्द्रप्रसाद लुईटेलले नेपाली साहित्यमा डायस्पोराका बारेमा आफुले पहिलो पटक अ.ने.सा.स. को कार्यक्रमका लागि डायस्पोरा साहित्यका बारेमा कार्यपत्र प्रस्तुत गरेको बताउदै उनले डायस्पोरा शब्दको थालनीको इतिहास पाँचौं शताब्दीदेखि शुरु भएको देखाउदै डायस्पोरा शब्दको नेपालीकरण गर्दा राम्रो हुने तर्क राख्दै डयस्पोराको नेपाली शब्द आप्रवासी नेपाली साहित्य वा गैरआवासीय नेपाली साहित्यका रुपमा लिन सकिने बताउँदै नेपाली भाषामा आगन्तुक शब्दहरुले पनि ससम्मान स्थान पाउदै आएकोले डायस्पोरा शब्दलाई निरन्तरता दिन सकिने तर यसलाई हचुवाको भरमा नभएर नेपालबाहिरका नेपाली सहित्यकारहरुबीच विशेष छलफल भएपछि मात्र गर्दा राम्रो हुनेबारे चर्चा गरेका छन् । होमनाथ सुवेदीले आप्mनो कार्यपत्रमा डायस्पोरा साहित्यकाबारेमा चर्चा गर्दै नेपालबाहिरको नेपाली साहित्य डायस्पोरा साहित्य भई सकेकोले डायस्पोरा शब्दमाथि नै जोड दिएका छन् । उनले दक्षिण एशियाका नेपाली वासीहरु प्रवासी नेपाली र त्यसबाहेकका मुलुकमा बस्ने नेपालीहरु आप्रवासी हुने गरेको तर साहित्यमा डायस्पोरा शब्दको निरन्तरता माथि जोड दिएका छन् । कार्यक्रममा अर्का कार्यपत्र प्रस्तोता डा. डीना बाङ्देलले प्रवासी हुनुको पीडाहरु आप्mना पिता नेपालका प्रसिद्ध साहित्यकार लैनसिंह बाङ्देलका विचारहरुको चर्चा गर्दै नेपाली साहित्यलाई समय र स्थानअनुसार विभाजित गर्न नहुने विचारहरु राख्दै नेपाली साहित्य डायस्पोरा साहित्य नभएर विशुद्ध नेपाली साहित्य मात्र हो भन्नु भयो ।
कार्यपत्रको प्रस्तुतिपछि आप्mनो विचार राख्दैै ए.एन.ए का अध्यक्ष छेवाङ शेर्पालामाले यदि नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरा साहित्य भनिनु थालियो भने नेपालबाहिरको खानालाई डायस्पोरा खाना, डायस्पोरा धर्म अझ नेपालबाहिर विहे गरिएको स्त्रीलाई डायस्पोरा स्वास्नी भनिने चलन शुरु हुन सक्ने व्यंग्यात्मक प्रतिक्रिया राख्दै साहित्य, धर्म, संस्कृतिको कुनै सीमा नहुने भएकोले नेपालीहरु जहाँ पुगे पनि त्यहाँ लेखिएका साहित्य पनि नेपालीनै हुन्छ त्यसमा कुनै उपसर्ग लगाउन नहुने विचार राख्नु भयो । अध्यक्ष छेवाङले ए.एन.ए. ले अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकामा चाडै गरिने विचार ए.एन.ए. ले राखेको बारे पनि जानकारी गराउनु भएको थियो । साहित्यकार गोबिन्द गिरी प्रेरणाले हामीलाई जसरी आप्रवासी लेखक (इमिग्रान्ट राईटर) भनिन्छ त्यो हिसाबले आप्रवासी शब्द बढी नजिक रहे तापनि नेपालबाहिर वा भित्र जहाँ लेखिए पनि त्यसलाई नेपाली जगतको साहित्य भन्दा बढी उपर्युक्त हुने विचार राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली नियोगका प्रमुख मैनालीले नामको पछाडि नलागेर कामको पछाडि लाग्दा विकास हुने बताउदै आज नेपाली साहित्यको बजारले विश्वभरी नै स्थान पाउदै गएकोले हामी यसको सामुहिक विकासका लागि एक जुट भएर लाग्नु पर्ने भन्दै पहिला सूचना प्रविधिको कमीले गर्दा नेपाली साहित्य नेपाल, दार्जिलि¨, आसाममा आप्mनै प्रकारका साहित्य सिर्जना हुने गथ्र्यो भने अब ग्लोबलाइजेसनले साहित्य सिर्जनामा पनि एकरुपता ल्याउन थालेको छ । त्यसैले विश्वको जुन स्थानबाट नेपाली साहित्य लेखिए पनि त्यो नेपाली साहित्यमात्र हुनु पर्ने भन्नु भयो । साहित्यकार सीता पाण्डेद्वारा संचालित कार्यक्रमको प्रारम्भमा स्वागत मनतब्य दिदै कार्यक्रम संयोजक डा. गोबिन्दसिंह रावतले अहिले नेपालबाहिरको नेपाली साहित्यलाई डायस्पोरा शब्दले बढी सम्बोधन गरिन थालिएको र नेपालका साहित्यकारका रचना⁄कृतिहरुलाई पनि डायस्पोरा साहित्यबाट सम्बोधन गरिन थालिएकोले यस विषयमा विशेष अध्ययन अनुसन्धानको महशुस गरेर नेपालबाहिरको नेपाली साहित्यलाई प्रवासी वा आप्रवासी अथवा कुन नामबाट सम्बोधन गर्नु पर्ने र डायस्पोरा साहित्य भनिए पनि यसको सीमा रेखा पनि कोरिनु पर्ने भन्दै डायस्पोराको विकल्प नभएर सही तरिकाबाट यसको उच्चारण र अध्ययन अनुसन्धान गरिनु पर्ने बताउँदै यस विषयमा प्रतिष्ठानको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो भने गोष्ठीको सभापति तथा प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठले यसबारे अझ गहन छलफल हुनु पर्ने र उत्तर अमेरिकाबाहेक अन्य मुलुकमा रहेका साहित्यिक संघसंस्थनासँग पनि यसबारे छलफल गर्न प्रतिष्ठानले ए.एन.ए. को आयोजनामा आउदो वर्ष तीन दिने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन गर्ने जानकारी गराउँदै यसका लागि प्रतिष्ठानका कार्यकारिणी सदस्य सुन्दर श्रेष्ठले चाडै कार्य शुरु गर्ने बारे जानकारी गराउनु भयो ।
Via Govinda Singh Rawat,Phd
KhabarSampresan.com


Share

Leave A Response »