हिमाली स्वरहरु – इम्यानुअल चर्चमा क्रिश्मस कार्यक्रम सम्पन्न

इम्यानुअल चर्चमा क्रिश्मस कार्यक्रम सम्पन्न

admin December 25, 2013 0

इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिश्मसको उपलक्ष्यमा न्यु योर्क इसाई संगती र न्यु योर्क प्रेसबेटेरियण नेपाली संगतीले कुइन्सको वूडसाइडमा अबस्थित इम्यानुयल चर्चमा एक धार्मिक कार्यक्रमको आयोजना गर्यो ।आईभन सादाको स्वागत परिचय र प्रार्थना बाट सुरु भएको उक्त कार्यक्रममा श्रीमती निला गुरुंगले बचन पठन गर्नु भएको थियो। पा. रमेश श्रेष्ठले बडादिन चिनारी दिनु भएको थियो भने बचन पठन र प्रबचनबको प्रार्थना संजय पाख्रिन र न्यु योर्क प्रेसबेटेरियणका पा. उद्धभ बस्नेतले दिनु भएको थियो।
सामूहिक भजन सहित सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा आशीर्वाद र प्रेम भोजको लागि प्रार्थना पा. राजन शाहीले गर्नु भएको थियो।

फोटो र शब्दहरू सहदेव पौडेल
_MG_2782church

_MG_2783church

_MG_2787church

_MG_2793church

_MG_2795church

_MG_2803church

Share

Leave A Response »