हिमाली स्वरहरु – “एउटा बस्तीको कथा”को गीति उपन्यास बिमोचन

“एउटा बस्तीको कथा”को गीति उपन्यास बिमोचन

admin October 1, 2012 0

न्यु योर्कमा सेप्टेम्बर ३०,
सृजनाका यात्राहरुको आयोजनामा लेखक एबं चलचित्र कर्मी गगन विरहीको लघु उपन्यास “एउटा बस्तीको कथा”को पुस्तक र गीति उपन्यास सिडीको बिमोचन कार्यक्रम सम्पन्न भयो| पन्चकन्याहरुद्वारा बिमोचन गरिएको गीति उपन्यासमा गीतकारहरु बिनोद रोका,ज्योति पौडेल,गीता खत्री,पुनम काफ्ले,राजेन्द्र श्रेष्ठ,अनिता थापा र गगन बिरहीका गीतहरु समाबेश छन् भने यी गीतहरुलाई यम बराल,सपना श्री,राजेन्द्र राई,विश्व तेन्जिगले स्वर दिनु भएको छ भने संगीतकारहरु हुनुहुन्छ नरबहादुर दाहाल,शिशिर श्रेष्ठ र सन्नी गिल| उपन्यास लेखक स्वंमले बाचन गर्नु भएको छ|बिमोचन समारोहमा उपन्यासमा समाबेश गीतहरु गायक गायीकाहरुले प्रत्यक्ष प्रस्तुत पनि गर्नु भएको थियो!
ज्याक्सन हाइट्समा रहेको हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा लेखक गगन बिरहीले “एउटा बस्तीको कथा” कसरी जन्मियो भनेर प्रकाश पार्नु भयो भने
उपन्यासको भूमिका लेख्नु हुने डा.तारा निरौलाले उपन्यासको चर्चा गर्नु भयो|गीतकारहरुको तर्फबाट गीतकार बिनोद रोकाले उपन्यासको लागी गीत लेख्दाको अनुभब सुनाउनु भयो|कार्यक्रम सृजनाका यात्राहरुको तर्फ बाट सहदेव पौडेलले संचालन गर्नु भएको थियो|
“एउटा बस्तीको कथा” हिमाली स्वरहरुमा चाढै प्रसारण हुने छ|

सृजनाका यात्राहरुले न्यु योर्कमा नियमित नेपाली भाषा साहित्यको कार्यक्रम आयोजना गर्दै आइरहेको छ|यसै क्रममा आगामी अक्टोबर ७ आईतबारका दिन गीतकार परिता राजभण्डारीको एकल गीत एबं प्रस्तुति गर्दै छ|कार्यक्रममा बरिस्ठ गायक एबं संगीतकार अम्बर गुरुङको पनि उपस्थिति हुने छ|


Cover Photo:बद्री पौडेल
Other photos by Sahadev


Share

Leave A Response »