हिमाली स्वरहरु – ह्यारी (एच बि ) भण्डारीको मेरिल्याण्ड स्टेट डेलिगेटको यात्रा (Video/Audio)

ह्यारी (एच बि ) भण्डारीको मेरिल्याण्ड स्टेट डेलिगेटको यात्रा (Video/Audio)

admin April 28, 2014 0

डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको डीस्ट्रीक ८ बाट स्टेट डेलिगेटको रूपमा उम्मेद्वारी दिनु भएका ह्यारी (एच बी) भण्डारी सामुदायिक छलफल र सहयोग रकम जुटाउन यही अप्रिल २७ का दिन न्यु योर्क आउनु भएको थियो। ज्याक्सन हाइट्समा रहेको थकाली रेस्टुरेन्टमा सम्पन्न सामुदायिक छलफलमा भण्डारीले आफूले उम्मेद्वार दिनुको कारण र आगामी कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो। आफू मेरिल्याण्ड राज्यको उम्मेद्वार भए पनि यो यात्रा सबै नेपालीको हित र आवाजको यात्रा भएको र सबै समुदाय बाट यो यात्राको लागी समर्थन र सहयोग खोजेको बताउनु भयो। आफू प्रवासी नेपाली भए पनि स्टेट डेलिगेटको यात्रा राज्यको लागि तयार परेका कार्यक्रमहरू र उद्देश्यले गर्दा आफ्नू आत्मविश्वासको बलियो रहेको बताउनु भएको छ।

कार्यक्रममा करिब ३५०० सय डलर सहयोग रकम सङ्कलन भएको थियो।

कार्यक्रममा भण्डारीले दिनु भएको विचार तलको लिङ्कमा हेर्न र सुन्न सकिन्छ।

IMG_5544hb

Share

Leave A Response »