हिमाली स्वरहरु – फोटोग्राफ्री तालीम र तस्विर प्रर्दशनी कार्यक्रम

फोटोग्राफ्री तालीम र तस्विर प्रर्दशनी कार्यक्रम

admin December 20, 2012 0

हार्दिक निमन्त्रणा ।

नेपाल अमेरिका पत्रकार संघ ( नेजा) को आयोजनामा नेपालको चर्चित सञ्चारमाध्याम कान्तिपुर / The Kathmandu post का फोटोपत्रकार जितेन्द्र बज्राचार्यद्धारा न्युयोर्कमा दिन लागेको फोटोग्राफ्री तालीम र तस्विर प्रर्दशनी कार्यक्रममा उपस्थिति भइदिन हुन हार्दिक अनुरोध गर्दछु । कार्यक्रममा पत्रकारिताको दौडानमा पत्रकार बज्राचार्यले खिचेका नेपालको ऐतिहासिक जनआन्दोलन, नेपालको मौलिक सस्कृति, वन्यजन्तु, नेपालको पर्यटकिय सुन्दरता लगायत नेपाल फोटो प्रतियोगितामा उत्कृष्ठ तस्विरहरु समेत प्रर्दशन गरिने भएको छ ।

मितिः डिसेम्बर ३० तारिख आइतबार
तालीम शुरु हुने समय : विहानको ठिक ११ बजे ।
तस्विर प्रर्दशनी : दिउसो ३ बजे
स्थान : सनीसाइडस्थित मालिङगो रेष्टुरेन्टको हल
ठेगाना : 43-16 Queens Blvd Sunnyside NY 11104

Press Release from NEAJA
प्रेस वक्तब्य

अराजक समुहले नागरिक दैनिकको कार्यालयमा गरेको आक्रमण नेपालमा संचारमाध्यम र संचारकर्मीमाथि आक्रमणकै श्रृङखलाको निरन्तरता हो । यस्तो आक्रमण प्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा ) खेद व्यक्त गर्दछ । समाचारको विषयलाई लिएर संचारमाध्यमको कार्यालय र संचारकर्मीहरुमाथि आक्रमण गर्ने जंगली र अराजक प्रवत्तिको जति निन्दा गरे पनि कमै हुन्छ । यस्ता अराजक तत्वहरुमाथि अबिलम्ब कारवाही गरी विधिको शासनको प्रत्याभूती गराउने काममा सकृय हुन नेपाल अमेरिका पत्रकार संघ (नेजा ) सुरक्षा निकाय र नेपाल सरकारस“ग जोडदार माग गर्दछ । विगतमा संचारकर्मीहरुमाथि आक्रमण गर्नेहरु कारवाहीको दायराबाट उम्कने गरेका कारण पनि अराजक तत्वहरुलाई हौसला मिल्ने गरेकाले अबदेखि कानुनी कारवाहीको दायराबाट दोषीलाई उम्कन नदिन सबै पक्षलाई सजग हुन समेत अनुरोध गर्दछौं ।

किशोर पन्थी
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा )

Nepal America Journalists’ Association (NEAJA), USA

 Calendar-of-Events

Share

Leave A Response »