हिमाली स्वरहरु – प्रधानमन्त्री कोईराला​​ न्यु योर्कमा:आफ्नू भन्दा देशको स्वास्थ्यको चिन्ता बढी( Video)

प्रधानमन्त्री कोईराला​​ न्यु योर्कमा:आफ्नू भन्दा देशको स्वास्थ्यको चिन्ता बढी( Video)

admin June 23, 2014 0

प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारको क्रममा न्यु योर्कमा आराम गरिरहनु हुँदा न्यु योर्कका केही पत्रकारहरु उहाँको स्वास्थ्य स्तिथि बुझ्न यहि आईतबार, जुन २२को बिहान उहाँलाई भेट्न गएका थिए। भेटघाटको क्रममा प्रधानमन्त्री कोईरालाले देशको बारेमा केहि सोध्नुस भन्दै पत्रकारहरुलाई प्रश्न सोध्न आग्रह गर्नु भएको थियो।प्रधानमन्त्री कोईरालाले सानो स्वरमा आफ्नू स्वास्थ्य स्थिति, नेपालको राजनीतिक अवस्था, संविधान निर्माण र एन आर एनहरुको मागलाई सरकारले कसरि हेरिरहेको छ भन्ने बारेमा राखिएका जिज्ञासाहरूको संछिप्त उत्तर दिनु भएको छ।

आफू स्वास्थ्य उपचारको क्रममा यता भए पनि उता नेपालमा सरकारको काम कारबाहीमा कुनै असर नपरेको प्रधानमन्त्रीले बताउनु भएको छ। प्रधानमन्त्री कोइराला एक वर्ष भित्रमा संविधान बनी सक्नेमा विश्वस्त देखिनु हुन्थ्यो। कुराकानीको अन्त्यमा आफूलाई आफ्नू स्वास्थ्यको भन्दा देशको स्वास्थ्यको बारेमा बढी चिन्ता लागेको बताउनु भएको छ।

प्रधानमन्त्री सँगको भेटघाट नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)ले संयोजन गरेको थियो । भेटघाटमा एभरेष्ट टाईम्सका प्रधान सम्पादक आंगछिरिङ्ग शेर्पा , कान्तिपुर दैनिकका न्यु योर्क सम्बाददाता दिनेश जङ्ग शाह,हिमाली स्वरहरुका सहदेव पौडेल लगायत ङ्गिमा पाख्रीन, गीता पन्त र नेजाका महासचिव भोला आचार्य र कार्यकारी सदस्य मधुकर अधिकारीको उपस्थिति थियो ।
10455195_10152530491559777_4082831002473159521_n

Share

Leave A Response »