हिमाली स्वरहरु – अपराधीलाई संरक्षण गर्न लागेको लज्जास्पद कार्यप्रतिको घोर भत्र्सना- नेजा

अपराधीलाई संरक्षण गर्न लागेको लज्जास्पद कार्यप्रतिको घोर भत्र्सना- नेजा

admin January 13, 2013 0

नेपाल अमेरिका पत्रकार संघ  ( नेजा)

अमेरिका

प्रेस विज्ञप्ती

मिति : जनवरी १२ ,२०१३

पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणमा संलग्न अभियुक्तहरुको अनुसन्धान प्रक्रियालाई अघि नबढाउन प्रधानमन्त्री डा. बावुराम भट्टराईले गरेको हस्तक्षेपको नेपाल अमेरिका पत्रकार संघ ( नेजा) घोर निन्दा एवं भत्र्सना गदर्छ । मुलुकको सरकार प्रमुखनै पत्रकारको हत्यामा संलग्न अपराधीलाई संरक्षण दिएको यो घटनाले अभिव्यक्ति एवं प्रेस स्वतन्त्रताको वकालत गर्ने सञ्चारकर्मि माथि अन्याय गरेको हामीले ठहर गरेका छौ ।
हामी चाहान्छौ कानुनको बर्खिलाप हुने जुनसुकै घटनाका दोषीहरुलाई कानुनी कारवाही हुनैपर्छ । अपराधीले राज्यको प्रशासन र पार्टी विशेषको आडमा उन्मुक्ति पाउनु हुदैन । कानुनभन्दा माथि कोही पनि छैन र हुनेछैन । अपराधी जो जुनसुकै पार्टीको भएपनि त्यो अपराधी नै हो त्यस्तालाई संरक्षण गर्नु भनेको अन्तर्राष्टिय जगतमा समेत मुलुकको साख गुमाउनु हो ।
२०६१ सालमा दैलेखको पत्रकार थापालाई हत्या गरेको अपराधमा संलग्न अपराधीलाई पक्रेर अनुसन्धान गर्न लाग्दा प्रधानमन्त्रि भट्टराई र महान्यायधिबक्ता मुक्ति प्रधानले अपराधीलाई संरक्षण गर्न लागेको लज्जास्पद कार्यप्रति नेजा घोर भत्र्सना गदै नेपाल पत्रकार महासंघले यसको विरुद्ध गरिरहेको आन्दोलनप्रति हामी पुर्ण रुपमा नैतिक समर्थन जनाउदछौ ।

आडछिरिड शेर्पा
अध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ ( नेजा )
Nepal America Journalists’ Association (NEAJA), USA

 

News-LoGo

Share

Leave A Response »