हिमाली स्वरहरु – बाल सिर्जना प्रस्तुत तथा तीनवटा कृतिको परिचयात्मक कार्यक्रममा उपस्थितिका लागि अनुरोध

बाल सिर्जना प्रस्तुत तथा तीनवटा कृतिको परिचयात्मक कार्यक्रममा उपस्थितिका लागि अनुरोध

admin August 16, 2013 0

बाल सिर्जना प्रस्तुत तथा तीनवटा कृतिको परिचयात्मक कार्यक्रममा उपस्थितिका लागि अनुरोध

महाकवि देवकोटा शताब्दी सन्दर्भमा यस ग्रेटर वाशिंगटन डिसी क्षेत्रमा सम्पन्न कविता महोत्सवमा वाचन गरिएका तथा अन्य कविताहरुको ( अमेरिकाबासी ३३ जना नेपाली कविका ८७ कविता,महाकवि देवकोटाका ६ कविता र अन्य ७ समीक्षा समेत १ सयवटा रचना ) सङ्कलन शताब्दी,नेपालको जन आन्दोलन २०६२ का अवसरमा साहदत प्राप्त गर्ने नेपाल सरकारले घोषणा गरेका २५ जना सहिदको परिचय र ५ हजार १ सय ५० जना घाइतेको सूक्ष्म अध्यन बिश्लेष्ण समेटिएको सहिद तथा नेपाल बाहिर बस्ने ७५ जना नेपाली बालबालिकाहरुको रचना समेटिएको बाल सिर्जना/KIDS CREATION को संक्षिप्त परिचयात्मक कार्यक्रम तथा स्थानीय नेपाली बाल प्रतिभाहरुको कविता,कथा वाचन वा चित्र कला प्रदर्शनी कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई सफल पार्नु हुन हार्दिक अनुरोध छ ।

कार्यक्रममा बालबालिकाहरुको सहभागिताका लागि सम्बन्धित बालबालिका वा अभिभावकहरुलाई यो कार्यक्रमका बारेमा जानकारी उपलब्ध गराई सहयोग गर्नु हुने विश्वास छ ।

यस कार्यक्रमको पहिलो चरणमा स्थानीय नेपाली बाल बलिकाहरुका लेख रचना(कविता वा कथा वाचन र चित्र/आर्ट प्रदर्शन गरिनेछ ।

कार्यक्रमको दोस्रो चरणमा माथि उल्लेख ३ वटा कृतिका बारेमा संक्षिप्त परिचय (१०-१० मिनेट गरेर ३० मिनेट) प्रस्तुत गरिने छ ।

कार्यक्रमको समयावधि २ घण्टाभन्दा लामो हुन नदिनका लागि तोकिएको समयमा कार्यक्रम सुरु गर्नका लागि सहयोग गर्नु हुन पनि अनुरोध छ ।

कार्यक्रम स्थल : सेन्टर लाइब्रेरी, आर्लिंगटनको सभाकक्ष
समय : ३.३० देखि ५.३० बजेसम्म ( कार्यक्रम २ घण्टा सम्मको )

मिति : अगष्ट २५ आइतबार २०१३
Arlington Library
1015 North Quincy Street, Arlington, Virginia 22203

कार्यक्रमा सहभागिता वा यस बारे अन्य थप जानकारीको लागि –

फोन : ७०३ – ६३८ – ९६८६ / लेखनाथ भण्डारी
इमेल : LNB999@Gmail.com / lnb999@gmail.com

Calendar-of-Events

Share

Leave A Response »