हिमाली स्वरहरु – रिजवुडमा नयाँ बर्षको साँस्कृतिक साँझ सम्पन्न ​(भिडियो/तस्बिर)​

रिजवुडमा नयाँ बर्षको साँस्कृतिक साँझ सम्पन्न ​(भिडियो/तस्बिर)​

admin April 8, 2014 0
रिजवुडमा नयाँ बर्षको साँस्कृतिक साँझ सम्पन्न ​(भिडियो/तस्बिर)​

रिजवुडमा नयाँ बर्षको साँस्कृतिक साँझ सम्पन्न

न्यु योर्कको स्थानीय नेपाली संस्था रिजवुड नेपाली समाजले बिक्रम सम्बतको नयाँ वर्ष २०७१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्दै एक सांस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो। संस्थामा एकताको भावना सम्प्रेषण गर्दै सबै मिलि चाढै नै रिजवुडमा दुर्गा मन्दिर र संस्कृतिक भवन निर्माण हुने प्रतिबद्धता कार्यक्रममा व्यक्त गरियो। कार्यक्रममा लोक गायक एवं महावाणिज्य दुत प्रेमराजा महत, वरिष्ठ संगतिकार शम्भुजित बाँस्कोटा, लगायत शान्ति भण्डारी ,हरि लामिछाने, सुनील बुढाथोकी, नवीन श्रेष्ठ,विधाता त्रिपाठी,खुसी सुबेदी,अनुज्ञा केसी ,सुरज श्रेष्ठ, अदिक्षा पन्थी, जस्मिता अधिकारी,समीक्षा सापकोटा,आयुस्मा पन्थी,मुस्कान अर्याल रोजिना खत्री,आजद ढुंगाना ,मनिता लामा, सुष्मा पन्थ,सिर्जना अधिकारी थुप्रै कलाकारहरूले विविध नाचगानहरु प्रस्तुत गर्नु भएको थियो।

रिजवुडमा रहेको गोत्ट्सचिर हलमा सम्पन्न उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत दुर्गाप्रसाद भट्टराईको प्रमुख अतिथि हुनुहुन्थ्यो भने कार्यक्रम रिजवुड नेपाली समाजका अध्यक्ष मोहन ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो।


 

photo

Share

Leave A Response »