हिमाली स्वरहरु – सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम सम्पन्न (भिडियो र तस्बिर)

सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम सम्पन्न (भिडियो र तस्बिर)

admin December 9, 2013 0
सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम सम्पन्न (भिडियो र तस्बिर)

_MG_1962_MG_1953_MG_1950_MG_1941_MG_1936_MG_1935
_MG_1931_MG_1927_MG_1923_MG_1915_MG_1912_MG_1898
_MG_1896_MG_1890_MG_1883_MG_1877_MG_1869_MG_1861
_MG_1859_MG_1850_MG_1849_MG_1842_MG_1836_MG_1835

Sahadevision’s photostream on Flickr.

सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम सम्पन्न (भिडियो र तस्बिर)

न्यु योर्कमा हरेक महिना आयोजना हुने कला र साहित्यको नियमित कार्यक्रम सृजनाका यात्राहरुको डिसेम्बर महिनाको कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपालबाट हालै अमेरिका आउनु भएका साहित्यकारहरु प्राडा खगेन्द्र प्र लुईटेल, डा.कुसुमाकर न्यौपाने,युयुत्सु आर डी शर्मा,अमर न्यौपाने, मणीराज सिंह र उत्तम भौकाजीहरूको विशेष उपस्थिति थियो।

प्रा डा लुइँटेलले नेपाली कविताको परिबर्तित स्वरूपको बारेमा चर्चा गर्नुको साथै कार्यक्रममा बाचित कविता, गीत र गज़लको संछिप्त समालोचना पनि गर्नु भएको थियो।डा कुसुमाकर न्यौपानेले नेपाली परम्परागत लोक गीतको चर्चा गर्दै गाउँघरमा लोक गीतको अध्ययन गर्ने क्रममा आफूले नजिकबाट अबलोकन गरेको लोक नाटक बालनको अनुभव सुनाउनु भएको थियो। त्यसै गरी लेखक अमर न्यौपानेले आफ्नो दुई कृति पानीको छायाँ र उपन्यास सेतो धर्ती लेख्दाको लेखकीय पृष्ठभूमि सुनाउनु भएको थियो। त्यसै गरी कवि मणी राज सिंह,उत्तम भौकाजी र युयुत्सु आर डी शर्माले आफ्ना रचनाहरू सुनाउनु भएको थियो।

कार्यक्रमको दोस्रो खण्डमा न्यु योर्कका साहित्य सर्जकहरुले आफ्नो गीत, कविता र गजलहरु वाचन गर्नु भएको थियो।आफ्नू रचना सुनाउनेहरुमा केशब आचार्य , कमला प्रसाईं,विकाश बिस्ट,ज्योति पौडेल, राम चन्द्र थापा ,परिता राजभण्डारी,मणी बांग्देल, सुनिता शर्मा, बन्दना कोइराला, बिद्या बिमल बराल, गीता पन्थ,मनु लोहरुंग राई,बुद्ध चेम्जोङ्ग,आचार्य प्रभा,अनु शाह,र पुनम काफ्ले हुनुहुन्थ्यो।

कार्यक्रमको सञ्चालन सहदेव पौडेल र मणी बांग्देलले गर्नु भएको थियो। सृजनाका यात्राहरुको आगामी कार्यक्रम जनवरी महिनाको पहिलो आइतबार हुने छ। कार्यक्रम मालिङ्गो रेस्टुरेन्टमा आयोजना भएको थियो।

कार्यक्रमको केहि भिडियो र तस्बिर तल प्रस्तुत छ।

Share

Leave A Response »