हिमाली स्वरहरु – ​पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ बीच सहकार्यको समझदारी

​पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ बीच सहकार्यको समझदारी

admin May 8, 2013 0

नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) बीच विगतदेखि नै नेपाली पत्रकारितासँग सरोकार राख्ने विभिन्न विषयमा समझदारी र सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि यस्तो सहकार्य र समझदारी अझ बढाउन नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) बीच आज मिति ७ मे २०१३ मा न्युयोर्कमा छलफल भयो । नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) बीचको सम्बन्धलाई अझ समन्वयात्मक र सुमधुर बनाउन निम्नानुसार समझदारी भएको छ ।

१  नेपाल पत्रकार महासंघका तर्फबाट अमेरिकामा र नेपाल अमेरिका पत्रकार संघ (नेजा) का तर्फबाट नेपालमा पत्रकारिता र नेपाली समुदायसँग सरोकार राख्ने कुनै कार्यक्रम वा गतिविधि गर्दा एक अर्काबीच समन्वय कायम गरिने छ ।

२ अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषी र समुदायका समस्या , क्षमता, विशेषज्ञतालाई समाचार र विचार मार्फत वाहिर ल्याई अमेरिकामा बसोबास गर्ने नेपालीहरुबीच एवं उनीहरु र नेपाली नीति निर्माताबीच समन्वय गर्न, सम्बाद चलाउन नेजा र नेपाल पत्रकार महासंघबीच सहकार्य हुनेछ ।

३ नेपालका दुर्गम तथा पछाडि परेका क्षेत्रका संचारकर्मीका क्षमता अभिबृद्धिका लागि नेजाले नेपाल पत्रकार महासंघसँगको समन्वयमा आवश्यक सहयोग उपलब्ध गराउनेछ । विशेषत कर्णाली अञ्चलको कुनै एक जिल्लामा ६ महिनाभित्र तालिम संचालनका लागि नेजाले आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

४ नेपालमा रहेका पत्रकारहरुलाई आइपर्ने प्राकृतिक वा व्यवसायीक कामको शिलशिलामा सृजना हुने आपतमा नेजाका तर्फबाट नेपाल पत्रकार महासंघसँगको समन्वयमा सक्दो सहयोग गर्नेछ ।

शिव गाउँले, अध्यक्ष,नेपाल पत्रकार महासंघ

आङछिरिङ शेर्पा,अध्यक्ष,  नेपाल अमेरिका पत्रकार संघ

grp Neja & fnj

Share

Leave A Response »