हिमाली स्वरहरु – आउदै गरेको एएनए सम्मेलनका खबरहरु

आउदै गरेको एएनए सम्मेलनका खबरहरु

admin May 31, 2013 0
आउदै गरेको एएनए सम्मेलनका खबरहरु

अमेरिकामा बस्ने नेपालीहरूको संस्था एएनए आउदो जुलाई ४, ५ र ६ मा अमेरिकाको वेस्टचेस्टरमा हुदैछ । हजारौँको सङ्ख्यामा उपस्थित हुने उक्त कार्यक्रममा प्रत्येक वर्ष झैँ यो वर्ष पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरिंदैछ । त्यसै क्रममा प्रत्येक वर्ष प्रमुख आकर्षणको रूपमा रहन सफल एएनए फेशन एक्स्टा भेगेन्जाले यो वर्ष पनि निरन्तरता पाउने भएको छ । ३१ औं एएनए कन्भेन्सनको तेसा्रे तथा अन्तिम दिन एएनए फेशन एक्स्टाभेगेन्जा २०१३को आयोजना गर्न लागिएको हो । २००८ देखि प्रत्येक वर्ष एएनए कन्भेन्सन सँगै यो शोको आयोजना गरिदै आएको हो । यो वर्ष पनि १६ जना सहभागिहरुसगै यो कार्यक्रमको आयोजना हुदैछ । यो शोमा अमेरिकाका विभिन्न स्टेटमा बस्ने १८ देखि २७ वर्ष सम्मका युवाहरूले सहभागिता जनाउन पाउने कार्यक्रमका प्रमुख निर्देशक बिक्रान्त श्रेष्ठले बताउनुभयो । उनका अनुसार यो वर्ष पनि सहभागी मध्ये एकजना पुरुष तर्फबाट र एकजना महिला तर्फबाट विजेताको घोषणा गरिनेछ । गत वर्ष सुष्मा बोगटी तथा हरजित चोपडा बिजयी भएका थिए । बिजेतालाइ मिस्टर एण्ड मिस भोग एएनएको उपाधि दिइने श्रेष्ठले बताउनुभयो । बिशेषगरि अमेरिकाका विभिन्न स्टेटहरुमा बस्दै आएका नेपाली युवाहरूको प्रतिभा देखाउनका निम्ति यो कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ । कार्यक्रममा नेपाली डिजाइनरका विभिन्न आकर्षक पोशाकका साथ मोडलहरुको क्याटवक अनि नेपाली सङ्गीतले प्राथमिकता पाउने समेत आयोजकले बताएको छ ।

एएनए सम्मेलनमा मह जोडीको विशेष प्रस्तुति हुने
आदरणीय पत्रकार साथीहरू सबैभन्दा पहिला त यंहाहरु सबैलाई ३१ औं एएनए सम्मेलन आयोजक समितिको तर्फबाट नमस्कार छ । तपाईँ पत्रकार साथीहरूले ३१ औं एएनए सम्मेलन सफल पार्नको लागि विविध तरिकाले गर्नुभएको सहयोग प्रति हामी सधैँ आभारी छौँ । ३१ औं एएनए सम्मेलन आउनका लागि करिब एक महिना मात्र बाँकी रहेको समयमा यंहाहरु मार्फत सम्पूर्ण नेपाली दाजु भाइ हरुलाई केही महत्वपुर्ण जानकारी गराउन चाहान्छौं । ३१ औं एएनए सम्मेलन विगतका सम्मेलन भन्दा हरेक तरिकाले फरक र ऐतिहासिक बनाउने सन्दर्भमा आयोजक समिति लागिरहेको छ । यसै सन्दर्भमा यस पटकको एएनए सम्मेलनमा करिब १० वर्ष पछाडि अमेरिकामा वरिष्ठ हास्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य अर्थात् मह जोडीको विशेष प्रस्तुति रहने कुराको जानकारी गराउन चाहान्छौं । मह जोडीले यस पटकको एएनए सम्मेलनमा फरक खालको प्रस्तुति लिएर आउन लाग्नुभएको छ भने उंहाहरुले यस पटकको भ्रमणमा मात्र एएनए सम्मेलनमा कार्यक्रम प्रस्तुत गर्ने कुराको जानकारी समेत गराउन चाहान्छौ । आधा, आधा घण्टाको फरक प्रस्तुति रहने कार्यक्रम जुलाई ४, ५ र ६ को सास्कृतिक कार्यक्रममा प्रस्तुत गरिने जानकारी समेत गराउन चाहान्छौं । यस पटकको एएनए सम्मेलनको लागि अमेरिकामा रहनुभएका नेपाली कलाकारहरू मार्फत पनि विशेष प्रस्तुतिको तयारी समेत भइरहेको छ भने नेपालबाट अन्य केही कलाकाहरु पनि थप हुने सम्भावना रहेको छ । यंहाहरुलाई अवगत नै छ यस सम्मेलनमा नेपालबाट अर्थ मन्त्रीको नेतृत्वमा मन्त्रीस्तरयिय टोलीका साथै, नेपालका लागि अमेरिकन राजदूत पिटर बोडे र नेपालका प्रतिस्ठीत ब्यवसायीको टोली आउने यस अघि नै निश्चित भइसकेको छ ।
धन्यवाद सहित
सूर्य थापा
मिडिया संयोजक
नेपालको लागि ३१ औं एएनए सम्मेलन आयोजक समिति

Share

Leave A Response »