हिमाली स्वरहरु – नेपाली पत्रकार अक्षय कोषको लागी नेजा नाइट

नेपाली पत्रकार अक्षय कोषको लागी नेजा नाइट

admin August 8, 2012 0

नेपाली पत्रकारको लागी नेजा नाइट
नेपाल अमेरिका पत्रकार संघ ( नेजा ) ले न्युयोर्कमा सास्कृतिक कार्यक्रम मार्फत “नेजा नेपाली पत्रकार अक्षय कोष ” स्थापना गर्ने लागेका छ ।आगामी सेप्टेम्बरको ८ तारिख ऐष्टोरियास्थित चेन फेडरेसन हलमा ख्याती प्राप्त कलाकारहरुको सहयोगमा “न्युयोर्क नेजा नाइट ” कार्यक्रम हुने सबैलाई जानकारी गराउन चाहन्छौ । न्युयोर्क र आसपासका राज्यमा बसोबास गदै आउनु भएका आदारणिय दाजुभाई तथा दिदीवहिनीहरु र सबै पत्रकार मित्रहरुलाई कार्यक्रममा उपस्थित भई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ ।
आङछिरिङ शेर्पा
अध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ ( नेजा )

Press Release from NEAJA

हार्दिक श्रद्धाञ्जली

बरिष्ठ पत्रकार चन्द्रलाल झाको निधनको १३ औं दिनको पुण्य तिथीको घडीमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) पत्रकार झाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । पत्रकार झाको १३ दिन अगाडि काठमाडौंस्थीत निवासमा भएको निधनले अमेरिका र क्यानडामा बस्ने सम्पूर्ण नेपाली पत्रकारहरुलाई स्तब्ध र शोकग्रस्त बनाएको छ । प्रेस स्वतन्त्रताका सेनानी झाको निधन भएको यो १३ औं दिनको पुण्य तिथीमा हामी स्वर्गीय झाका परिवार र आफन्तजनहरुप्रति पनि हार्दिक समवेदना व्यक्त गर्दछौं । बरिष्ठ पत्रकार झाले पञ्चायतकालमा प्रजातन्त्रको पक्षमा लेखेवापत र पत्रिका प्रकाशन गरेवापत झण्डै ७ वर्ष जेलमा विताउनुपरेको थियो ।
अर्का संचारकर्मी प्रवीण गिरीको निधनको आगामी शुक्रवार १३ औं पुण्यतिथी परेकाले यस घडीमा पत्रकार गिरीप्रति पनि अमेरिकामा र क्यानडामा रहेका सबै नेपाली पत्रकारहरुको साझा संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । रेडियो नेपाल र नेपाल टेलिभिजनमा समाचार वाचकका रुपमा अलग्गै पहिचान बनाएका गिरीको निधनबाट संचारक्षेत्रमा अपुरणीय क्षती पुगेको छ । शोकको यस घडीमा हामी उहाका परिवारजनप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
आङछिरिङ शेर्पा, अध्यक्ष
किशोर पन्थी, महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
मिति : ८ अगस्त २०१२

Share

Leave A Response »