हिमाली स्वरहरु – नेपालमा हालै भएको सीता एयरको बिमान दुर्घटनाको समाचार न्यु योर्कको स्थानीय पत्रिकामा पढ्दै ट्रेनका यात्रुहरु

नेपालमा हालै भएको सीता एयरको बिमान दुर्घटनाको समाचार न्यु योर्कको स्थानीय पत्रिकामा पढ्दै ट्रेनका यात्रुहरु

admin September 29, 2012 0

मोहराज शर्माबाट प्राप्त
दुर्घटनाको कारण
शुक्रबार बिहानै एउटा दुखद र त्रासदीपुर्ण बिमान दुर्घटनाको खवर सन्चारमाध्यमले प्रसारण गरे जुन खवर दिनभरी नै चर्चा र चासोको बिषय बन्यो । बिहान करिव सवा छ बजे लुक्ला गन्तब्यका लागी उडेको सिता एयरको डोर्नियर बिमान एकैछिनमै बिमानस्थल नजीकै रनवे वाट करिव पाँच सय मिटरको दुरीमा रहेको लोकन्थली मनोहरा खोला किनारामा भयानक दुर्घटना भयो । यात्रु र चालकदलका गरि १९ जनाले गन्तब्य भेटन पाएनन र उनीहरुको बिचैमा अवसान भयो । हेर्दाहेर्दै आकाशमा उडिरहेको बिमान आकाशमै अनियन्त्रित भइ खुला जमिनमा जोतिएको दृष्य प्रतक्ष्य देख्नेहरुलाइ अनौठो र डरलाग्दो भयो । कहिले मौसमका कारण त कहिले अग्ला पहाडमा ठोकिएर भएका बिमान दुर्घटनाको बारेमा सुन्नहरुका लागी बिमानस्थल नजिकै भएको यो दुर्घटना सपना जस्तै लाग्थ्यो । जमिनमा धसिएको आवाजले वरिपरीका स्थानिय, सुरक्षाकर्मि र अग्निी नियन्त्रकहरुको उपस्थितीले दुर्घटनास्थलमा निकै ठुलो भिड जम्मा भयो । केहि छिन अघि विमान बाट बाँच्ने आशामा गुहार मागेका यात्रूहरु एकैछिनमा हुर्केको बिमानको आगोको लप्काको शिकार भए र तिनै क्षतबिक्षत शवहरु ब्यवस्थापन गर्न लागीयो । यो दुखद दृस्यका साक्षि बनेका हरुमा खुला मौसम र सजिलो जस्तो लाग्ने ठाउमा के कारणले यति ठुलो दुर्घटना भयो भन्ने प्रश्न जन्मिनु स्वभाविकै थियो । नेपालमा हवाइ दुर्घटना हुनेबित्तिकै यहाँको आकाश नै अत्यन्तै असुरक्षित भनेर खुव चर्चा हुने गर्छ । यो कारण यहाँ पनि जोडियो तर घटनाको केहि समय पछि नागरिक उडड्यन कार्यालयले उडिरहेको चरा सँग ठोकिएर दुर्घटना भएको जनाएको छ ।
कारण:

दुर्घटनाका धेरै कारण मध्ये चरा पनि एउटा कारण हुन सक्छ तर प्रमुख कारण चरा नै हो भन्ने बिषयमा फेरी बहस पैदा भएको छ । हुनत यो प्रारम्भिक अनुमान हो , दुर्घटनाको बिस्तृत बिवरण र प्रतिवेदन त अनुसन्धान पछि सार्बजनिक होला । बिमानस्थल बरिपरी फोहर अथवा चराहरुलाइ आर्कर्षित गर्ने चिजका कारण पनि नेपालको हवाइदुर्घटनामा चरा कारण बन्ने गरेको छ तर नेपालमा हुने विमान दुर्घटनाका कारणहरु अन्य धेरै हुन सक्छन । बारम्वार भइरहने हवाइ दुर्घटनामा भौगोलीक अवस्था, मौसमी अवस्था र प्राबिधीक कारण मात्रै भन्दा पनि असी प्रतिशत भन्दा बढी दुर्घटन मानविय त्रुटिबाट हुन्छ भन्ने तथ्य बाहिर आइरहका छन । बिमानको प्रबिधिक अवस्था सँगै चालकको मनोबैज्ञानीक पक्ष पनी अवस्य कारण सँग जोडिएको हुन सक्छ । दुर्घटना भबितब्य हो यसलाइ पूर्णरुपमा नियन्त्रण गर्न नसकेपनि नियन्त्रण गर्न भने अवस्य सकिन्छ । हवाइ दुर्घटना हुने बित्तिकै नेपाली आकाश नै जोखिम र असुरक्षित भनेर अर्नगल प्रचार गर्नुले समग्र नेपालको पर्यटन र अर्थतन्त्रमा नकारात्मक असर पर्छ । मानबिय कमजोरीका कारण हुने घटना नियन्त्रण गर्न सक्ने हो भने बिदेशीहरुलाइ तर्साउने गरि आकास असुरक्षित भनेर दोष अन्त पन्छाउन पर्ने अवस्था हुनेथिएन ।


Share

Leave A Response »