हिमाली स्वरहरु – सृजनाका यात्राहरुको अक्टोबर महिनाको कार्यक्रम सम्पन्न (Video/Photos)

सृजनाका यात्राहरुको अक्टोबर महिनाको कार्यक्रम सम्पन्न (Video/Photos)

admin October 7, 2012 0
सृजनाका यात्राहरुको अक्टोबर महिनाको कार्यक्रम सम्पन्न (Video/Photos)

सृजनाका यात्राहरुको अक्टोबर महिनाको कार्यक्रम सम्पन्न

न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने साहित्य सृजनाको नियमित कार्यक्रम “सृजनाका यात्राहरु”को अक्टोबर महिनाको कार्यक्रम सम्पन्न भयो|यो महिनाको फिचर कबि हुनुहुन्थ्यो कबि परिता राजभण्डारी|कबि राजभण्डारीले कार्यक्रमको अघिल्लो खण्डमा आफ्ना बिबिध रचनाहरु सुनाउनु भयो|
सृजनाका यात्राहरुमा यसपाली नेपाल बाट आइपुग्नु भएका बरिस्ठ संगीत साधक अम्बर गुरुङ बिशेष पाहुना भएर आउनु भएको थियो|साथमा उहाकी धर्म पत्नी ,छोरी र ज्वाई पनि हुनुहुन्थ्यो|त्यसै गरि जर्जिया बाट राजा घलेको पनि उपस्थिति थियो|घलेले आमाको सम्झना शिर्षकमा कविता पनि सुनाउनु भएको थियो|

एकल कविता वाचन पछी अन्य करिब १ दर्जन सर्जकहरुले आआफ्नु रचना सुनाउनु भएको थियो|
रचना बाचन गर्नुहुनेहरुमा कमला प्रसाईं,ज्योति पौडेल,बिकाश बिस्ट,सहदेव पौडेल,बिनोद रोका,मणी बांग्देल,मनु लोहरुंग राई,नगेन्द्र इंगनाम,बद्रि पौडेल,राम चन्द्र थापा र हरि बहादुर थापा|
अम्बर गुरुंगको स्वागतमा लोक गायक बिमल डाँगीले अम्बर गुरुङको चर्चित गीत नौ लाखे तारा उदाए सुनाउनु भएको थियो भने गायक यम बरालले पनि रास्ट्रीय गीत सुनाउनु भएको थियो|

आजका बिसेष पाहुना र फिचर कबि लाई बिनोद रोका र सीता खरेलले स्वागत गर्नु भएको थियो भने गीता पन्थ र मनु लोहरुंग राइले कार्यक्रमलाई सघाउनु भएको थियो|

SrijanaKaYatraharuIMG_4443IMG_4433IMG_4423IMG_4417IMG_4413
IMG_4409IMG_4403IMG_4402IMG_4397IMG_4394IMG_4392
IMG_4391IMG_4388IMG_4386IMG_4385IMG_4380

SrijanaKa Yatraharu, a set on Flickr.

कार्यक्रम संचालन गर्नु भएको थियो सहदेब पौडेल,मणी बांग्देल,र बिकाश बिस्ट
सृजनका यात्राहरुको अर्को कार्यक्रम नोभेम्बर महिनाको पहिलो आइतबार हुने छ|

Share

Leave A Response »