हिमाली स्वरहरु – कवि एबं गीतकार दिनेश अधिकारी संग न्यु योर्कमा साहित्यिक भेटघाट

कवि एबं गीतकार दिनेश अधिकारी संग न्यु योर्कमा साहित्यिक भेटघाट

admin March 16, 2013 0

न्यू योर्क १४ मार्च २०१३-: सृजनाका यात्राहरूले कवि तथा गीतकार दिनेश अधिकारीको सम्मानमा गत बुधवार मार्च १३ का दिन मालिङो रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्‍यो। सं .रा . सङ्घका लागि नेपाली स्थाइ का॰ बा॰ प्रतिनिधि सेवा लम्सालको समेत उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा कवि तथा गीतकार बिनोद् रोका र अ ने सा स कि अध्यक्ष गीता खत्रीले गीतकार अधिकारीलाई खादा ओढाई सम्मान गर्नु भएको थियो । गीतकार अधिकारीले नेपाली साहित्य जगतमा पुराउनु भएको योगदानको चर्चा डा. तारा निरौलाले गर्नु भएको थियो । उक्त अवसरमा नेपाली असहाय बाल बालिकाको लागि सहयोग गर्नु हुने भारतीय कबयत्री तथा समाजसेवी मिनाक्षी कृष्णालाई सम्मान गरियो । कृष्णाले करिब ८००० यू एस् डलर सङ्कलन गरी सहयोग गर्नु भएको थियो । कृष्णाको बारेमा विनोद रोकाले चर्चा गर्नु भएको थियो । कार्यक्रममा गौरी मल्ल ,विनोद रोका ,गिता खत्री ,विकास बिष्ट,नगेन्द्र इनङगाम र मणी बाङ्देलले कविता गीत वाचन गर्नु भएको थियो भने गायिका सपना श्रीले दिनेश अधिकारीका गीतहरु गाउनु भएको थियो । कार्यक्रमको अन्तमा गीतकार अधिकारीले आफ्ना कविता तथा गीत वाचन गर्नु भएको थियो। कार्यक्रमको सन्चालन विकास बिष्टले गर्नु भएको थियो ।
समाचार र फोटो:बिकाश बिष्ट
photo2photo1

Share

Leave A Response »