हिमाली स्वरहरु – विभिन्न जात जाति, भाषा भाषीहरूको चाड पर्वको बारेमा कार्यपत्र प्रस्तुत

विभिन्न जात जाति, भाषा भाषीहरूको चाड पर्वको बारेमा कार्यपत्र प्रस्तुत

admin September 20, 2013 0

अ ने सा स न्यू च्याप्टरको प्रेस विज्ञप्ति

सन २०१३ सेप्टेम्बर १५ का दिन अ ने सा स न्यू योर्क च्याप्टरको आयोजनामा स्थानीय ज्याक्सन हाइट स्थित याक रेस्टुरेन्टमा नेपालमा मनाइने विभिन्न जात जाति, भाषा भाषी हरू ले परम्परागत रूपमा मनाइदै आयका चाड पर्वको बारेमा कार्यपत्र प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भयो। भर्खरै दिवङ्गत हुनु भयका वरिष्ठ गायक द्रय फत्तेमान राज भण्डारी र तिर्थ बहादुर गन्दर्व प्रति भाबपुर्ण सर्दान्जली सहित एक मिनेट मौन धारण गरी सुरु भएको सो कार्यक्रममा नेपालको राष्ट्रिय गान गाइएको थियो। अ ने सा स का केन्द्रीय अध्यक्ष गीता खत्री, न्यू योर्क च्याप्टरका अध्यक्ष पुनम काफ्ले न्यू योर्क च्याप्टरका पूर्व अध्यक्ष ज्योति पौडेलले संयुक्त रूपमा दिप प्रज्वलन गरी सुभारम्भ गर्नु भएको सो कार्यक्रममा १० जना व्यक्तित्व हरूले आ आफ्ना विषयका कार्यपत्र पेस गर्नु भएको थियो। प्रस्तुत गर्नु हुनेमा बन्दना कोइराला, गीता खत्री, ज्योति पौडेल, मिठु थापा, परिता राज भण्डारी, शकुन ज्ञवाली, रेणु सुबेदी, सुनिता शर्मा र पुनम काफ्ले हुनुहुन्थ्यो उक्त कार्यपत्रहरू प्रति डाक्टर तारा निरौला र वरिष्ठ रंगकर्मी तथा प्राज्ञ हरि बहादुर थापाले समीक्षा गर्नु भएको थियो।

नेपालमा मनाइने विभिन्न चाड पर्वका बारेमा एक आपसमा जानकारी लिने तथा दिने र कार्यपत्र हरू पुस्तकका रूपमा निकट भविष्यमा प्रकाशनमा ल्याइने हुँदा सो कार्यक्रमको आयोजना गरिएको थियो। अत्यन्तै रोचक र सामयीक विषयलाई समेटी पेस गरिएका कार्यपत्रहरू रोचक र ज्ञान बर्धक थिए। च्याप्टरका महासचिव विकास बिस्टले सन्चालन गरेको सो कार्यक्रममा बुद्धिजीवी साहित्यकार, पत्रकार, समाजसेबी र विभिन्न संस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो।

विकास विष्ट
महासचिव अ ने सा स
न्यू योर्क च्याप्टर
inlsnyc

Share

Leave A Response »