हिमाली स्वरहरु – न्यु योर्कमा रहेका नेपाली द्वारा राहत सङकलन

न्यु योर्कमा रहेका नेपाली द्वारा राहत सङकलन

admin July 15, 2012 0

न्यु योर्कमा रहेका नेपाली द्वारा राहत सङकलन
बिष्णुप्रसाद पौडेल
न्युयोर्क जुलाई १५,
कास्की जिल्लाको खाडापानीमा गत पाँच मे मा गएको बाढि पहिरोले बिस्तापित भएका परिवारलाई सहयोग पुर्याउन अमेरिकामा रहेका नेपालीहरुले केही राहत सङकलन गरेका छन् ।
पोखरा हिमपहिरो बाढी पिडित सहयोग समिति नाम गरी पोखरा घर भई न्युयोर्क बसोवास गर्दै आएका चन्द्रमान गुरुङ, धन बहादुर गुरुङ , टिकाराज गुरुङ , दिपेश गुरुङ तथा गोर्खा घर भई न्युयोर्कमा नै बसोवास गर्ने शान्ता गुरुङको पहलमा ३,१४० डलर अर्थात नेपाली २,७६,६३४ सङकलन गरी पोखरामा रहेकी सरिता गुरुङ मार्फत पिडितलाई हस्तान्तरण गर्ने योजना बनाएको न्युयोर्कमा आयोजित भेलामा बताएका छन ।
बिशेषगरी न्युयोर्क,न्युजर्सी, र पेन्शिलभेनियामा बस्ने नेपालीहरुको सो प्राकृतिक दैबी प्रकोप प्रति सहानुभूति देखाएर सहयोग गरेका टिकाराज गुरुङ बताँउछन् ।
अहिले कास्कीमा भयो तर नेपालको पुर्ब पश्चिम कुनै पनि ठाँउमा यस्ता घटनाहरु घटेमा हामी सधै यस्तो कार्यलाई निरन्तरता दिने चन्द्रमान बहादुर गुरुङ बताँउछन् । करिब ८४ जनाले सहयोग पु–याएको यस रकमलाई सहि ठाँउमा पुग्यो पुगेन त्यसको पनि मुल्याङकन गर्ने धनबहादुर गुरुङ बताउछन् । सानै देखी सहयोगी भाबना रहेको पारिबारिक सदस्यहरु पनि त्यही भाबनाबाट प्ररित भएर नै यस्तो कार्यमा आफुले सहयोग गरेको शान्ता गुरुङ तथा दिपेश गुरुङ बताँछन् ।
यो हाम्रो शुरुवात मात्र हो यस्ता कार्यलाई निरन्तरता दिदै जाने उनिहरु बताँउछन् । सहयोगी भावना भए कुनै पनि संस्थाको जरुरत पर्देन भन्ने कुरा यी पाँच जना गुरुङ दाजुभाईले देखाएका छन् । आफनो प्रयासलाई प्रत्यक्ष या अप्रत्य रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् त्यसैगरी न्युयोर्कको ज्याकसनहाइटमा मा गोर्खा जिआरएस पसल सञ्चालन गर्दै आएका रबि गौतमले गरेको सहयोग पनि यसको मुर्तरुप पाएको उनिहरु बताँउछन् ।


Share

Leave A Response »