हिमाली स्वरहरु – मिस नेपाल युएस २०१३ को प्रतिभा आकंलन

मिस नेपाल युएस २०१३ को प्रतिभा आकंलन

admin August 16, 2013 0
मिस नेपाल युएस २०१३ को  प्रतिभा आकंलन

आउदो अगस्ट १७ मा अमेरिकाको न्युयोर्कमा हुन लागिरहेको मिस नेपाल युएस २०१३को लागि अन्तिम १६ को छनौटमा परेका प्रतिस्पर्धिहरुको प्रतिभा आकंलन गर्नका निम्ति ट्यालेन्ट शो गरिएको छ । अमेरिकाका विभिन्न स्टेटहरुबाट सहभागिता जनाएका १६ जना जना अन्तिम प्रतिस्पर्धिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगिहरुले नृत्य, गायन, एक्टिं तथा पेन्टिं जस्ता विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । १६ जना प्रतियोगिहरुले जजहरु पूर्व मिस नेपाल माल्बिका सुब्बा, मोडल मेटिज मर्टिनेज, पत्रकार गगत बिरही, गायिका श्रृजना लामा, पूर्व मिस दार्जिलि यु लि लो तथा मिस न्यु योर्क निना ड्याभुलरिलाइ आफ्नो प्रतिभाबाट प्रभावित गर्ने प्रयास गरेका थिए । १६ जना फाइनलिस्टहरु मध्ये सम्झना लामाले माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । त्यस्तै निर्जला श्रेष्ठ, एलिशा थापा, अलिशा कार्की मिशेल, रश्मि लामिछाने, निक्कि पाण्डे, सेलिना शाक्य, अनुजा थापा मगर, बिभिशिका भण्डारी, अनुजा केसी, प्रज्ञा विष्ट र रुथ रानाले नृत्य प्रस्तुत गरेका थिए भने बार्टिका राईले गीत गाएकी थिइन् । त्यसैगरि श्रृष्टि गौतमले कविता वाचन गरिन् भने सुनयना पालिखेले स्प्रे पेन्टि गरेर आफ्नो प्रतिभा देखाइन । ट्यालेन्ट शोको विजेताको घोषणा यही अगस्ट १७को ग्राण्ड फिानालीमा गरिने बताइएको छ । अगस्ट १७ शनिवारको दिन मिस नेपाल २०१३को ग्राण्ड फिनालीबाट मिस नेपाल २०१३ को छनौट गरिंदैछ । न्युयोर्कको क्विन्स थिएटरमा तेस्रो पटक आयोजना हुन लागेको मिस नेपालमा कसले ताज आफ्नो हातमा पार्ने हो भन्ने जिज्ञासा प्रतियोगिता नजिकिंदै गर्दा झन झन बढ्न थालेको छ ।

यसपटकको प्रतियोगिता विजेताले ५ हजार अमेरिकी डलरको छात्रबृत्तिका साथ नेपाल भ्रमण्ँको लागि प्लेन टिकट पाउनेछिन भने फस्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः ३ हजार र २ हजार अमेरिकी डलरको छात्रबृत्ति पुरस्कार स्वरूप पाउनेछिन् । त्यो बाहेक अन्य पुरस्कार प्याकेजहरु पनि रहेका छन् । ३ मुख्य विजेता बाहेक अरू सबटाइटल पनि रहेनछन् । अन्तनिहिर्त Ôमता प्रस्फूटनका लागि यूवतीबीच सबैभन्दा आकर्Èक र अमूल्य प्लेटफर्मका रूपमा यस प्रतियोगितालाई लिइन्छ । साथै नेपाल र अमेरिकाबीचको तादम्यता बढाउन पनि यसले ठुलो भूमिका निर्वाह गरेको छ ।
यसपटक नेपालबाट कोरियाग्राफिका निम्ति पूर्व मिस नेपाल माल्बिका सुब्बा अमेरिकामा छन्भने अमेरिकाकी मोडल अनि कार्यक्रम प्रस्तोता मेटिज मर्टिनेजले प्रतिस्पर्धिहरुलाइ प्रशिक्षण दिनेछन् । नयाँ टीम नयाँ जोस जागरका साथ यसपटकका मिस नेपाल युएस आयोजना हुदैछ ।
16 Finalists of Miss Nepal US 2013 after Talent Show(1)

Share

Leave A Response »