हिमाली स्वरहरु – एनआरएन एनसिसी अफ युएसएको चुनावी चहल पहलको खबर

एनआरएन एनसिसी अफ युएसएको चुनावी चहल पहलको खबर

admin June 6, 2014 0

यदि तपाईँ एन आर एन अमेरिका प्रति चासो राख्नु हुन्छ भने अहिले एनआरएन एनसिसी अफ युएसएको चुनावी माहोलको बारेमा जानकारी पाइरहनु भएको होला। विशेष गरेर अनलाइन र हुलाक बाट मात्रै गरिने चुनावमा जुन ५, २०१४ को साँझ ५ बजे सम्मको तालिका अनुसार ३२६९ मध्ये ८४५ मत खसेको एनआरएन एनसिसी अफ युएसएको निर्वाचन आयोगले जानेको छ। न्यु योर्कका केही ठाउहरुमा मत सुविधा केन्द्र स्थापना गरी मत हाल्ने प्रावधान बनाएको, कति मतदाताहरुले अझै आफूले मत हाल्ने बारेमा आफ्नू इमेलमा कुनै जानकारी नपाएको जानकारीहरु पनि प्राप्त भएको छ।

आयोगले जारी गरेको थप जानकारी मुलक सूचना यस्तो छ ।
जुन ५, २०१४

१। एनआरएन एनसिसी अफ युएसए http://nrnpnousa.org/को जुन ४, २०१४ देखि जुन ९, २०१४ सम्म सम्पन्न हुने केन्द्रीय पदाधिकारी, बोर्ड अफ डाईरेक्टरस, तथा एनआरएन एनसिसी अफ युएसएको तर्फबाट एनआरएनए आईसिसीमा प्रतिनिधित्व गर्ने ३ जना प्रतिनिधिहरूको निर्वाचन समपन्न गर्नका लागि आयोगको तर्फबाट कुनै पनि ठाऊमा मतदान सुविधा केन्द्रहरु स्थापित नगरिएको र कसैलाई आयोगको तर्फबाट यस्तो सुविधा केन्द्रहरु खोल्न पाउने अनुमति पनि प्रदान गरिएको छैन। यो निर्वाचनमा मतदाताहरुले आफनो मत स्वनत्त्रतापूर्वक आफूले योग्य ठहरयाएको उम्मेदवारलाई इमेल वा हुलाकबाट मतदान गर्ने क्रममा कसैले करकापमा पारी मतदाताको इच्छा विरुद्ध मतदान गर्न लगाएको वा एकाको मत अर्काले हालेको सप्रमाण निर्वाचन आयोगको आधिकारिक इमेल nrnuselection@gmail.com वा ठेगानामा ऊजुरी परेमा निर्वाचन आयोगले आचारसंहिताको आधारमा विधिसम्मत रूपबाट आवश्यक कार्वाही गर्ने छ।

२। निर्वाचनमा ईमेलद्धारा मतदान गर्ने मतदाताहरुले हालसम्म दिएको मतसंख्यालाई हेर्दा सिमप्ली भोटिंड ईंकले गराएको जानकारी अनुसार जुन ५, २०१४ को ४।१९ बजेसम्ममा 3269 मध्ये 845 (25.8%) मत खसी सकेको छ। मतदान गर्न बाकी रहेका मतदाताहरुलाई मतदान गर्नका लागि सचेत गराउने क्रममा सिमप्ली भोटिंगका तर्फबाट प्रत्येक दिन बिहान इमेल पठाईने छ। तसर्थ मतदाताले आफनो इमेलको ईनबक्स र सोमा नआएमा Spam मा हेर्नुहोला।

३। कतिपय मतदाताहरुले आफूले मतदान गर्नका लागि हालसम्म सिमप्ली भोटिंगबाट इमेल प्राप्त गर्न नसकेको जानकारी मौखिक, टेलिफोन, एवं इमेलबाट गराउनु भएतर्फ आयोगको ध्यानार्कषण भएको छ। निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा http://nrnpnousa.org/general-members नाम रहेका र हुलाकबाट मात्र मतदान गर्न पाउने भन्ने सूचीमा नाम नपरेका मतदाताहरुले आफूले सुरुमा दिएको इमेलबाट सिमप्ली भोटिंगलाई NRNUSA@simplyvoting.com मा इमेल गर्नुहुन अनुरोध गरिन्छ। यदि तपाईँको इमेल रेकर्डमा रहेको ईमेलसंग मिल्यो भने सिमप्ली भोटिंगका तर्र्फबाट तपाईँको इमेलमा भोटिंग लिंक, आईडी, र पासवर्ड प्राप्त गर्नुहुने छ।

४। माथि दफा ३ मा लेखिएको प्रकुया अपनाऊदा पनि तपाईँले मतदानको लागि इमेल पाउनु भएन भने आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा नाम रहेको तर हुलाकबाट मात्र मतदान गर्न पाउने सूचीमा नाम नपरेका मतदाताहरुले आयोगको इमेल nrnuselection@gmail.com मा आफनो नाम, मतदाता नम्बर, ठेगाना, र इमेल लेखि पठाउनु हुन अनुरोध गरिन्छ।

५। सिमप्ली भोटिंगका तर्फबाट मतदाताहरुलाई पठाईएका तर फर्की आएका भनिएका ईमेलहरुलाई हुलाकबाट मतपत्र पठाउने सूची http://nrnpnousa.org/eligible-to-vote-by-paper-ballot मा राखिएकोमा त्यसमध्ये कतिपय ईमेलहरु मतदाताको सूची तयार पार्ने क्रममा गलत रूपबाट इमेल उल्लेख हुन पुगेका कारणले यस्तो समस्या परेको देखिएको छ। अत इमेल फर्किएका हुदा हुलाकबाट मतपत्र पठाऊनेहरुको नामावलीमा नाम समावेश भएका मतदाताहरुले पनि पुन इमेलबाट मतदात गर्न चाहेमा माथि दफा ३ मा उल्लेख भए अनुसार NRNUSA@simplyvoting.com लाई आफनो इमेल पठाउनु हुन अनुरोध गरिन्छ। कुनै मतदाताले इमेल र हुलाक दुवै तीरबाट मतदान गरेमा इमेलबाट दिएको मतलाई सदर गरिने छ। तर यस्तो सुविधा परिवारका सदस्य बाहेको नामको इमेल प्रयोग गरेको देखिएका मतदाताहरुले भने पाउने छैनन्। यस्ता मतदाता र ईमेलै नभएका मतदाताहरुले भने आफनो मतपत्र समयमै हुलाकबाट पठाउनु होला।

६। ऊम्मेदवार र मतदाताहरुको जानकारीका लागि आयोगका तर्फबाट प्रत्येक दिन सांमm ५ बजे पछि त्यसदिन के कति मतदाताहरुले मतदान गर्नुभयो भन्ने जानकारी गराउने प्रयास आयोगले गर्ने छ।

विनोद रोका, एर्टनी एट ल,

निर्वाचन प्रमुख

राष्ट्र्यि निर्वाचन आयोग

एनआएन एनसीसी अफ युएसए

विनोद रोका एण्ड एशोसियटस पिसी

५३ ३३ ३७ रोड

उडसाईड, न्युर्योक ११३७७

सदस्यहरू

कन्हैया कायस्थ

रोविन थापा

गोपाल श्रेष्ठ

माधवी कार्की

download nrn

Share

Leave A Response »