हिमाली स्वरहरु – न्यु योर्कको रिजवुडमा आयोजना हुदैछ दोस्रो बृहत् श्रीमद भागवत ज्ञान महायज्ञ

न्यु योर्कको रिजवुडमा आयोजना हुदैछ दोस्रो बृहत् श्रीमद भागवत ज्ञान महायज्ञ

admin May 31, 2014 0

न्यु योर्क, ३१ मे ,
न्यु योर्कको रिजवुडमा रहेको सामाजिक संस्था रिजवुड नेपाली समाजले यही जुलाई २८ गते देखि अगस्ट ३ गते सम्म रिजवुड क्षेत्रमा रहेको रोमानियन सोसाइटी कम्युनिटी सेन्टरमा दोस्रो बृहत् श्रीमद भागवत ज्ञान महायज्ञको आयोजना गर्दै छ। उक्त महायज्ञ रिजवुडमा निर्माणाधीन दुर्गा मन्दिर तथा नेपाली संस्कृतिक केन्द्रको सहयोगको लागि गर्न लागिएको जानकारी शनिवार आयोजित पत्रकार सम्मेलनमा दिइयो।

यस श्रीमद भागवत ज्ञान महायज्ञबाट करिब २,०००,००० बीस लाख डलर उठाउने लक्ष्य रखिएको छ। भागवत महायज्ञ परमहंस पिठाधीश्वर आचार्य श्री १०८ टहल किशोरजी महाराजले वाचन गर्नु हुने छ।

पत्रकार सम्मेलनको अडियो तल लिंकमा सुन्न सकिन्छ।

उक्त कार्यक्रमलाई सफल बनाउन १००८ मूल समारोह समिति गठन गरेर अमेरिकाका सबै राज्यका भक्तजन र सेवामन भएकाहरुलाई प्रतिनिधित्व गराउने लगायत दैनिक ५०० देखि १००० सम्म भक्तजनहरुलाई कार्यक्रम स्थलमा लेराउने योजना रहेको दोस्रो बृहत् श्रीमद भागवत ज्ञान महायज्ञका अध्यक्ष मोहन ज्ञवालीले जानकारी दिनु भयो।त्यसै गरी उपस्थित भक्तजनहरुलाई बस्ने व्यवस्था एवं यातायातको सहज सुविधा पनि हुने दोस्रो बृहत् श्रीमद भागवत ज्ञान महायज्ञका संयोजक जनक भण्डारीले गराउनु भयो।

कार्यकममा प्रेषित प्रेस बक्तब्य कार्यक्रमका संयोजक जनक भण्डारी बचन गरेर सुनाउदै हुनु हुन्छ। कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ अध्यक्ष मोहन ज्ञवाली र कार्यक्रम संयोजक जनक भण्डारीले दिनु भएको थियो।

photo (3)

Share

Leave A Response »