हिमाली स्वरहरु – न्यु योर्कमा हुँदै छ अन्तर राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन

न्यु योर्कमा हुँदै छ अन्तर राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन

admin January 26, 2014 0
न्यु योर्कमा हुँदै छ अन्तर राष्ट्रिय  नेपाली महिला साहित्य सम्मेलन

न्यु योर्कमा हुँदै छ अन्तर राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज​(अनेसास)​केन्द्रिय कार्य समितिले मार्च १ र २ मा अमेरिकाको न्युयोर्कमा “प्रथम अन्तर राष्ट्रिय महिला साहित्य सम्मेलन​”को आयोजना गर्ने भएको छ। दुई दिन सम्म चल्ने उक्त सम्मेलनमा नेपाली साहित्यमा क्रियाशील नेपाली महिला साहित्यकारहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्नुको साथ साथै विदेशमा नेपाली भाषा , कला साहित्यमा सक्रिय नेपाली महिला साहित्य सर्जकहरुको विशेष प्रस्तुति हुने छ। नेपाली भाषा कला साहित्य अध्ययन अनुसन्धान गरी रहेका विभिन्न व्यक्तित्वहरुलाई पनि उक्त सम्मेलनमा सहभागी गराउने आयोजकहरुले बताएका छन्। कार्यक्रमको दोस्रो दिन ​सार्क स्तरीय कविता गोष्ठी र संस्कृतिक कार्यक्रम पनि गरिने जानकारी हालै सम्पन्न पत्रकार भेटघाटमा गराईयो। गोष्ठीमा सहभागिताका लागि नेपालका कवि तथा कवयित्रीहरुका साथै भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलगायतका मुलुकका साहित्यकारलाई अनुरोध गरिने आयोजकले जनाएको छ​।​

कार्यक्रमको संयोजन बन्दना कोइरालाले गर्दै हुनु हुनुहुन्छ भने अनेसास ​न्यूयोर्क च्याप्टरले उक्त कार्यक्रम​लाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ​।कार्यक्र​म मार्च १ र २ ( शनिवार १०-४ , आइतबार १२ -१२ )​ चेन फेडरेशन हल, कुइन्स न्यु योर्कमा हुँदै छ।

sahitaya

Share

Leave A Response »