हिमाली स्वरहरु – नेपाली प्रेम कविता उत्सब सम्पन्न (भिडियो)

नेपाली प्रेम कविता उत्सब सम्पन्न (भिडियो)

admin February 10, 2013 0

नेपाली प्रेम कविता उत्सब सम्पन्न
न्युयोर्क ,फेब्रुवरी 9,2013
हिमाली स्वरहरु ,कुइन्स लाइब्रेरी र सृजनाका यात्राहरुको संयुक्त आयोजनामा “नेपाली प्रेम कविता उत्सब” फेब्रुवरी 9 ,शनिवारका दिन कूइन्स लाइब्रेरी, ज्याक्सन हाइट्स शाखामा सम्पन्न भयो।बिगत पाँच वर्ष देखि भ्यालेन्टाइन दिवसको सेरो फेरोमा उक्त प्रेम कविता उत्सबमा करिब दुई दर्जन जति विभिन्न सर्जकहरुले आफ्नू गीत,कविता र गज़लहरु वाचन गर्नु भयो। रचना वाचन गर्नुहुने हरुमा गौरी मल्ल,बिमल डाँगी,बिनोद रोका,गीता पन्थ,मनु लोहरुंग राई,मणी बांग्देल,सुनील बुढाथोकी,तिलक श्रेष्ठ,परिता राजभण्डारी,ज्योति पौडेल,बद्री पौडेल,सहदेव पौडेल,संगीता उप्रेती,बन्दना कोईराला,रामचन्द्र थापा,विकास बिस्ट ,टोनी पेरेज,अरुण क्षत्री अनुरागी,शान्ता घिमिरे ,नगेन्द्र इङ्ग्नाम,छिरिङ्ग तोप्के लामा,देबेन्द्र सम्बाहाम्फे ,अशोक राई, अनुषा,बिरेन्द्र लाबुंग हुनुहुन्थ्यो।

रचना वाचन गर्नु हुनेहरु सबैलाई पुस्तक र चकलेट उपहार स्वरूप प्रदान गरिएको थियो।पुस्तक र चकलेट क्रमशः विनोद रोकका ,शान्ता घिमिरे र सहदेब पौडेलले उपलब्ध गराउनु भएको थियो।

कुइन्स लाइब्रेरीको न्यु अमेरिकन कार्यक्रम ईलेना करास्काले नेपाली समुदाय सँग मिलेर यस्तो कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो र आगामी दिनहरूमा पनि नेपाली समुदायको लागि यस्तै कार्यक्रमहरू प्रस्तुत गर्ने बताउनु भयो।
कार्यक्रमको समापन सामूहिक तस्बिर खिच्दै परिता राजभण्डारीले बनाउनु भएको मिठो पकौडा खाएर गरियो।

सृजनाका यात्राहरुले हरेक महिना आयोजना गर्ने साहित्यिक कार्यक्रम अन्तर्गत यसपालि नेपाली प्रेम कविता उत्सब मनाइएको हो।सृजनाका यात्राहरुको अर्को कार्यक्रम मार्च महिनाको पहिलो आइतबार मालिंगो रेस्टुरेन्टमा आयोजना हुने छ।
IMG_1757

Share

Leave A Response »