हिमाली स्वरहरु – अनेसास, न्यु योर्क च्याप्टरको १०४ औँ लक्ष्मी जयन्ती कार्यक्रम (Video/Photos)

अनेसास, न्यु योर्क च्याप्टरको १०४ औँ लक्ष्मी जयन्ती कार्यक्रम (Video/Photos)

admin October 28, 2013 0

अनेसास, न्यु योर्क च्याप्टरको १०४ औँ लक्ष्मी जयन्ती कार्यक्रम

अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु योर्क च्याप्टरले महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०४ औँ जन्म जयन्तिको अवसरमा प्रतियोगी एवम अप्रतियोगी कविता वाचन तथा न्युयोर्क च्याप्टरको नयाँ कार्य पदहस्तान्तरण कार्यकम अक्टोबर २६ गते ज्याक्सन हाइट्समा रहेको हिमालयन याक रेस्टुरेन्टमा आयोजना गर्‍यो।

बालबालिका एवं बयस्कहरुको छुट्टा छुट्टै प्रतियोगी एवं अप्रतियोगी कविता वाचनको कार्यक्रम रखिएको थियो ।कविता वाचन गर्नु हुनेहरुमा ज्योति पौडेल,आचार्य प्रभा,प्राज्ञ हरि ब.थापा,अनुपमा सापकोटा ,कमला प्रसाइें,शकुन्तला ज्ञँवाली,(प्रतियोगी)देबेन्द्र सम्बाहाम्फे,(प्रतियोगी)रामचन्द्र थापा,(प्रतियोगी)निरज मास्के,केशब आचार्य,गीता खत्री,बन्दना कोइराला,(प्रतियोगी)विकास विष्ट, मनु लोहोरुङ,सहदेव पौडेल,अनन्त गोपाल रिसाल,र सुनिता शर्मा हुनुहुन्थ्यो । कार्यक्रममा गायीका पबिता बागचन्द र सुदर्शन कोइरालाले गीत पनि गाउनु भएको थियो ।

सोही क्रममा अनेसासको वार्षिक प्रकाशन प्रतिध्वनी पुस्तकको दोस्रो अंकको बिमोचन गरिएको थियो भने उक्त पुस्तकबारे पुस्तकका प्रधान सम्पादक धनीराम सापकोटाले आफ्नो विचार राख्नु भएको थियो ।कार्यक्रमलाई देउसी भैलीले मनोरन्जक बनाएको थियो ।

यसै अवसरमा अनेसास,न्युयोर्क च्याप्टरको नयाँ कार्य समितिलाई पद हस्तान्तरण पनि गरियो। कार्यक्रममा अर्जुन मैनाली र कोषाध्यक्ष मोहिनी सैंजुलाई सम्मान गरिएको थियो भने नवनिर्वाचित कार्यकारिणी समितिको जानकारी र प्रमाण पत्र वितरण यक्ष मल्लबाट भएको थियो त्यसैगरी नयाँ कार्यकारीणीलाई स्वागत गर्दै निबर्तमान अध्यक्ष पूनम काफ्लेज्युले मन्तव्य दिनु भएको थियो।अ.ने.सा.स.न्युयोर्कका नवनिर्वाचित अध्यक्ष विकास बिस्टले पनि आफ्ना दुई शब्द प्रकाश पार्नु भएको थियो । कार्यक्रमको अन्त्यमा कविता प्रतियोगितामा बाल कवितातर्फबाट प्रज्ञा सापकोटा प्रथम,रायन श्रेष्ठ दोस्रो र बिभुषा विष्ट तेस्रो भएका थिए भने त्यसैगरी युवा कविहरुतर्फ शकुन्तला ज्ञंवाली प्रथम,बन्दना कोइेराला दोस्रो र रामचन्द्र थापा तेस्रो हुनुभएको नतिजा निर्णायक मध्येकी आचार्य प्रभाले जानकारी दिनु भएको थियो । प्रतियोगितात्मक कविताहरुको निर्णायकहरुमा प्राज्ञ हरि बहादुर थापा, आचार्य प्रभा र मणी बाङ्देल हुनुहुन्थ्यो ।

नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रमका प्रमुख अथिती नेपाल मिसनका मिनिष्टर काउन्सिलर घनश्याम लम्साल हुनुहुन्थ्यो।बिशिष्ठ अतिथिमा अ.ने.सा.स. केन्द्रीय अध्यक्ष गीता खत्री र अतिथिमा पूर्व न्यु योर्क च्याप्टर अध्यक्ष ज्योति पौडेल हुनुहुन्थ्यो । सिता खरेलले सबैलाई स्वागत गर्नु भएको थियो भने अनन्त गोपाल रिसालले महाकवि देवकोटाको साहित्यको चर्चा गर्नु भएको थियो।

कार्यक्रमको सञ्चालन मणी बाङ्ग्देल र सहदेव पौडेलले गर्नु भएको थियो भने निबर्तमान अध्यक्ष पूनम काफ्लेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

1410734_10151983679644777_2029390366_o

Share

Leave A Response »