हिमाली स्वरहरु – डा श्याम कार्कीको जीवन यात्रा अनुभव पहिलो भाग सुन्नुहोस

डा श्याम कार्कीको जीवन यात्रा अनुभव पहिलो भाग सुन्नुहोस

admin July 19, 2014 0
डा श्याम कार्कीको जीवन यात्रा अनुभव पहिलो भाग सुन्नुहोस


डा. श्याम कार्की नेपाली-अमेरिकी समाजको एक परिचित नाम हो। आज भन्दा करिब ४० वर्ष अघि अमेरिका आउनु भएका डा कार्कीले अमेरिकाको विभिन्न अस्पतालमा काम गर्नुका साथै विभिन्न विश्व विद्यालयमा पनि अध्यापन गरेको अनुभव छ । हाल उहाँ किङ्ग्सभिल, मेरिल्याण्डमा आफ्नू परिवारको साथमा बस्नु हुन्छ। नेपाली समुदायलाई कसरि बलियो र सु-सुचित गर्न सकिन्छ भनेर डा कार्की लागि पर्नु हुन्छ। उहाँ एएनएको पूर्व अध्यक्ष पनि हुनुहुन्छ र हालै मेरिल्याण राज्यको 8th District House of Delegates मा उम्मेद्वार दिनुभएका नेपाली मूलका ह्यारी भण्डारीको चुनावी प्रचार प्रसारमा पनि अनबरत रूपमा खट्नु भएको थियो।

त्रिभुवन विश्व विद्यालयबाट सुरु भएको उहाँको अध्ययन अमेरिकी विश्व विद्यालय बेरुत हुँदै, स्टेट युनिभर्सिटी अफ न्यु योर्कको स्कुल अफ फार्मेसी सम्म आइपुगेको छ। उहाँले युनियन हस्पिटल अफ सेसिल काउन्टी हेल्थ सिस्टम र स्पेसिलेटी हस्पिटल अफ वाशिंग डि सी हुँदै हाल उहाँ लिभिनडेल हेब्रू जेरियार्टिक सेन्टर एण्ड हस्पिटलमा कार्यरत हुनुहुन्छ। उहाँले फार्मेसी र मेडिकल सम्बन्धी थुप्रै खोजमुलक कार्यपत्रहरु लेख्नु भएको छ।

डा कार्कीले हामीलाई आफ्नू बाल्यकाल, बेरुतमा अध्ययन गर्दाको अनुभव सँगै अमेरिका यात्रा र यहाँको नेपाली समाजको बारेमा आफ्नू अन्तरंग जीवन यात्रा अनुभव सुनाउदै हुनुहुन्छ।

जीवन यात्रा अनुभवको यो पहिलो भाग हो।
कार्यक्रमको प्रतिक्रियाको लागि nepaliradio@gmail.com

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »