हिमाली स्वरहरु – सृजनाका यात्राहरुमा लेखक एबं पत्रकार निकोलश हरशन

सृजनाका यात्राहरुमा लेखक एबं पत्रकार निकोलश हरशन

admin April 7, 2013 0


सृजनाका यात्राहरुको अप्रिल महिनाको कार्यक्रममा अमेरिकी लेखक एवं पत्रकार निकोलस हरशनको विशेष प्रस्तुति रह्यो। न्यु योर्क डेली न्युजका पूर्व रिपोर्टर एवं सेन्ट जोन युनिभर्सिटीका प्रोफेसर हरशनले हालै प्रकाशित गर्नु भएको पुस्तक “Images Of America-Forest Hills” को बारेमा आफ्नू लेखन अनुभव सुनाउनु भएको थियो। साथै उहाँले उपस्थित सर्जकहरुले सोध्नु भएको लेखन एवं प्रकाशन सम्बन्धी प्रश्नहरुको जवाफ पनि दिनु भएको थियो।
कार्यक्रमको दोस्रो खण्डमा सर्जकहरुले नेपाली र अंग्रेजीमा आफ्नू रचनाहरु सुनाउनु भएको थियो। सृजना सुनाउनेहरुमा विनोद रोका,मनु लोहरुंग राई,ज्योति पौडेल,परिता राजभण्डारी,गीता पन्थ,किशन सिं धामी ,सहदेव पौडेल ,सुनीता शर्मा र मणी बांग्देलले अनिताले रचना गर्नु भएको कविता वाचन गर्नु भएको थियो।
कुइन्स स्थित मलिंगो रेस्टुरेन्टमा सम्पन्न कार्यक्रम सहदेव पौडेल र मणी बाङ्ग्देलले सञ्चालन गर्नु भएको थियो।
सृजनाका यात्राहरु न्यु योर्कमा हरेक महिनाको पहिलो आइतबार आयोजना हुने साहित्यिक कार्यक्रम हो । सृजनाका यात्राहरुको मे महिनाको कार्यक्रममा लेखक एवं पर्यटन ब्यबसायी कर्ण शाक्य आउदै हुनुहुन्छ।

photosrijana

Share

Leave A Response »