हिमाली स्वरहरु – मार्च महिनाको सृजनाका यात्राहरु सम्पन्न (भिडियो)

मार्च महिनाको सृजनाका यात्राहरु सम्पन्न (भिडियो)

admin March 7, 2013 0

मार्च महिनाको सृजनाका यात्राहरु सम्पन्न (भिडियो)

मार्च महिनाको सृजनाका यात्राहरु मालिंगो रेस्टुरेन्टमा गत आइतबार सम्पन्न भयो।यसपालिको सृजनाका यात्राहरुमा गायक हरीश माथेमाको बिसेष प्रस्तुति थियो। कार्यक्रममा गायिका अनिता सुब्बा ,लोक गायक बिमल डाँगी र गायक सुनिल बुढाथोकीले गीत गाउनु भएको थियो।
कार्यक्रममा भर्जिनिया बाट आइपुग्नु भएका कवि वसन्त श्रेष्ठ लगायत अन्य सर्जकहरु विनोद रोका,ज्योति पौडेल,परिता राजभण्डारी,मनु लोहरुंग राई, अशोक राई,मणी बांग्देल,र विष्णु पौडेलले आफ्नु सृजनाहरु प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा नेपाल बाट आइपुग्नु भएका पुर्ब जिल्ला न्यायधिश नबराज उपाध्याय पनि उपस्थिति थियो।
कार्यक्रम सहदेव पौडेल र मणी बांग्देलले संचालन गर्नु भएको थियो।

सृजनाका यात्राहरुको अप्रील महिनाको कार्यक्रम अप्रिल ७ ,आइतबार मालिंगो रेस्टुरेन्टमा २ बजे देखि ४ बजे सम्म हुँदै छ।आउदो महिनाको कार्यक्रममा पत्रकार एवं लेखक निक हरस्चन (Nick Hirshon) आफ्नू नयाँ पुस्तक Images of America-Forest Hills को बारेमा कुराकानी गर्न आउदै हुनुहुन्छ। र नेपाली सर्जकहरुले अङ्ग्रेजीमा आफ्नू रचनाहरु सुनाउने कार्यक्रम छ।
IMG_2187

Share

Leave A Response »