हिमाली स्वरहरु – सृजनाका यात्राहरुको जनवरी महिनाको कार्यक्रम सम्पन्न (कविताको भिडियो र सर्जकहरुको तस्बिर )

सृजनाका यात्राहरुको जनवरी महिनाको कार्यक्रम सम्पन्न (कविताको भिडियो र सर्जकहरुको तस्बिर )

admin January 7, 2014 0

न्यु योर्कमा विगत ५ वर्ष देखि नियमित सञ्चालन हुदैं आएको नेपाली भाषा साहित्यको कार्यक्रम सृजनाका यात्राहरुको जनवरी महिनाको शृंखला आइतबार न्यु योर्क, कुइन्स, ज्याक्सन हाइट्समा सम्पन्न भएको छ।

नेपाली गीत, गज़ल र कवितामा कलम चलाउने र भाषा साहित्य र कलामा रुचि राख्नेहरुको बिचमा सम्पन्न उक्त कार्यक्रममा विनोद रोका ,युयुत्सु आर डी शर्मा ,गीता पन्थ, मनु लोहरुंग राई, विकास बिस्ट ,केशब आचार्य ,छिरिङ्ग तोपके लामा ,देबेन्द्र सम्बाहाम्फे ,सुनीता शर्मा,कमला प्रसाईं, र सहदेव पौडेलले आ-आफ्नू रचना वाचन गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा गीतकार एवं गज़लकार आचार्य प्रभाले गज़ल सम्बन्धी सामान्य जानकारी दिदै आफ्नू गज़लहरु सुनाउनु भएको थियो।कार्यक्रमको सञ्चालन सहदेव पौडेलले गर्नु भएको थियो ।

सृजनाका यात्राहरुको फेब्रुवरी महिनाको कार्यक्रममा प्रेम कविता उत्सब हुने छ।


Share

Leave A Response »