हिमाली स्वरहरु – मिस नेपाल युएसएको चौथो संस्करण सम्पन्न

मिस नेपाल युएसएको चौथो संस्करण सम्पन्न

admin August 27, 2014 0

मिस नेपाल युएसएको चौथो संस्करण सम्पन्न खुस्बुको शिरमा ताज इप्लानेट नेपाल ले अमेरिकाको इभेन्ट प्लानेट इन्कको सहकार्यमा गर्दै आएको प्रतियोगिता मिस नेपाल युएसएको चौथो संस्करणको अन्तिम प्रतिष्पर्धा गएराति सम्पन्न भएको छ । इप्लानेट नेपालका अध्यक्ष सन्तोष सापकोटाका अनुसार नेपाली समय आइतबार दिउसो २ बजे अमेरिकाको क्विनस थिएटरमा सम्पन्न भएको मिस नेपाल युएसएको पूर्वसन्ध्यामा आयोजित ट्यालेन्ट शो मा प्रतियोगितामा सहभागि १४ जनाले आ आपनो प्रतिभा देखाएका थिए । न्युयोर्क स्थित क्वीन्स थिएटरमा सम्पन्न प्रतिष्पर्धाको निणार्यकद्घय बैकर रविना देशराज श्रेष्ठ तथा चलचित्र निर्देशक सुरज सुव्वा नाल्बो प्रतियोेगिताका लागि २ दिन अघि नै कार्यक्रमस्थल पुगेका थिए । पूर्व मिस नेपाल मलिना जोशीको संचालकत्व्वमा संचालन भएको यस वर्षको मिस नेपाल युएसएको चौथो संस्करणमा इन्टरनेशनल मोडल मेटी मार्टिनेज, डा. उपेन्द्र लाल कर्ण, गिता खत्रि, सन्नि गिल तथा सोनम लामा निर्णायक मण्डलिमा समाविष्ट थिए । एनआरएन अध्यक्ष शेष घले विशिष्ट अतिथि तथा अमेरिकाका लागि नेपाली राजदुत दुर्गा प्रसाद भटराइको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथि कलाकारका रुपमा गायक हेमन्त राना, युट्युव हिट गायक भिम निरौला तथा धरमविर लामाले आ आपना सुपरहिट गित प्रस्तुत गरि कार्यक्रममा रोचकता थपेका थिए । कार्यक्रमको संयोजन ब्यवस्थापन अनिता पाठकले गरेकी थिइन भने कोरियोग्राफि शुरेस मानन्धरले गरेका थिए, प्रतियोगिताका लागि ड्रेस डिजाइन समा बानुले गरेकी थिइन् । प्रतियोगिता ३ चरणमा विभाजित थियो । ३ वटा राउण्डमा इभिनिड. गाउन, क्याजुएल वेयर तथा नेपाली ढाकाको पहिरन प्रतियोगिले स्टेजमा प्रदर्शन गरेका थिए । सबै पहिरन डिजाइनर समा वानुले तयार गरेकी थिइन् । मिस नेपाल युएसए २०१४ को ताज ओहियोकी खुस्बु मिश्रले पहिरेकी छिन् । प्रतियोगितामा सहभागि १४ जना प्रतिष्पर्धीलाइ उछिन्दै खुस्बुले उपाधिसंगै अमेरिकी डलर ५०० बरावरको छात्रवृति नेपाल आउने जाने हवाइ टिकट पाउनुका साथै चलचित्र निर्देशक सुरज सुव्वा नाल्बो को आगामी चलचित्र मा अभिनय गर्ने अवसर प्राप्त गरिन् । त्यस्तै प्रतियोगितामा क्यालिफोर्नियाकी शुष्मा शर्मा फस्ट रनर अप तथा नोरउडकी शुष्मा अधिकारीले सेकेण्ड रनर अप को उपाधि चुमेका छन् । उनिहरुले क्रमशः तीन हजार र दुइ हजार अमेरिकी डलर छात्रवृति स्वरुप प्राप्त गरेका छन् । यस वर्षको टिकट विक्रीबाट संकलित रकम मध्येको १० प्रतिशत रकम हालसालै सिन्धुपाल्चोकमा भएको वाढीपिडितलाइ राहत स्वरुप प्रदान गरिने कुरा आयोजकले जनाएको छ । यस अघि मिस नेपाल युएसए सुजिता वस्नेत, आस्था श्रेष्ठ तथा वर्तिका राइले ताज पहिरेका थिए ।

unnamed (1) unnamed

unnamed (2)

Share

Leave A Response »