हिमाली स्वरहरु – न्यु योर्कमा उद्योगपति कबि एबं गीतकार बसन्त चौधरीको साहित्यिक प्रस्तुति

न्यु योर्कमा उद्योगपति कबि एबं गीतकार बसन्त चौधरीको साहित्यिक प्रस्तुति

admin August 12, 2012 0

न्यु योर्कमा अगस्ट १२,आईतबार आयोजित दुई छुट्टा छुट्टै साहित्यिक कार्यक्रममा उद्योगपति ,कबि एबं गीतकार बसन्त चौधरीका दुई कृतिहरु “मेघा-ई बुक” (नेपाली र हिन्दी कविता संग्रह) र “मेरा डायरीको पानाहरु”-कविता संग्रह लोकार्पण गरियो|अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कमिटिले मार्कोपोलो पानी जहाज अन्तर्गतको जेवल्स पानी जहाज भित्र आयोजना गरेको “मेघाको लोकार्पण तथा सम्मान समारोह”मा करिब १०० जना आमन्त्रित साहित्य सर्जक एब अनुरागीहरुको माझमा संयुक्त राष्ट्र संघका लागी नेपाली स्थायी प्रतिनिधि महामहिम श्री ज्ञानचन्द्र आचार्यले बिमोचन गर्नु भएको थियो| जहाज भित्र बसेर ईस्ट रिभर र स्ट्याचु अफ लिबर्टी घुम्दै ,म्यानहटन शहर अबलोकन गर्दै संम्पन भएको कार्यक्रम एकदमै नौलो र रोमान्चक थियो|कार्यक्रममा सहभागी हुन भर्जिनिया बाट अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी,अनेसास ट्रस्टी सीता पाण्डे.अनेसास डिसी च्याप्टर अध्यक्ष प्रकाश नेपाल ,कबि हेमन्त श्रेष्ठ ,नारायण अधिकारी लगायत आउनु भएको थियो|उपस्थित सम्पूर्ण सहभागीहरुलाई कबि चौधरीको “मेघा ई-बुक ” उपहार स्वरूप प्रदान गरिएको थियो| कार्यक्रम अन्तरास्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष गीता खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो|

त्यसपछि साहित्य कार्यक्रमकै सिलसिलमा न्यु योर्कमा बिगत तिन बर्ष देखि हरेक महिना आयोजना हुने “सृजनाका यात्राहरु”मा गीतकार बसन्त चौधरीको एकल रचना बाचन र उहाको कविता कृति “मेरो डायरीका पानाहरु” बिमोचन गरियो| ज्याक्सन हाइट्समा अबस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित कार्यक्रममा साहित्यकार चुडा बसन्त लम्सालले गीतकार चौधरीको कृति बिमोचन गर्नु भएको थियो|कृति बिमोचन पश्चात कबि चौधरीले करिब एक घण्टा आफ्ना बिबिध रचनाहरु पाठ गर्नु भयो|उहालाई रचना वाचनमा गीता पन्थ र सहदेब पौडेलले सघाएका थिए|कबि चौधरीको एकल कविता बाचन पछी अन्य दश सर्जकहरुले आआफ्नो गीत,गज़ल,कथा एब कविताहरु प्रस्तुत गर्नु भएको थियो|रचना बाचन गर्नु हुने हरुमा गोबिन्द कोईराला,गगन बिरही,हरि बहादुर थापा,माधब पराजुली,चन्द्र खतिवडा ,नर्बदा छेत्री,बुद्द चेम्जोंग,सीता पाण्डे ,संयम सेरतेक,र चुडा बसन्त लम्साल हुनुहुन्थ्यो|बाचित सम्पूर्ण रचनाहरु माथि साहित्यकार चुडा बसन्त लम्सालले संछिप्त टिप्पणी गर्नु भएको थियो|कार्यक्रमको संयोजन गीता पन्थ,मणी बांग्देल र विकास बिस्टले गर्नु भएको थियो भने कार्यक्रम सहदेव पौडेल र सीता खरेलले संचालन गर्नु भएको थियो|र अन्त्यमा उपस्थित सम्पूर्ण सर्जकहरुलाई कबि बसन्त चौधरीको कृति “मेरो डायरीका पानाहरु “उपहार स्वरूप प्रदान गरिएको थियो|

Photos from Srijanaka Yatraharu

chhoriIMG_2121IMG_2251IMG_2249IMG_2247IMG_2228
IMG_2234IMG_2227IMG_2212IMG_2209IMG_2202IMG_2199
IMG_2195IMG_2186IMG_2179IMG_2176IMG_2173IMG_2166
IMG_2164IMG_2160IMG_2157IMG_2147IMG_2142IMG_2138

SrijanaKa Yatraharu With Basanta Chaudhary, a set on Flickr.

IMG_2095IMG_1960IMG_2036IMG_2073IMG_2030IMG_2029
IMG_2022IMG_2006IMG_2086IMG_2009IMG_2014IMG_2105
IMG_2017IMG_2101IMG_2012IMG_2011IMG_2018IMG_2033
IMG_2035IMG_2002IMG_2100IMG_2098IMG_2097IMG_2096

Basanta Chaudhary in New York, a set on Flickr.


Share

Leave A Response »