हिमाली स्वरहरु – स्वामी श्री हरिदासजीद्वारा हुन गइरहेको प्रवचन एवं प्रेरणादायी भजन कीर्तन श्रवण गर्नका लागि सम्पूर्ण भक्तजनहरुमा सादर निमन्त्रणा

स्वामी श्री हरिदासजीद्वारा हुन गइरहेको प्रवचन एवं प्रेरणादायी भजन कीर्तन श्रवण गर्नका लागि सम्पूर्ण भक्तजनहरुमा सादर निमन्त्रणा

admin July 17, 2012 0

श्री
स्वामी श्री हरिदासजीद्वारा हुन गइरहेको
प्रवचन एवं प्रेरणादायी भजन कीर्तन श्रवण
गर्नका लागि सम्पूर्ण भक्तजनहरुमा सादर निमन्त्रणा !!!
स्वामी श्री हरिदासज्यू नेपालका एक महान धार्मिक ब्यक्तित्व हुनुहुन्छ । वर्तमान भौतिक संसारमा विद्यमान मतभेदहरुका बारेमा स्वामीजी एकदमै स्पष्ट धारणा राख्नुहुन्छ । वहाँका धार्मिक शिक्षादीक्षा जगद्गुरु श्री कृपालु महाराजद्वारा भएको हो ।सोही अनुरुप नेपालका कुना कुना एवं भारतका विभिन्न क्षेत्रमा नियमित रुपमा वेद, उपनिषद्, भागवत पुराण, भागवद्गीता, रामायण इत्यादि धार्मिक ग्रन्थहरुमा आधारित धार्मिक ज्ञानको प्रचारमा स्वामीजी विगत केहि समयदेखि पूर्णरुपले समर्पित हुनुहुन्छ ।
स्वामी श्री हरिदासजीले आफ्ना प्रवचनद्वारा बिभिन्न धर्मप्रति समाजमा निहित भेद, मतभेद इत्यादिको समायोजन गरी एंव सरलीकरण गरी कसरी सर्व साधारणले धार्मिक उपलब्धिहरु हासिल गर्न सक्छन् र धार्मिक नीति अनुरुपको जीवनयापन गर्न सक्छन् भन्ने बिषयमा प्रकाश पार्नुहुनेछ । आजै सबै प्राणी सुःख नै चाहान्छन् तर त्यो सुःख के हो र त्यो सुःख कसरी प्राप्त हुन सक्छ भन्ने जस्ता तमाम बिषयहरु उपर वेदमा आधारित भई गरिने प्रवचनलाई श्रवण गर्न सरिक भई धार्मिक लाभ उठाउनका लागि विनम्रतापूर्वक सादर अनुरोध छ ।
मितिः जुलाई २८ शनिबार, जुलाई २९ आईतबार, २०१२
समयः दिउँसो ३ बजेदेखि ६ बजेसम्म
स्थान ः श्री सत्यनारायण मन्दिर
75-15 Woodside Ave
Jackson Heights,NY 11373
718 899 8863

थप जानकारीका लागिः
शारदा पाण्डेः९१७ ९०२ ८९७१ गिरीजा गौतम ६१५ ४२९ ४११३
प्रभात राजभण्डारी ९१७ ६१७ ७६५७ बद्री पौडेल ६४६ ७३२ ००५२
रबि गौतम ६४६ २३६ ००८७


Share

Leave A Response »