हिमाली स्वरहरु – न्यू योर्कमा मोतिराम भट्टको सम्झना (Photos/Video)

न्यू योर्कमा मोतिराम भट्टको सम्झना (Photos/Video)

admin August 26, 2014 0
न्यू  योर्कमा मोतिराम भट्टको सम्झना (फोटो/भिडियो)
 
अ ने सा स न्यू योर्क च्याप्टर तथा रिजउड नेपाली समाजको संयुक्त आयोजनामा न्यू योर्क स्थित रिजउड नेपाली समाजको कार्यालयमा युवा कवि मोतिराम भट्टको संम्झनामा १४९ अौ मोती जयन्ती एक साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइयो।  सामूहिक रूपमा नेपाली राष्ट्रिय गीतबाट सुरु भएको उक्त कार्यक्रममा मोतीराम भट्टको तस्बिरमा माल्यर्पण गरिएको थियो ।रिजउड नेपाली समाजका सद्स्य  भुबनेश्वर अधिकारी सम्पूर्ण उपस्थितहरूलाई स्वागत गर्दै  समितिका सचिव सहकुल खत्रीले सबैलाई धन्यवाद  दिनु भएको थियो।मोतीराम भट्टको बारेमा खोजमुलक जानकारी सहदेव पौडेलले दिनु भएको थियो। त्यसै गरि मोतीरामको बारेमा चर्चा गर्नु हुनेमा पदम प्रसाद देवकोटा , गीता खत्री र धनीराम सापकोटा  हुनुहुन्थ्यो । 
 
 सुनकोशी बाढी तथा पहिरो पीडितलाई संकलित रकम हस्तान्तरण:- उक्त मोतीजयन्तीको अवसरमा अ ने सा स न्यू योर्क च्याप्टर बाट संकलित $ १२६१(एक हजार दुई सय एक्सठी डलर ) च्याप्टरका अध्यक्ष विकास बिस्टले नेपाल मिसनबाट प्रमुख अतिथिको रूपमा पाल्नु भएका बाणीज्यदुत डिल्ली आचार्य ज्यु मार्फत नेपाल सरकारलाई चेक हस्तान्तरण गर्दै सहयोगी दाताहरूको नाम उल्लेख गरी सबै सह्योगी मनहरूलाई धन्यवाद प्रदान गर्नु भएको थियो । 

प्रवासी मन कविता सङ्ग्रहको बिमोचन
 साहित्यकार शान्ता घिमिरेको दोस्रो प्रकाशन “प्रवासी मन” कविता सङ्ग्रहको बिमोचन गरिएको थियो। उक्त कविता सङ्ग्रहको समीक्षा पत्रकार प्रदीप थापाले गर्नु भएको थियो । सोही  क्रममा साहित्यकार गीता खत्रीको नियात्रा सङ्ग्रह “झोखाङ देखि मझाटन” पुस्तकको समीक्षा लेखक विष्णु सिंह बैजुले गर्नु भएको थियो । 
 
उक्त जयन्तीमा साहित्य सर्जकहरू नबराज खड्का, अमर अधिकारी , सोम अधिकारी   पुष्पा अधिकारी गौतम, बन्दना कोइराला, सुनिता शर्मा, बिध्या बिमला बराल,विकास बिस्ट,कुन्ती थापा,निर्जला श्रेष्ठ,विजया सिम्खडा , सहदेव पौडेल, शान्ता घिमिरे, गीता खत्री र सकुन्तला ज्ञवालीले आ आफ्ना रचना वाचन गर्नु भयो । 
 
रिजउड तथा न्यू योर्कका विभिन्न साहित्यिकार , पत्रकार, र साहित्य प्रेमीहरूको उल्लेख्य सहभागिता भएको उक्त कार्यक्रममा अ ने सा स केन्द्रीय कार्य समिति का नव निर्वाचित उपाध्यक्ष राम खत्री तथा कोसाध्यक्ष गीता पन्थ लाई च्याप्टर अध्यक्ष विकास बिस्टले पुष्प गुच्छाले  औपचारिक स्वागत गर्नु भएको थियो । 
 
संयोजक पुष्पा अधिकारी गौतमको संयोजकत्त्वमा भएको उक्त कार्यक्रममा नेपाल मिसनका बाणीज्यदुत डिल्ली आचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो  त्यसै गरी प्रा पदम प्रसाद देवकोटा र अ ने सा स का पूर्व केन्द्रीय अध्यक्ष गीता खत्री लगायत अनेसासका  नव निर्वाचित उपाध्यक्ष राम खत्री तथा कोषाध्यक्ष गीता पन्थ,रिजउड नेपाली समाजका सचिव सहकुल खत्री, अ ने सा स न्यू योर्क च्याप्टरका अध्यक्ष विकास बिस्ट,लेखक विष्णु सिंह बैजु ,धनिराम सापकोटा ,पत्रकार प्रदीप थापा र भोला रिजाल हुनुहुन्थ्यो ।उक्त कार्यक्रमको संन्चालन च्याप्टर सद्स्य तथा उक्त समारोह समितिका सद्स्य सकुन्तला ज्ञवालीले गर्नु भएको थियो भने कार्यक्रमको  समापन पुष्पा अधिकारी गौतम ले गर्नु भएको थियो। 
 
विकास बिस्टले पठाउनु भएको प्रेस विज्ञप्तिमा आधारित 
अध्यक्ष अ ने सा स न्यू योर्क च्याप्टर 

 

Share

Leave A Response »