हिमाली स्वरहरु – अमेरिका नेपाल टेलिभिजनको औपचारिक उदघाटन

अमेरिका नेपाल टेलिभिजनको औपचारिक उदघाटन

admin October 8, 2012 0

अमेरिका नेपाल टेलिभिजनको औपचारिक उदघाटन

भर्जिनिया,अमेरिका,अक्टुबर ७ ्र गत मार्चदेखि परीक्षण प्रसारण आरम्भ गरेको नयाँ प्रविधिमा संचालित अमेरिका नेपाल टेलिभिजन अब औपचारिक रुपमा संचालनमा आउने भएको छ ्र सात महिना लामो प्रसारण अनुभवपछि शनिवार एक औपचारिक उदघाटन गरी टेलिभिजनले आफ्ना लक्षित नेपाली समुदायका माझ आफ्नो उपस्थिति जनाएको छ ्र
यो टेलिभिजन सम्बन्धी जानकारी दिने र आफ्नो प्रसारण नियमित भईरहेको अवगत गराउने कार्यमा जुटिरहेको टेलिभिजन संचालक समूहले शनिवार अमेरिकाका लागि नेपालका राजदूत डाक्टर शंकर शर्मालाई प्रमुख अतिथि बनाएर आफ्नो औपचारिक उदघाटन सम्पन्न गरेको छ ्र उदघाटनपछि स्थानीय कलाकारहरुको सहभागितामा विभिन्न गीत संगीतसहितको सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो ्र
टेलिभिजन उदघाटनका अवसरमा शुभकामना दिदैं राजदूत शर्माले अनुभवी समूह रहेको यो टेलिभिजन कार्यक्रमले निरन्तरता पाउने र स्तरीय कार्यक्रम प्रसारण गर्ने आफुले अपेक्षा गरेको बताउनु भयो ्र
उदघाटन कार्यक्रममा अमेरिका नेपाल टेलिभिजनका तर्फबाट आगन्तुकहरुको स्वागत गर्दै टेलिभिजन संचालक समितिका अध्यक्ष हेमन्त श्रेष्ठले नेपाली समुदायलाई लक्षित गरी शुरु गरिएको टेलिभिजनलाई अमेरिकामा रहेका नेपाली समुदायको सहयोग र समर्थन प्राप्त हुने अपेक्षा गरेको बताउनु भयो ्र सो अवसरमा श्रेष्ठले टेलिभिजन संचालन समुहमा रहेका स्थानीय तथा अमेरिकाका विभिन्न राज्यमा रहेका प्रतिनिधिहरुको परिचय गराउनुभएको थियो ।
टेलिभिजनकी प्रमुख कार्यकारी रमा सिंहले आफ्नो जीवनको अधिकांश समय टेलिभिजनमै बिताएको स्मरण गर्दै यो टेलिभिजनलाई सबैको सहयोग प्राप्त हुने आशा गरेको धारणा व्यक्त गर्नुभएको थियो ्र
कार्यक्रममा क्यानाडाबाट आएका रंगकर्मी गोविन्दसिंह रावतको प्रहसन,कलाकारहरु लक्ष्मी श्रेष्ठ,कृष्णमुरारी ढुंगेल,आनन्दु लामा र नवराज श्रेष्ठको लौ जा नामक समसामयिक राजनीतिप्रति व्यंग्य गरिएको प्रहसन सहभागी दर्शकहरुले निकै मन पराएका थिए ्र सांगीतिक कार्यक्रममा शिवहरी पौडेल अभिनित टेलिसिरियल कुलबहादुर काका,अढाई वर्षका बालक आर्यन बाँस्कोटाको मादल बजाएको प्रस्तुतीसहित मरिना लेप्राड, साजन लामा,करुणा मोक्तान, इन्दु पोख्रेल र शुभु सिंहले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ्र
अमेरिका नेपाल टेलिभिजन विल्कुलै नयाँ प्रविधिमा आधारित नेपाली टेलिभिजन हो ्र नेपाली शैली,नेपाली पन,नेपाली संस्कृति,नेपाली मन भन्ने मूल मन्त्र बनाएको यो टिभी हेर्न चाहने अमेरिका र क्यानडाका नेपालीभाषी दर्शकहरुले सर्वप्रथम यसको सदस्यता लिनुपर्ने हुन्छ ्र यसको http://www.antvusa.com/ र नामको आफ्नै वेभ साईट पनि छ ्र त्यहाँ गएर तपाईं सदस्य बन्न सक्नुहुनेछ अनि रुकु नामका एक सानो यन्त्र छ जसले इन्टरनेटमार्फत टेलिभिजनको कार्यक्रमलाई तपाईंहरुको टेलिभिजन समक्ष पुर्याउछ ्र त्यही रुकु भन्ने एक यन्त्र किनेर घरमा इन्टरनेटसंग जोडेपछि तपाईं यो टेलिभिजन हेर्न सक्नुहुनेछ सातै दिन र चौविसै घण्टा ्र यसका लागि तपाईंले निश्चित शुल्क तिर्नुपर्नेछ ्र एएनटिभी नामबाट चिनिने यो टेलिभिजनले एएनटिभी म्युजिक र एएनटिभी सिनेमाको नामबाट छुट्टै च्यानल पनि संचालन गरिरहेको छ ्र
एएनटिभी पछिल्लो सूचना प्रविधिमा आएको विकासलाई समातेर संचालन आएको टिभी हो ्र यो इन्टरनेट प्रोटोकल टेलिभिजन ९आईपीटिभी० प्रविधिमा आधारित छ ्र रुकुको त्यही सानो संयन्त्रबाट यो टिभी तपाईं हाम्रो घरको टेलिभिजन सेटमा प्रसारण हुन्छ ्र यो नेपाली टेलिभिजन हेर्ने अधिकांश नेपाली दर्शकहरुका लागि नयाँ प्रविधिको टिभी भन्नु बढी सान्दर्भिक हुन्छ|

Share

Leave A Response »